
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा, १५ साउन । पोखराको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा छोटो समयमै छुट्टै पहिचान बनाउन सफल ‘बरपीपल रिसोर्ट’ छैटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ। पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडको स्ट्रिट नं. २८, मनिमार्गमा करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको यो पाँचतारे स्तरको रिसोर्टले आफ्नो स्थापनाकालदेखि नै स्वदेशी तथा विदेशी पर्यटकहरूको उच्च रोजाइमा पर्दै आएको छ।
सञ्चालनमा आएलगत्तै विश्वव्यापी रूपमा देखिएको कोरोना महामारीको प्रतिकूल परिस्थितिलाई सफलतापूर्वक सामना गर्दै रिसोर्टले आतिथ्यताको क्षेत्रमा नयाँ मानक स्थापित गरेको छ। परम्परागत नेपाली वास्तुकला, स्थानीय सामाग्रीको प्रयोग तथा कलात्मक काष्ठकला र इँटाको बुट्टा कुँदिएको मौलिक डिजाइनलाई आधुनिक सुविधासँग मिसाएर तयार पारिएको यो रिसोर्ट नेपाली संस्कृति र सहअस्तित्वको प्रतीकका रूपमा परिचित छ।
सातौं वर्ष प्रवेशको यस विशेष अवसरमा रिसोर्टले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परोपकारी कार्यहरू सम्पन्न गरेको छ। रिसोर्ट सञ्चालक अमरजंग गुरुङ (जितु)का अनुसार यस अवसरमा हेमजास्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ भने लमजुङको दोर्दी–३ स्थित श्रीकृष्णप्रमोद प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक र दुई थान कम्प्युटर वितरण गरिएको छ। साथै, रिसोर्टलाई यो उचाइमा पुर्याउन अहोरात्र खटिने उत्कृष्ट कर्मचारीहरूलाई सम्मानसमेत गरिएको छ।
वार्षिकोत्सवको खुसी आगन्तुकहरूसँग साट्न रिसोर्टले अगस्ट महिनाभरि खान र बस्नका लागि १५ प्रतिशतसम्म छुटको आकर्षक योजना सार्वजनिक गरेको छ। सञ्चालक गुरुङले भने, ‘बर पीपल रिसोर्ट सातौं वर्षमा प्रवेश गर्नु भनेको पोखरा आउने पर्यटकलाई मौलिक स्वाद र उत्कृष्ट आथित्यता प्रदान गर्ने हाम्रो सङ्कल्पले पनि सातौं वर्ष टेकेको हो। कठिन चुनौतीहरूका बाबजुद हामी पाहुनाहरूको सेवामा निरन्तर समर्पित छौं।’

हेमजास्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्दै बरपीपल रिसोर्टकी सञ्चालिका ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोड तथा आगजनीजस्ता अप्रिय घटनाहरूको सामना गर्नुपरे तापनि आतिथ्यता र गुणस्तरीय सेवामा कुनै कमी नआएकाले पाहुनाहरूको विश्वास अझ प्रगाढ बनेको सञ्चालक गुरुङको भनाइ छ। पोखराको पर्यटन क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव सङ्गालेका गुरुङ सामान्य कामदारबाट होटल व्यवसायमा होमिएर यस रिसोर्टमार्फत ठूलो फड्को मार्न सफल भएका हुन्।
फेवा ताल र वरपरका हरियाली पहाडको मनोरम दृश्यले सुसज्जित यस रिसोर्टमा डिलक्स, सुपर डिलक्स र एक्जिक्युटिभ सुइटसहित ५० भन्दा बढी कोठा उपलब्ध छन्। आकर्षक आउटडोर स्वीमिङ पुल, अत्याधुनिक स्पा, साउना, फिटनेस जिम, रैथाने नेपाली स्वाददेखि अन्तर्राष्ट्रिय परिकार पाइने फाइन-डाइन रेस्टुरेन्ट, कफी सप, तथा व्यावसायिक सभा–सम्मेलनका लागि सुविधासम्पन्न मिटिङ हल रिसोर्टका मुख्य विशेषता हुन्।

लमजुङको दोर्दी–३ स्थित श्रीकृष्णप्रमोद प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक र दुई थान कम्प्युटर वितरण गर्दै ‘बरपीपल रिसोर्ट’ का सञ्चालक जीतु गुरुङ दम्पती ।

लमजुङको दोर्दी–३ स्थित श्रीकृष्णप्रमोद प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक र दुई थान कम्प्युटर वितरण गर्दै ।
वर्तमानमा यस रिसोर्टले करिब एक सय जना युवाहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ। नेपाली सेलिब्रेटीहरूदेखि देशविदेशका विशिष्ट पाहुनाहरूको समेत पहिलो रोजाइ बन्दै आएको बर पीपल रिसोर्टले पोखराको पर्यटन प्रवद्र्धनमा थप ऊर्जा थप्दै आगामी दिनमा सेवालाई अझ परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो