
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, २२ असार। पोखरा–३३ स्थित कालिका माध्यमिक विद्यालय, आँपुभन्ज्याङका सबै १४ जना विद्यार्थी २०८१ सालको एसइई परीक्षामा शतप्रतिशत पास भएका छन्। यो उपलब्धि हासिल गरेबापत विद्यालयले शुक्रवार एक विशेष कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई सम्मान गरेको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ३३ का वडा सदस्य प्रकाश कार्की, प्रधानाध्यापक रुपिन्द्र प्रभावी, अध्यक्ष पुनलगायतले विद्यार्थीलाई प्रमाणपत्र र उपहार प्रदान गरी बधाई दिएका छन् ।
वडा सदस्य कार्कीले कालिकाको सफलता सम्पूर्ण वडा–३३ को गर्वको विषय भएको उल्लेख गर्दै भने, “सफलताले जीवनको ढोका खोल्छ, तर अनुशासनले त्यो मार्गमा हिँड्न मद्दत गर्छ।” उनले विद्यार्थीलाई निरन्तर मिहिनेत, विनम्रता र कृतज्ञता बोकेर अघि बढ्न सुझाव दिए।
विद्यालय, शिक्षक र अभिभावकको योगदानको कदर
विव्यस अध्यक्ष पुनले “विद्यार्थीको हितमा निरन्तर लागिरहेका छौं, र त्यसको फल आजको उपलब्धिमा देखिएको छ,” भन्दै शिक्षक र अभिभावकको समर्पणको प्रशंसा गरे।
प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयले शिक्षा मात्र नभई विद्यार्थीको बहुआयामिक विकासका लागि प्रयासरत रहेको बताए। “पाठ्यक्रमसँगै अन्तर्निहित प्रतिभा उजागर गर्ने हाम्रो योजनाको नतिजा हो यो सफलता,” उनले भने।
विद्यार्थीको अनुभव : ऊर्जा र प्रविधिको मिश्रण
विद्यार्थी प्रमिसा बानियाले विद्यालयबाट प्राप्त सकारात्मक ऊर्जाकै कारण आफूहरू सफल भएको बताइन्। अर्का विद्यार्थी सङ्गम श्रेष्ठले शिक्षकको मार्गदर्शन र प्रविधि प्रयोगमार्फतको आत्मपठनले उच्च अंक ल्याउन सहयोग गरेको सुनाए।
सो अवसरमा कक्षा १० मा अध्यापन गराउने शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरले गरेकी थिइन्।
शिक्षक अभिभावक संघका सदस्य बेलबहादुर केसी, शिक्षक नारायणप्रसाद चापागाईं, पूर्व सहायक प्रधानाध्यापक गोपीराज अधिकारीलगायतले शुभकामना मन्तव्य दिएका थिए।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा