
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
पोखरा, १८ वैशाख । पोखरा महानगरपालिका–१८, खपौदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा खपौदी बस्ने १० वर्षीय आरेस लामा रहेका छन्।
शुक्रबार दिउँसो खपौदी क्षेत्रमा बालक तालमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीबाट तत्काल उद्धार टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको नेतृत्वमा खटिएको गोताखोरसहितको सात सदस्यीय टोलीले घटनास्थलमा खोजी कार्य सुरु गरेको थियो। लामो प्रयासपछि गोताखोरको टोलीले करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा फेला पारी तालबाट बाहिर निकालेको थियो।
तालबाट उद्धार गरिएका बालकलाई उपचारका लागि तुरुन्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकको टोलीले जाँच गर्दा उनलाई मृत घोषणा गरेको उद्धार कार्यको नेतृत्व गरेका शर्माले जानकारी दिए।