News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

पर्वतको नेपानेमा जीप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

पर्वतको नेपानेमा जीप दुर्घटनामा प्रयोग गरिएको यो तस्विर एआईका माध्यमबाट बनाईएको हो । सम्पादक ।

पर्वत, १५ असार । पर्वत जिल्लाको फलेवास नगरपालिका–८, नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग १ ज ६९७ नम्बरको जीप अनियन्त्रित भई करिब १५० मिटर तल खस्दा फलेवास–८ ठानामौला निवासी ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

गम्भीर घाइते अवस्थाका क्षेत्रीलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र ठानामौला फलेवास–८ का ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् । दुबै जनाको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।