
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
पोखरा, १६ जेठ । मालपोत कार्यालय कास्कीमा सरुवा भएको मन्त्रालयले पठाएको पत्र नै गायब बनाउँदैं केही कर्मचारीहरुले रजाई गरिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौंले विभिन्न मितिमा त्यहाँका ३ जना कर्मचारीहरुको सरुवाको पत्र पठाए पनि कार्यालय प्रमुख र कर्मचारीहरुले आफूहरुलाई सो पत्रका बारेमा केही जानकारी नभएको बताए ।
भ्रष्टाचार र वेथितिको अखडा भनेर चिनिने मालपोत कार्यालय कास्कीमा विभिन्न मितिमा नायव सुब्बाहरु धर्मदत्त सुवेदी, दिपक सुवेदी र डिलबहादुर क्षेत्रीको सरुवा भएको पत्र मन्त्रालयले मातहतको निकायहरुमा पठाएको थियो । तर ती पत्रहरु हालसम्म पनि आफूहरुलाई प्राप्त नभएको मालपोत कार्यालय कास्कीका प्रमुख चिरञ्जिवी पौडेलले जानकारी दिए ।
मन्त्रालयले २०८१ चैत ६ गतेको निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १८ को उफदफा (१) बमोजिम सरुवा गरिएको भन्दैं नायव सुब्बा दिपक सुवेदीको सरुवा भएको पत्राचार गरेको थियो । सुवेदीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गत भनेर सरुवा गरिएको छ ।
सरुवाको आफूलाई केही पनि जानकारी नै नभएको भन्दैं नायव सुब्बा दिपक सुवेदीले उल्टैं विचौंलियाहरुले आफूले भने अनुसारको काम नगरेकोले गलत प्रचारबाजी र सरुवा गर्नका लागि महिनौंदेखि मन्त्रालय धाईरहेको दावी गरे ।
‘म आएको ७ महिना पनि पुगेको छैन,’ नायव सुब्बा सुवेदीले भने–’नियम अनुसार हुने काम सबैंको गरेका छौं । तर कसैको प्रलोभनमा परेर नियम विपरितका काम हामी जति बदनाम गरेपनि गर्दैनौं । हामीलाई भूमाफिया र विचौंलियाहरुले बदनाम गर्न अनेकन् षडयन्त्रहरु गरिरहेका छन् । जुन तथ्य समयले पनि पुष्टि गर्नेछ । हाम्रो कुनै स्वार्थ छैन । पत्र आएका दिन हामीलाई जा भन्न पर्दैन, हामी आफैं ससम्मान जान्छौं ।’
त्यसैगरी, यहीं जेठ १ गते मन्त्रालयले नायव सुब्बा डिलबहादुर क्षेत्रीको पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय वा अन्तर्गत भन्दैं सरुवाको पत्र पठाएको थियो । त्यसैगरी मन्त्रालयले नायव सुब्बा धर्मदत्त सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह), कामकाज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत गण्डकी प्रदेश भन्दैं कामकाजमा खटाएको पत्र बाहिरिएको छ ।
यसरी विभिन्न मितिमा सरुवा भएका कर्मचारीहरुलाई मालपोत कार्यालय कास्कीका प्रमुख पौडेलले आफूलाई केही पनि जानकारी नभएको दावी गरे । बरु उनले मन्त्रालयबाट सरुवा भई आएका दुईजना कर्मचारीहरुलाई हाजिरी गराई जिम्मेवारी समेत तोकिसकेको बताए ।
यतिबेला कास्कीमा छुट दर्ता र मुद्दा मामिलाबाट फैसाला भएका जग्गाहरु दर्ता गर्ने कामकैं लागि कर्मचारीहरुको सरुवा रोकिएको एक पक्षले दावी गरेको छ भने अर्को पक्षले आफूहरुले विचौंलिया र भूमाफियाले भने जस्तो काम नगर्दा बदनाम गर्ने यस्तो आरोप लगाएको भनाई छ ।
‘यहाँ कसैलाई रोक्न पर्ने, कसैलाई पालेर वा बस भनेर राख्न पर्ने छैन,’ कार्यालय प्रमुख पौडेलले भने–‘ सरुवाको चिठी आएपछि नियमले २१ दिन भित्रमा बुझबुझारथ गर्ने भन्छ, त्यो भन्दा अगाडि जान्छु भन्छन् भने पनि कर्मचारीले पाउँछन् तर मैले जा भन्ने कुरा भएन । त्यसपछि बस्छु भने पनि पाईदैंन ।’
त्यसो त मालपोत कार्यालय कास्कीमा विचौंलिया र कर्मचारीको सेटिङ मिलेपछि अधिकांश पत्रहरु कम्प्युटर शाखाबाट नै गायव हुने गर्दछन् । कतैं कर्मचारीले नै पत्र गायव त गरेनन् भन्ने प्रश्नमा कार्यालय प्रमुख पौडेलले मन्त्रालयबाट नै पत्र नआएको दावी गरिरहे ।
तर यसअघि मालपोत कास्कीमा सहकारी ठगीमा जग्गा रोक्काका लागि मन्त्रालयबाट पठाईएको पत्र डिलेट गर्ने, जग्गा रोक्का नगरिदिने घटना सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा तत्कालिन कार्यालय प्रमुखले ती कर्मचारीमाथि कारवाही गर्ने चेतावनी दिएपछि बल्ल मन्त्रालयको पत्रानुसार काम भएको थियो ।
यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छड्के र निगरानी राख्ने हो भने मोटो रकम लिई छुट जग्गा दर्ता गर्ने भन्दैं सलबलाई राखेका विचौंलियाहरु र मालपोत कार्यालय कास्की प्रमुखको सम्बन्ध, रात्रिकालिन उठबसदेखि सहकार्यसम्मको सम्पूर्ण सेटिङको जालो पर्दाफास हुने मालपोत कैं कर्मचारीहरु बताउँछन् ।
