
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौँ । कोभिड–१९ को जोखिमको प्रभावले व्यक्तिवादी सोच हावी हुने पश्चिमा संस्कृतिभन्दा सामूहिकता र मेलमिलापसहितको पूर्वीय दर्शनको महत्व र सार्थकता बढेको दावी गरिएको छ । अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्रीय विभाग र त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा आयोजित दर्शनसम्बन्धी भर्चुअल गोष्ठीमा प्राज्ञ, विभिन्न विश्वविद्यालयका उपकुलपति र विद्वानले यस्तो दावी गर्नुभयो ।
उहाँहरुले सहअस्तित्वको बुद्ध दर्शन र जयपृथ्वीबहादुुर सिंहको मानवतावादी सोच नेपालकै दार्शनिक सम्पत्ति भएकाले अब यसलाई प्राज्ञिक स्थान दिन औपचारिक शिक्षामा समावेशीकरण बढाउन पनि आग्रह गर्नुभएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महामारीले विश्वलाई दिएका बेला मानवजातिको सामूहिक प्रयत्नबाट यसको सामना गर्न सकिने भएकाले यस क्रममा नेपाली दर्शनहरुको प्रेरणा महत्वपूर्ण हुने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटा, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा डा भरत झा, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा डा लेखनाथ शर्मा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशी, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराम रेग्मीले मानवजातिको जीवनमा दर्शनको महत्त्व र प्रभावका बारेमा विचार व्यक्त गर्नुभयो । लुम्बिनी विश्वविद्यालय, लुम्बिनीका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्य, पोखरा विश्वविद्यालयका उपकुपति प्रा डा प्रेमनारायण अर्याल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा यादवाज कोइराला, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ माकजु, नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति प्रा डा यादवप्रकाश लामिछाने, गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङ र नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेसका प्राध्यापक डा विशाल सिटौलाले नेपाली दर्शन र परम्परागत ज्ञानलाई औपचारिक अध्ययनको विषय बनाउन पहल गर्ने बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले मानव जीवनमा पूर्वीय दर्शनको विशेष महत्त्व रहेको र आजको सन्दर्भमा पूर्वीय दर्शनको सार्थकता पुष्टि भएको जिकिर गर्नुभयो । प्रतिष्ठानका सदस्यसचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा जगत प्रसाद उपाध्यायले उच्च मनोवल बनाएर महामारीको सामना गर्नु र विचारको नवीकरण गर्नु नै यस वर्षको दर्शन दिवसको मूल सन्देश भएको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा डा गोविन्दशरण उपाध्यायले ‘कोभिड–१९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा