
१न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
२सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
३डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
४सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
५चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
६नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
७आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
८‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
११डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१२ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, पुस २५ । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत उम्मेदवारहरूको मनोनयन दर्ता सकिएसँगै निर्वाचन आयोगले आज (पुस २५) उम्मेदवारहरूको विरोधमा उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको स्वीकृत कार्यक्रमअनुसार बुधबार सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो।
कार्यक्रमअनुसार पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गरिनेछ। पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र अन्तिम नामावली प्रकाशित हुनेछ भने पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
राष्ट्रिय सभामा आगामी फागुन २० देखि १८ सदस्यको पद रिक्त हुने भएकाले यो निर्वाचन हुन लागेको हो। निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरू मतदाता छन्। प्रदेश सांसदको मतभार ५३ र स्थानीय तह प्रतिनिधिको १९ कायम छ। आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता र मतभार सार्वजनिक गरिसकेको छ।
माघ ११ को निर्वाचनका लागि कुल ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तर कोशी प्रदेशको अन्य क्लस्टरमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। नेकपाका उम्मेदवार हेमराज घिमिरे अनुपस्थित भएपछि थापा निर्विरोध भएका हुन्।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन कायम छ। गठबन्धनअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दर्ता गराएको छ। भागबन्डा नमिल्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनबाट अलग भई छुट्टै उम्मेदवारी दर्ता गरेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालसँग लोसपाको एकता समझदारी भइसकेकाले सुरुमा गठबन्धनमा रहने भनिए पनि मधेस प्रदेशमा जसपा नेपालले छुट्टै तीन उम्मेदवार उठाएको छ। यद्यपि महन्थ ठाकुरलाई भने जसपा नेपालले सहयोग गर्ने निर्णय गरेको छ।
मुख्य प्रतिस्पर्धा गठबन्धन र नेकपा बीच देखिएको छ। तर सातवटै प्रदेशमा मतभार गणना गर्दा गठबन्धनको स्थिति निकै बलियो देखिन्छ। १८ पदमध्ये प्रायः सबैमा गठबन्धनका उम्मेदवारको जित निश्चितजस्तै छ।
प्रदेशगत मतभारको अवस्था यस प्रकार छ:
कोशी प्रदेशमा कुल मतभार १०,१३५ छ। एमालेको ४,२१० र कांग्रेसको ३,७२२ गरी गठबन्धनसँग ७,९३२ मतभार छ भने नेकपासँग २,१२७ मात्र छ। गठबन्धन ५,२११ मतभारले अगाडि छ।
मधेस प्रदेशमा कुल १०,५८५ मतभार छ। कांग्रेसको ३,१०४, एमालेको २,३५५ र लोसपाको ८८० गरी गठबन्धनसँग ६,३३९ मतभार छ। नेकपासँग १,३९९ मात्र छ। गठबन्धन ४,९४० मतभारले अगाडि छ।
बागमती प्रदेशमा कुल १०,३३३ मतभार छ। कांग्रेसको ४,०१३ र एमालेको २,५७१ गरी गठबन्धनसँग ६,५८४ छ भने नेकपासँग २,७३८ छ।
गण्डकी प्रदेशमा कुल ६,३५७ मतभार छ। कांग्रेसको २,७०४ र एमालेको २,४९६ गरी गठबन्धनसँग ५,२०० छ भने नेकपासँग ९४१ मात्र छ। गठबन्धन ४,२५९ ले अगाडि छ।
लुम्बिनी प्रदेशमा कुल ८,७३४ मतभार छ। कांग्रेसको ३,१७९, एमालेको २,८१० र लोसपाको २३५ गरी गठबन्धनसँग ६,६६९ छ भने नेकपासँग १,६०८ छ। गठबन्धन ५,०६१ ले अगाडि छ।
कर्णाली प्रदेशमा कुल ५,१२२ मतभार छ। कांग्रेसको १,८६३ र एमालेको १,१९५ गरी गठबन्धनसँग ३,०५८ छ भने नेकपासँग १,८४४ छ।
सुदूरपश्चिम प्रदेशमा कुल ५,८१ मतभार छ। कांग्रेसको २,५८८ र एमालेको १,५३३ गरी गठबन्धनसँग ४,१२१ छ भने नेकपासँग १,८१६ छ। गठबन्धन २,३०५ ले अगाडि छ।
समग्रमा गठबन्धनको मतभार नेकपाको भन्दा निकै बलियो देखिएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुने आयोगले जनाएको छ।