
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
मुस्ताङ, ११ कार्तिक । मुस्ताङमा यो यामको पहिलो हिमपात सुरु भएको छ। कोरलानाका, लोमान्थाङ गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार लोमान्थाङ–२ छोसर, कोरलानाका, मुक्तिनाथसहित उपल्लो र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासँगै हिमपात भएको छ।
मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले मुक्तिनाथमा बिहानदेखि निरन्तर हिउँ परिरहेको बताए। “हिउँ ५–६ इन्च जति जमेको छ, तर जमिन तातो भएकाले पूर्ण रूपमा जम्न सकेको छैन,” उनले भने, “यही क्रम जारी रहे दुई फिटसम्म हिउँ जम्न सक्छ।” हिउँका कारण मन्दिर दर्शन गर्न आउनेहरूलाई समस्या परेको छ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार उच्च लेकमा हिमपात भइरहेको छ भने बस्ती नजिक वर्षासँगै आंशिक हिउँ परेको छ। “कात्तिकमै हिउँ पर्यो, दुई–तीन वर्षदेखि यस्तो भएको थिएन,” उनले भने, “हिउँ किसानका लागि वरदान हो, यसले अन्नबाली उत्पादन बढाउँछ।”
वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले खिङ्गा, झोङ, छेङ्गुर, फल्याकलगायत गाउँमा बाक्लो हिउँ परेको जानकारी दिए। चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित भएको छ। “स्याउलगायत बालीलाई फाइदा पुग्छ, हिउँले जमिनको भित्री तहसम्म पानी पर्याउँछ,” उनले थपे।
मुक्तिनाथसम्म यात्रा नगर्न प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालयले कागबेनीदेखि माथि मुक्तिनाथसम्म यात्रा नगर्न अनुरोध गरेको छ। सडकमा बाक्लो हिउँ जमेकाले दुर्घटनाको जोखिम रहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार जोमसोम–मुक्तिनाथ सडकको कालोभिर, खिङ्गा, झारकोटलगायत ठाउँमा हिउँ जमेकाले सवारीसाधन नलैजान आग्रह गरिएको छ। साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडक जोखिमपूर्ण बनेको छ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा