
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
९कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
वि.सं. १९७५ फागुन १५ मा पोखराको मियाँपाटनमा जन्मिएका लोककवि अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसङ्गीतमा समर्पित थिए। रनवनको धुनमा लोकगीत गाउँदै हिँडेका उनले नेपाली लोकसाहित्यको उन्नयनमा जीवन समर्पित गरे।
काठमाडौं, साउन १९ । लोककवि अलिमियाँको १९औं स्मृति दिवसका अवसरमा काठमाडौंमा भावपूर्ण कार्यक्रम आयोजना गरिएको छ। ‘कन्सेप्ट नेपाल’को आयोजना र पत्रकार अमृत भादगाउँलेको संयोजनमा आइतबार सम्पन्न ‘सम्झनामा लोककवि’ कार्यक्रममा लोककविका कालजयी सिर्जनाहरूको स्मरण गरियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा अलिमियाँका केही गीतहरू स्थापित गायक–गायिकाहरूको स्वरमा रेकर्ड गरिने घोषणा गरिएको छ।
लोककवि अलिमियाँको १९औं स्मृति दिवस
अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराको अगुवाइमा र लोकगायिका लोचन भट्टराईको सक्रियतामा आगामी एक वर्षभित्र लोककविका गीतहरू रेकर्ड गरिने भएको छ। कार्यक्रमकी प्रमुख अतिथि भट्टराईले यो प्रस्ताव अघि सारेकी थिइन्। उनले भावुक हुँदै भनिन्, “मैले अलिमियाँ बुबाबाट आशीर्वाद पाएकी छु, तर दुखको कुरा, उहाँ जीवित छँदा उहाँका गीत गाउने अवसर पाइनँ। अब हामी सबै मिलेर उहाँका गीतलाई जीवन्त बनाउनेछौं।”
“मैले अलिमियाँ बुबाबाट आशीर्वाद पाएकी छु, तर दुखको कुरा, उहाँ जीवित छँदा उहाँका गीत गाउने अवसर पाइनँ। अब हामी सबै मिलेर उहाँका गीतलाई जीवन्त बनाउनेछौं।”- लोकगायिका लोचन भट्टराई

वि.सं. १९७५ फागुन १५ मा पोखराको मियाँपाटनमा जन्मिएका अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसङ्गीतमा समर्पित थिए। रनवनको धुनमा लोकगीत गाउँदै हिँडेका उनले नेपाली लोकसाहित्यको उन्नयनमा जीवन समर्पित गरे। धार्मिक सहिष्णुता र मानवतावादका प्रतीक बनेका उनको वि.सं. २०६३ साउन १८ मा निधन भएको थियो। उनका गीति कविता संग्रहहरू प्रकाशित छन्, जसले उनको सिर्जनात्मक उचाइलाई झल्काउँछ।
स्मृति दिवसको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले आफ्ना पिताका गीति कविता प्रस्तुत गर्दै रोचक संस्मरणहरू सुनाए।
उनको निधनपछि उनका सुपुत्र हनिफ मियाँको नेतृत्वमा अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान स्थापना भएको छ। यो प्रतिष्ठानले लोककविको योगदानलाई विश्वभर फैलाउने र लोकसाहित्य साधकहरूको सम्मान गर्ने कार्य गर्दै आएको छ। स्मृति दिवसको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले आफ्ना पिताका गीति कविता प्रस्तुत गर्दै रोचक संस्मरणहरू सुनाए।
कार्यक्रम संयोजक अमृत भादगाउँलेले लोककवि अलिमियाँले भुइँमान्छेका आवाजलाई आफ्ना सिर्जनामार्फत उजागर गरेको बताए ।
सुदूरपश्चिमका सांस्कृतिक अभियन्ता हेमन्त विवशले लोककविका गीत गाएर माहोल रंगाए। त्यस्तै, कवि एवम् पत्रकार भोजराज न्यौपानेले पोखरामा अलिमियाँसँग बिताएका क्षणहरूको स्मरण गरे। कवि एवम् प्राध्यापक केशव सिग्देलले लोककविका सिर्जनाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
मेरो माया फिजाऊँ भने संसारभरि पुग्छ
मेरो आँसु पोखौं भने सगरमाथा डुब्छ
छाती खोली देखाऊँ भने माछापुच्छ्रे झुक्छ
मनको तिर्खा मेटौं भने फेवातालै सुक्छ।

कार्यक्रम संयोजक अमृत भादगाउँलेले लोककवि अलिमियाँले भुइँमान्छेका आवाजलाई आफ्ना सिर्जनामार्फत उजागर गरेको बताए। उनले वि.सं. २०५८ मा लेखिएको पुस्तक ‘लोककवि अलिमियाँ’ मार्फत कविको जीवनी र योगदानलाई उजागर गरेका थिए।
कार्यक्रमको अन्त्यमा लोककविको कविताको एक अंशले सबैको मन छोयोः
मेरो माया फिजाऊँ भने संसारभरि पुग्छ
मेरो आँसु पोखौं भने सगरमाथा डुब्छ
छाती खोली देखाऊँ भने माछापुच्छ्रे झुक्छ
मनको तिर्खा मेटौं भने फेवातालै सुक्छ।
लोककवि अलिमियाँको यो स्मृति कार्यक्रमले उनको योगदानलाई जीवन्त राख्ने प्रतिबद्धतासहित समापन भएको छ।

१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग