
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
सन्तोष अधिकारी
नारायणपुर । “बिरामी भएर बा मरें, आमाले अर्काे बिहे गरेर गइन्, मलाई गाउँलेले हुुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न दिने ?” घोराही उपमहानगरपालिका–१३ दुुर्गा भवानी टोल अर्थात् बादी बस्तीमा बसोबास गर्दै आउनुभएका बेसाहारा करण बादीले आफ्ना पीडा यसरी बिसाउनुभयो । बेसाहारा भएकै कारण बस्तीमा मागेर गुजारा चलाउँदै आइरहेका कारण धेरै पढेर ठूलो मान्छे बन्ने इच्छा भने मरेको छैन । कहिले नजिकैमा रहेको इँटाभट्टामा कामका लागि जाने गर्नुभएका कारण कहिले भने बजारमा माग्न जाने गरेको बताउनुहुन्छ । सानै उमेरमा बाबुआमा गुमाएका करण अहिले १२ वर्षका हुनुभयो तर अहिलेसम्म विद्यालय जानुभएको छैन ।
कक्षा ४ मा पढ्दा १४ वर्षीय अर्जुन बादीको बुबा बिरामी हुनुभएपछि उहाँको पढाइमा पूर्णबिराम लाग्यो । घरको जेठो छोरो बा बिरामी भएपछि कापी, कलम किन्ने पैसा पनि उहाँसँग भएन । काम गर्न नगए चुलो नबल्ने भएपछि पढ्ने इच्छालाई मारेर इँटाभट्टामा काम गर्न गएको उहाँले सुनाउनुभयो । “हाम्रो बस्तीमा धेरै पढेको पनि मै हुुँ, पढ्ने रहर हुँदाहुँदै पनि घरव्यवहार चलाउने समस्याले पढाइ छोड्नपर्यो”, अर्जुनले भन्नुभयो । धेरै पढेर जागिर खाने रहर र सपना भए पनि घरको आर्थिक अवस्थाका कारण विद्यालय छोडेर भट्टामा पुुग्नुुपरेको उहाँले बताउनुुभयो । “अझै पनि पढ्न पाएँ भने केही गर्नसक्छु भन्ने लाग्छ”, अर्जुनले भन्नुभयो ।
करण र अर्जुन मात्रै होइन बादी बस्तीका अधिकांश बालबालिका विद्यालय जानबाट बञ्चित छन । उनीहरु सबैको समस्या गरिबी नै हो । यो बस्तीमा रहेका धेरैजसो बालबालिका विभिन्न कारणले विद्यालय जानबाट बञ्चित भएका छन् । कोही बाबुुआमा नभएर पढ्न पाएका छैनन् भने बाबुुआमा भएका कतिपय बालबालिका पनि विद्यालय जान सकेका छैनन् ।
उक्त बस्तीमा २५ घरपरिवार बादी र १५ घरपरिवार दलित जातिको बसोबास छ । उनीहरुको दैनिक गुुजारा छेउमा रहेको इँटाभट्टा र बजारमा पाइने ज्यामी कामले टरेको छ । घरको नाजुक अवस्थाका कारण बादी र विक परिवारका बालबालिका विद्यालय छोडेर मजदूरीका लागि दौडिरहेका छन् । विद्यालय जाने उमेरका २५ बालबालिका बजारमा श्रम बेचेर घर चलाउन बाध्य छन् । आधारभूत शिक्षा मौलिक अधिकार भए पनि बादी बस्तीका बालबालिकाले अधिकार उपयोग गर्न पाएका छैनन् ।
गरिबीको रेखामुनि रहेका उनीहरुलाई गासबासकै समस्या छ । छोराछोरी पढाउने रहर हुँदाहुँदै पनि गरिबीका कारण विद्यालय पठाउन नसकिएको डल्ली बादी बताउनुहुन्छ । “जग्गा जमिन छैन, एकदिन काम नगरे चुलो बल्दैन, छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने रहर भएर मात्रै के गर्नु”, डल्लीले भन्नुभयो । गरिबी र अभावमा बाँचिरहेको बस्तीका सबै बासिन्दाको पीडा एउटै भएकाले बालबालिका विद्यालय नगएको उहाँले बताउनुभयो ।
विद्यालयमा भर्ना हुने दलित बालबालिकालाई सरकारले छात्रवृत्ति दिइरहेको घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । साँझ बिहानको छाक बसेका र बासको व्यवस्था नभएका कारण बालबालिका विद्यालय नजाने गरेको शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले बताउनुभयो । “विद्यालय भर्ना हुने हो भने कापी कलमका लागि उनीहरुले छात्रवृत्ति पाउछन् समस्या छैन”, गौतमले भन्नुभयो । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता