
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, १५ जेठ । पोखरा महानगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका अनधिकृत संरचनाहरू हटाउने अभियानलाई तीव्र पारेको छ। ‘जेन–जी आन्दोलन’ र केन्द्र सरकारको सुशासन अभियानको समेत प्रभाव देखिएको यस चरणमा महानगरले बिहीबार पोखराको मुटु मानिने पृथ्वीचोक क्षेत्रका अवैध भौतिक संरचनाहरूमा डोजर चलाएको हो।
१० जेठदेखि फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको महानगरको टोली बिहीबार पृथ्वीचोकस्थित बसपार्क अगाडिको क्षेत्रमा पुगेको हो। महानगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न यसअघि नै ३५ दिने सूचना जारी गरेको थियो, जसको म्याद गत ९ जेठमा सकिएसँगै महानगर एक्सनमा उत्रिएको हो।
विगत लामो समयदेखि राजनीतिक संरक्षण र सामाजिक संस्थाको आवरणमा ओगटिएका अर्बौँ मूल्यका सरकारी जग्गाहरू खाली गराउने क्रममा बिहीबार तीव्र प्रतिस्पर्धा देखियो। पृथ्वीचोकदेखि नयाँबजारतर्फ जाने सडक खण्डमा पर्ने सरकारी ’संस्थान क्षेत्र’ मा बनेका संरचनाहरू महानगरले भत्काएको छ।
महानगरका अनुसार उक्त क्षेत्रमा रहेका सहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र र हिमाली सांस्कृतिक परिवारले भोगचलन गर्दै आएका संरचनाहरू हटाइएका छन्। यस्तै, राजनीतिक दल सम्बद्ध मजदुर संगठनहरू-नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेस र नेकपा एमाले निकट जिफन्ट गण्डकीका कार्यालयहरू समेत डोजर लगाएर भत्काइएको छ।
यी संस्थाहरूले सार्वजनिक बाटोको जग्गा ओगटेर संरचना बनाई तेस्रो पक्षलाई समेत भाडामा लगाएर आर्थिक लाभ लिँदै आएका थिए। यसअघि नै नेकपा (माओवादी केन्द्र) निकट मजदुर संगठनले भने महानगरको आग्रहलाई स्वीकार गर्दै आफ्ना संरचना आफैँ हटाई चाबी बुझाइसकेको थियो। महानगरको कडा अडानपछि अमरसिंह माविको नाममा रहेको अमरसिंह चोकका टहरा व्यवसायीहरूले पनि आफ्ना संरचना आफैँ हटाएर महानगरको अभियानलाई सहयोग गरेका छन्।
‘लामो समयदेखि विभिन्न संघ–संस्था र संगठनहरूले उपभोग गर्दै आएका यी सार्वजनिक जग्गाहरूलाई संरक्षण गरी सडक चौडा बनाउने महानगरको मुख्य योजना हो’, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने-‘सार्वजनिक सम्पत्तिको रक्षा गर्ने यस अभियानमा सहयोग पुर्याउने सम्पूर्ण सरोकारवालाहरूप्रति हामी आभार व्यक्त गर्दछौँ।’
महानगरपालिकाका अनुसार पृथ्वीचोक र नयाँबजार क्षेत्रका यी अनधिकृत संरचनाहरू पूर्ण रूपमा हटाइसकेपछि उक्त मार्गलाई दुईतर्फी (फोर लेन) रूपमा विस्तार गरिनेछ, जसले पोखराको ट्राफिक जामको समस्यालाई ठूलो राहत दिने विश्वास गरिएको छ।
यसैगरी, फिर्केखोला क्षेत्रमा पनि प्राकृतिक बहाव मिचेर बनाइएका संरचनाहरू भत्काउने कार्य जारी छ। सो क्षेत्रमा वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकहरूको हकमा भने महानगरले वास्तविक सुकुमवासी पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गर्ने तयारी भइरहेको जनाएको छ। यो अभियानपछि महानगरको डोजर अब बर्षौँदेखि १ हजारभन्दा बढी घरधुरीले अनधिकृत रूपमा ओगटेको २०५ रोपनी क्षेत्रफलको पोखरा बसपार्क जग्गा खाली गराउनेतर्फ सोझिने बुझिएको छ।
नागरिकको प्रश्नः लेकसाइडको ’मापदण्ड’ मा किन मौन छ महानगर?
महानगरको यो कदमलाई पोखराका सचेत नागरिक र सञ्चारमाध्यमहरूले सकारात्मक रूपमा लिए पनि केही गम्भीर प्रश्नहरू समेत उब्जिएका छन्। एकातर्फ राजनीतिक दलका कार्यालय, सामाजिक संस्था र गरिबका टहराहरूमा डोजर चलिरहँदा पोखराकै प्रमुख पर्यटकीय केन्द्र लेकसाइडमा भइरहेका गम्भीर अनियमितातर्फ भने महानगरको ध्यान पुग्न नसकेको गुनासो बढेको छ।
स्थानीयका अनुसार लेकसाइड क्षेत्रमा कतिपय ठूला पर्यटन व्यवसायी र रात्रिकालीन व्यवसाय (नाइट क्लब)का सञ्चालकहरूले प्रचलित कानुन, विना नक्सापास र निर्धारित मापदण्ड विपरीतका विशाल भौतिक संरचनाहरू धमाधम निर्माण गरिरहेका छन्। महानगरको यो ‘डोजर एक्सन’ साना र राजनीतिक दलका संरचनामा मात्र सीमित हुन्छ कि लेकसाइडका ‘शक्तिशाली’ व्यवसायीहरूमाथि पनि समान रूपले कानुन लागू हुन्छ? यो भने आगामी दिनमा महानगरको कदमले नै प्रष्ट पार्नेछ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति