
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
मुस्ताङ, ११ कार्तिक । मुस्ताङमा यो यामको पहिलो हिमपात सुरु भएको छ। कोरलानाका, लोमान्थाङ गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार लोमान्थाङ–२ छोसर, कोरलानाका, मुक्तिनाथसहित उपल्लो र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासँगै हिमपात भएको छ।
मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले मुक्तिनाथमा बिहानदेखि निरन्तर हिउँ परिरहेको बताए। “हिउँ ५–६ इन्च जति जमेको छ, तर जमिन तातो भएकाले पूर्ण रूपमा जम्न सकेको छैन,” उनले भने, “यही क्रम जारी रहे दुई फिटसम्म हिउँ जम्न सक्छ।” हिउँका कारण मन्दिर दर्शन गर्न आउनेहरूलाई समस्या परेको छ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार उच्च लेकमा हिमपात भइरहेको छ भने बस्ती नजिक वर्षासँगै आंशिक हिउँ परेको छ। “कात्तिकमै हिउँ पर्यो, दुई–तीन वर्षदेखि यस्तो भएको थिएन,” उनले भने, “हिउँ किसानका लागि वरदान हो, यसले अन्नबाली उत्पादन बढाउँछ।”
वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले खिङ्गा, झोङ, छेङ्गुर, फल्याकलगायत गाउँमा बाक्लो हिउँ परेको जानकारी दिए। चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित भएको छ। “स्याउलगायत बालीलाई फाइदा पुग्छ, हिउँले जमिनको भित्री तहसम्म पानी पर्याउँछ,” उनले थपे।
मुक्तिनाथसम्म यात्रा नगर्न प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालयले कागबेनीदेखि माथि मुक्तिनाथसम्म यात्रा नगर्न अनुरोध गरेको छ। सडकमा बाक्लो हिउँ जमेकाले दुर्घटनाको जोखिम रहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार जोमसोम–मुक्तिनाथ सडकको कालोभिर, खिङ्गा, झारकोटलगायत ठाउँमा हिउँ जमेकाले सवारीसाधन नलैजान आग्रह गरिएको छ। साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडक जोखिमपूर्ण बनेको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम