
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
यो घटनामा प्रहरीको भूमिकालाई लिएर प्रश्न उठाउनेहरू धेरै छन्। स्रोतका अनुसार गण्डकी प्रदेश प्रहरीका उच्च अधिकारी र क्लब १६ का सञ्चालकबीचको ‘हिमचिम’ कै कारण स्थानीय प्रहरीले एकपक्षीय कारबाही गरेको आशंका छ।
पोखरा, २५ जेठ । ‘पर्यटनको राजधानी’ घोषित पोखराको लेकसाइड क्षेत्र पछिल्लो समय आपराधिक गतिविधि, नियोजित ठगी र प्रहरी-अपराधीको अपवित्र गठबन्धनको अखडा बनेको भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्। विशेषगरी ‘क्लब १६’ र ‘फ्रेश एलिमेन्ट्स रेस्टुरेन्ट एण्ड बार’ लगायतका सञ्चालकहरूको शैली र प्रहरी प्रशासनको उदासिनताले पोखराको पर्यटन क्षेत्र नै बदनाम हुन थालेको सरोकारवालाहरूको गुनासो छ।
क्लब १६ का सञ्चालक रमेश कार्कीको रेष्टुरेन्ट तथा क्लब व्यवसाय मात्र नभई पछिल्लो समय देखिएको शंकास्पद आर्थिक कारोबारले स्थानीयलाई सशंकित बनाएको छ। स्थानीय सरोकारवालाहरूका अनुसार, यदि राज्यले समयमै यस्तो अवैध सञ्जालमाथि छानबिन नगर्ने हो भने पर्यटकीय नगरी पोखरा ‘हनी-ट्रयाप’ र लुटपाटको सुरक्षित अखडा बन्ने निश्चित छ।
क्लबको आवरणमा मौलाएको विकृति र अपराधीकरणले यहाँ आउने पर्यटकहरू असुरक्षित हुने र सुनियोजित रूपमा फसाउने शृंखला नरोकिने स्थानीयको चेतावनी छ। पोखराको पर्यटनको गरिमा जोगाउन पनि यस्ता माफिया शैलीका गतिविधि र तिनका संरक्षकहरूमाथि तत्काल कारबाही हुनुपर्ने स्थानीयको माग छ।
स्थानीयहरूका अनुसार प्रहरी कार्यालय बैदाम परिसरभित्रै सञ्चालक रमेश कार्कीले स्थानीय होटल व्यवसायीमाथि हातपात गर्दा पनि प्रहरी मूकदर्शक हुनुले उनको दम्भ र प्रहरी सेटिङ कतिसम्म छ भन्ने प्रष्ट हुन्छ। यसअघि बैदामका तत्कालीन डीएसपी राजेन्द्र श्रेष्ठलाई झुट्टा उजुरीमा फसाएर सरुवा गराउन सफल भएको यो समूहको मनोबल अहिले झन् बढेको स्थानीयको भनाइ छ।
नियोजित फन्दा र गम्भीर आरोप
क्लब १६ का सञ्चालक रमेश कार्की र उनका बिचौलिया भुवन गाहा मगरमाथि सुनियोजित रूपमा सर्वसाधारण र पर्यटकलाई फसाउने गरेको आरोप छ। पछिल्लो पटक अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)का केन्द्रीय सचिव प्रकाश बास्तोलालाई रेस्टुरेन्टमा बोलाएर राजनीतिक विवादको नाममा कुटपिट गरी फसाइएको घटनाले यतिबेला पोखरा तरङ्गित बनेको छ।
घाईते बास्तोलाकी आमा खिमादेवी बास्तोलाले राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयमा दर्ता गराएको निवेदनमा भनिएको छ, ‘खाना खाने बहानामा बोलाएर नियोजित रूपमा बाउन्सर लगाई कुटपिट गरियो। गम्भीर घाइते अवस्थामा रहेका छोरालाई उपचार गराउनुको साटो वडा प्रहरी कार्यालय बैदामले हिरासतमा राखेर अपराधीलाई संरक्षण दिएको छ ।’
पीडित पक्षले प्रहरीले एकपक्षीय र तोडमोड गरिएको अडियोका आधारमा घटनालाई आपराधिक रङ दिएको गम्भीर आरोप लगाएको छ। जबकी क्लब १६ का सञ्चालकले त्यस दिन भएको घटनाको सीसीटीभी फुटेजको नै गायव बनाएका छन् । पीडितहरुले फुटेज उपलब्ध गराउन माग गरेपनि प्रहरीले फुटेज उपलब्ध गराउन आनाकानी गरिरहेको छ ।

‘क्लब १६’ र ‘फ्रेश एलिमेन्ट्स रेस्टुरेन्ट एण्ड बार’ । जहाँ अवैध धन्दा र गतिविधिहरु खुलेआम सञ्चालन भईरहेको स्थानीयको आरोप छ ।
क्लब १६ का सञ्चालक रमेश कार्की र बिचौलिया भुवन गाहा मगरले भने प्रकाश बास्तोलाले उग्रव्यवहार गरेको, फिरौती मागेको र पाहुनासँग झगडा गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सार्वजनिक सुरक्षाका लागि प्रहरीको जिम्मा लगाइएको दावी गरिएको छ ।
तर डन न्यूजलाई प्राप्त अडियो रेकर्डिङमा चन्दा वा फिरौतीको विषयमा विवाद नभएको र विवादलाई क्लब १६ का सञ्चालकले नैं चन्दा वा फिरौंतीमा मोड्न खोजेको प्रष्ट सुनिन्छ । बरु विवाद चर्किएपछि अन्य विषयमा वादविवाद बढेको देखिन्छ ।
थुनामा रहेका विद्यार्थी नेता बास्तोलाले आफूमाथि भएको कारबाहीलाई ‘पूर्वाग्राही र योजनाबद्ध’ भन्दै आपत्ति जनाएका छन्। वडा प्रहरी कार्यालय बैदामको थुनाकक्षमा भेटघाटका क्रममा उनले घटनाको वास्तविकता लुकाएर आफूलाई फसाइएको दाबी गरे। रमेश कार्कीको निमन्त्रणमा आफू साथीसहित गएको बताउँदै बास्तोलाले भने, ‘४/५ घण्टाको बसाइपछि कार्कीले सुनियोजित रूपमा चन्दाको विषय उठाएर विवाद सुरु गरेका हुन्। मैले प्रतिकार गर्दा बिचौलिया भुवन गाहा मगर र बाउन्सरको टोलीले योजनाबद्ध रूपमा ममाथि आक्रमण गर्यो।’
प्रहरीले सिसिटिभी फुटेजको निष्पक्ष अनुसन्धान नगरी एकपक्षीय दबाबमा कारबाही गरेको बास्तोलाको आरोप छ। उनले भने, ‘सीसीटीभी फुटेज हेरेर सत्यतथ्य छानबिन गर्नुको साटो, तोडमोड गरिएको रेकर्डको आधारमा मलाई थुनामा राख्नु खेदजनक छ।’ विद्यार्थी नेता बास्तोलाले हालको कानुनी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै अदालतबाट निष्पक्ष न्यायको अपेक्षा गरेका छन्।
प्रहरी प्रशासनमाथि ‘सेटिङ’को प्रश्न ?
यो घटनामा प्रहरीको भूमिकालाई लिएर प्रश्न उठाउनेहरू धेरै छन्। स्रोतका अनुसार गण्डकी प्रदेश प्रहरीका उच्च अधिकारी र क्लब १६ का सञ्चालकबीचको ‘हिमचिम’ कै कारण स्थानीय प्रहरीले एकपक्षीय कारबाही गरेको आशंका छ। क्लबमा अण्डरएज (नाबालिग)हरूको प्रवेश, युवती प्रयोग गरेर गरिने ‘हनी ट्रयाप’ र मोटो रकम असुलीको धन्दा चल्दा पनि प्रहरीले ‘सुने नसुनेझैँ’ गर्नुले ‘सेटिङ’को आशंकालाई बल पुर्याएको छ।
लेकसाइडस्थित ‘क्लब १६’ सञ्चालनका कारण स्थानीय होटलमा बसेका पाहुनाहरूले सास्ती खेप्नुपरेको छ। क्लबबाट हुने अत्यधिक होहल्ला र बारम्बार हुने झै–झगडाबाट आजित भई त्यहाँका होटल व्यवसायी तथा पाहुनाहरूले प्रहरीमा पटक-पटक गुनासो गर्दै आईरहेका छन् ।
पीडित पक्षका अनुसार, यसरी प्रहरीमा उजुरी र गुनासो गरेकै निहुँमा क्लब १६ का सञ्चालक रमेश कार्कीले उनीहरूमाथि कुटपिट र अभद्र व्यवहार गर्दै आएका छन् । शान्ति सुरक्षाको माग गर्दा उल्टै सञ्चालकबाटै असुरक्षित हुनुपरेको भन्दै स्थानीय व्यवसायीहरू त्रसित भएर बिस्थापित हुने अवस्थामा पुगिसकेका छन् ।
स्थानीयहरूका अनुसार प्रहरी कार्यालय बैदाम परिसरभित्रै सञ्चालक रमेश कार्कीले स्थानीय होटल व्यवसायीमाथि हातपात गर्दा पनि प्रहरी मूकदर्शक हुनुले उनको दम्भ र प्रहरी सेटिङ कतिसम्म छ भन्ने प्रष्ट हुन्छ। यसअघि बैदामका तत्कालीन डीएसपी राजेन्द्र श्रेष्ठलाई झुट्टा उजुरीमा फसाएर सरुवा गराउन सफल भएको यो समूहको मनोबल अहिले झन् बढेको स्थानीयको भनाइ छ।

वडा प्रहरी कार्यालय बैदामको प्रतिक्षालयमा स्थानीय होटल व्यवसायीमाथि हातपातमा उत्रिदैं क्लब १६ का सञ्चालक रमेश कार्की ।
निवर्तमान वडाध्यक्ष जगत पहारीले लेकसाइडमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न दिने निर्णयले विकृति बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘२४ सै घण्टा नाईट क्लब र लेकसाइड खोल्ने व्यवस्थाले यहाँ विकृति मौलाएको छ, जसलाई नियन्त्रण गर्न जरुरी छ । यो व्यवस्था कुनै लिखित निर्णयका आधारमा नभई तत्कालिन आईजीपी सर्वेन्द्र खनालको मौखिक निर्देशनमा मात्र लागू गरिएको हो,’ निवर्तमान वडाध्यक्ष पहारीले भने-‘तसर्थ, अब तत्काल नाईट क्लब, डिस्को र बारहरूका लागि निश्चित समय सीमा तोकिनुपर्छ । अन्यथा, बढ्दो झैझगडा र विकृतिका कारण पोखरा र लेकसाइडको पर्यटन क्षेत्र अझै धमिलिने निश्चित छ ।’
विकृतिको चाङ र पर्यटन परिषद्को चिन्ता
पोखराको रात्रिकालीन व्यवसायलाई मर्यादित बनाउन यसअघि २०८१ साउन ७ गते पोखरा पर्यटन परिषद्ले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ४२ बुँदे मापदण्ड कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको थियो। ध्वनि प्रदूषण, ग्याङ फाइट र अव्यवस्थित रात्रिकालीन गतिविधिले पर्यटनको साख गिराएको भन्दै पर्यटनका विभिन्न संघ-संस्थाका अध्यक्षहरूले संयुक्त रूपमा गम्भीर आपत्ति जनाएका छन्।
‘रातभरिको हल्ला, लफडा र क्लब अगाडि बेहोस र अर्धनङ्ग अवस्थामा भेटिने युवतीहरूको दृश्यले पोखरालाई कता लैजाँदैछ?’ एक स्थानीयले आक्रोश पोखे। उनले अन्यत्र कडा सुरक्षा जाँच गर्ने प्रहरी क्लब १६ को हकमा भने किन मौन रहन्छ भन्दै प्रश्न उठाएका छन्।
अखिल (समाजवादी)को चेतावनी
यता, आफ्नो नेताको गिरफ्तारीलाई लिएर अखिल (समाजवादी)ले कडा कदम चाल्ने चेतावनी दिएको छ। संगठनका संयोजक नरेन्द्र सीद्वारा जारी विज्ञप्तिमा बास्तोलालाई विनासर्त रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी दिइएको छ।
पोखराका लागि हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको आगमनसँगै अब पोखरेलीहरूले यस्ता ‘सेटिङ’को अन्त्य र कानुनको पालनाको अपेक्षा गरेका छन्। पोखराको पर्यटकीय गरिमा जोगाउन र ‘अपराधमुक्त पर्यटन’ सुनिश्चित गर्न अब राज्यले लाचारी छोडेर ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी