
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
३लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
४कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
५आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
६पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
७एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
८बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
९श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
११जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
पोखरा, ६ पुस । जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको पुरानो सम्मान र शैक्षिक गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
आइतबार क्याम्पसमा भएको पदस्थापना र शपथ कार्यक्रममा बोल्दै अध्यक्ष पहारीले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रमाणपत्र (क्यूएए) को तेस्रो चरण प्राप्त गर्न पूरा प्रयास गर्ने वाचा गरे ।
तीन वर्षे कार्यकाल (२०८२–२०८५) को योजना सुनाउँदै उनले भने, “गण्डकी प्रदेश सरकारसँग मिलेर सस्तो शुल्कमा राम्रो शिक्षा दिने र बजारले खोज्ने दक्ष जनशक्ति तयार पार्ने मेरो मुख्य लक्ष्य हो । मेरो नेतृत्व क्याम्पसको विकास, राम्रो व्यवस्थापन र उत्कृष्ट शिक्षामा केन्द्रित हुनेछ । हामी सबैलाई समेटेर जनप्रियलाई साँच्चै जनप्रिय बनाउनेछौँ ।” उनले ‘म’ भन्दा ‘हामी’ को भावना विकास गरेर काम गर्ने पनि विश्वास दिलाए ।
क्याम्पसको ३४औँ वार्षिकोत्सवको अवसरमा भएको साधारणसभा र अधिवेशनबाट निर्वाचित अध्यक्ष पहारीसहित ११ जना सदस्यले आइतबार शपथ लिएका छन् । शपथ लिने सदस्यहरूमा गणेशबहादुर अधिकारी, नम्रता बराल, तिलकराम पौडेल, गिरिराज चालिसे, विश्वकुमार विजुक्छे, पदमबन्धु पोखरेल, लक्ष्मीप्रसाद पौडेल, इन्द्रप्रसाद पौडेल, शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल र हेमबहादुर थापा पराजुली छन् । २५ सदस्यीय समितिका बाँकी सदस्य मनोनयन र पदेन हुन्छन् । शपथ कार्यक्रममा निर्वाचन समिति संयोजक अधिवक्ता बोधराज बरालले नवनिर्वाचितलाई प्रमाणपत्र दिएका थिए ।
कार्यक्रममा बोल्ने अग्रजहरूले क्याम्पसलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए । संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, पूर्वअध्यक्ष दामोदर चालिसे, परशुराम बराल र निवर्तमान अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेलगायतले नयाँ समितिलाई बधाई दिँदै क्याम्पसलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए । उनीहरूले भने, “राजनीतिक आस्था गेटबाहिर राखेर भित्र केवल राम्रो नतिजाका लागि काम गर्नुपर्छ । सामुदायिक भावनाले मात्र जनप्रियको इज्जत जोगिन्छ ।” पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष विकास थापामगरले पनि नयाँ समितिले शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए ।
निवर्तमान अध्यक्ष विजुक्छेले नयाँ टिमलाई खादा ओढाएर स्वागत गरेका थिए भने क्याम्पस प्रमुख कृष्णबाबु बरालले अबिर लगाएर बधाई दिएका थिए । कार्यक्रमको सञ्चालन चेतबहादुर पोखरेलले गरेका थिए ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ