
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, १५ असार । पोखरा महानगरपालिका नगर युवा परिषदले अनलाइन खबर डटकमका गण्डकी ब्यूरोप्रमुख अमृत सुवेदीलाई पुरस्कृत गरेको छ । पत्रकार सुवेदीसहित विभिन्न क्षेत्रमा क्रियाशिल ६ जना व्यक्तित्वलाई वर्ष उत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।
पोखरालाई कार्यक्षेत्र बनाई ४० वर्षमुनिका उमेर समूहमा उल्लेखनीय योगदान दिएका व्यक्तित्वहरूलाई यस वर्ष सम्मान गरिएको हो।अनलाइनखबर गण्डकी ब्युरो प्रमुख सुवेदी पत्रकारितामार्फत युवा सशक्तीकरण तथा सामाजिक सरोकारका विषयमा सक्रिय योगदान पु¥याएको भन्दै पत्रकारिता क्षेत्रबाट पुरस्कृत गरिएको हो । पत्रकार अमृतलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यले नगद ३० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए ।
अन्य सम्मानित व्यक्तिहरूमा विभिन्न क्षेत्रका उदयीमान युवा समावेश छन्ः
सामाजिक तथा सरसफाइ क्षेत्रबाट सन्तोष पौडेल,
विज्ञान तथा प्रविधि क्षेत्रबाट ब्लाक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली,
कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा थिएटरका सञ्चालक मुक्तिबहादुर कार्की ’परिवर्तन’,
कृषि क्षेत्रबाट अर्गानिक उत्पादन “हरिलो“ सञ्चालनकर्ती रोशनी आचार्य,
खेलकुद क्षेत्रबाट लङ टेनिस खेलाडी प्रदीप खड्का।
यी सबै प्रतिभाहरूलाई पनि नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
पुरस्कारको छनोट गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीको संयोजकत्वमा गठित ७ सदस्यीय प्रतिभा छनोट समितिको सिफारिसमा गरिएको हो । समितिमा गण्डकी प्रेस रजिस्टार विमला भण्डारी, कानुन व्यवसायी कुञ्जनी प्यासी परियार, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहारी, खेलकुद समितिका उपाध्यक्ष दीपक गोदार, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष उपेन्द्र पौडेल, र पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया सदस्य रहेका थिए ।
नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपानेका अनुसार, ‘पोखरा महानगरलाई कर्मभूमि बनाएका युवाहरूको मेहनत र सिर्जनात्मक योगदानलाई कदर गर्दै उनीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले यो सम्मान प्रदान गरिएको हो।’
उक्त सम्मान कार्यक्रमले पोखरा जस्ता सहरमा कर्मशील युवाहरूको बहुआयामिक योगदानलाई उजागर गर्नुका साथै युवा नेतृत्वको प्रवद्र्धन र प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम