वि.सं. १९७५ फागुन १५ मा पोखराको मियाँपाटनमा जन्मिएका लोककवि अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसङ्गीतमा समर्पित थिए। रनवनको धुनमा लोकगीत गाउँदै हिँडेका उनले नेपाली लोकसाहित्यको उन्नयनमा जीवन समर्पित गरे।
काठमाडौं, साउन १९ । लोककवि अलिमियाँको १९औं स्मृति दिवसका अवसरमा काठमाडौंमा भावपूर्ण कार्यक्रम आयोजना गरिएको छ। ‘कन्सेप्ट नेपाल’को आयोजना र पत्रकार अमृत भादगाउँलेको संयोजनमा आइतबार सम्पन्न ‘सम्झनामा लोककवि’ कार्यक्रममा लोककविका कालजयी सिर्जनाहरूको स्मरण गरियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा अलिमियाँका केही गीतहरू स्थापित गायक–गायिकाहरूको स्वरमा रेकर्ड गरिने घोषणा गरिएको छ।
लोककवि अलिमियाँको १९औं स्मृति दिवस
अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराको अगुवाइमा र लोकगायिका लोचन भट्टराईको सक्रियतामा आगामी एक वर्षभित्र लोककविका गीतहरू रेकर्ड गरिने भएको छ। कार्यक्रमकी प्रमुख अतिथि भट्टराईले यो प्रस्ताव अघि सारेकी थिइन्। उनले भावुक हुँदै भनिन्, “मैले अलिमियाँ बुबाबाट आशीर्वाद पाएकी छु, तर दुखको कुरा, उहाँ जीवित छँदा उहाँका गीत गाउने अवसर पाइनँ। अब हामी सबै मिलेर उहाँका गीतलाई जीवन्त बनाउनेछौं।”
“मैले अलिमियाँ बुबाबाट आशीर्वाद पाएकी छु, तर दुखको कुरा, उहाँ जीवित छँदा उहाँका गीत गाउने अवसर पाइनँ। अब हामी सबै मिलेर उहाँका गीतलाई जीवन्त बनाउनेछौं।”- लोकगायिका लोचन भट्टराई
वि.सं. १९७५ फागुन १५ मा पोखराको मियाँपाटनमा जन्मिएका अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसङ्गीतमा समर्पित थिए। रनवनको धुनमा लोकगीत गाउँदै हिँडेका उनले नेपाली लोकसाहित्यको उन्नयनमा जीवन समर्पित गरे। धार्मिक सहिष्णुता र मानवतावादका प्रतीक बनेका उनको वि.सं. २०६३ साउन १८ मा निधन भएको थियो। उनका गीति कविता संग्रहहरू प्रकाशित छन्, जसले उनको सिर्जनात्मक उचाइलाई झल्काउँछ।
स्मृति दिवसको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले आफ्ना पिताका गीति कविता प्रस्तुत गर्दै रोचक संस्मरणहरू सुनाए।
उनको निधनपछि उनका सुपुत्र हनिफ मियाँको नेतृत्वमा अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान स्थापना भएको छ। यो प्रतिष्ठानले लोककविको योगदानलाई विश्वभर फैलाउने र लोकसाहित्य साधकहरूको सम्मान गर्ने कार्य गर्दै आएको छ। स्मृति दिवसको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले आफ्ना पिताका गीति कविता प्रस्तुत गर्दै रोचक संस्मरणहरू सुनाए।
कार्यक्रम संयोजक अमृत भादगाउँलेले लोककवि अलिमियाँले भुइँमान्छेका आवाजलाई आफ्ना सिर्जनामार्फत उजागर गरेको बताए ।
सुदूरपश्चिमका सांस्कृतिक अभियन्ता हेमन्त विवशले लोककविका गीत गाएर माहोल रंगाए। त्यस्तै, कवि एवम् पत्रकार भोजराज न्यौपानेले पोखरामा अलिमियाँसँग बिताएका क्षणहरूको स्मरण गरे। कवि एवम् प्राध्यापक केशव सिग्देलले लोककविका सिर्जनाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
मेरो माया फिजाऊँ भने संसारभरि पुग्छ
मेरो आँसु पोखौं भने सगरमाथा डुब्छ
छाती खोली देखाऊँ भने माछापुच्छ्रे झुक्छ
मनको तिर्खा मेटौं भने फेवातालै सुक्छ।
कार्यक्रम संयोजक अमृत भादगाउँलेले लोककवि अलिमियाँले भुइँमान्छेका आवाजलाई आफ्ना सिर्जनामार्फत उजागर गरेको बताए। उनले वि.सं. २०५८ मा लेखिएको पुस्तक ‘लोककवि अलिमियाँ’ मार्फत कविको जीवनी र योगदानलाई उजागर गरेका थिए।
कार्यक्रमको अन्त्यमा लोककविको कविताको एक अंशले सबैको मन छोयोः
मेरो माया फिजाऊँ भने संसारभरि पुग्छ
मेरो आँसु पोखौं भने सगरमाथा डुब्छ
छाती खोली देखाऊँ भने माछापुच्छ्रे झुक्छ
मनको तिर्खा मेटौं भने फेवातालै सुक्छ।
लोककवि अलिमियाँको यो स्मृति कार्यक्रमले उनको योगदानलाई जीवन्त राख्ने प्रतिबद्धतासहित समापन भएको छ।