
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, १ जेठ । पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियनको आवरणमा गुन्डागर्दी मौंलाएको छ । स्ववियुका केही नेताहरुको पछिल्ला गतिविधिहरुले क्याम्पस नै आतंकित र त्रसित हुन पुगेको छ । पृथ्वीनारायण क्याम्पसमा स्ववियुको आवरणमा एमाले कार्यकर्ताले खुलेआम गुन्डाराज चलाई रहेका छन् ।

उपप्राध्यापक डा.देवीलाल शर्मालाई क्याम्पस प्रमुखको कार्यकक्षमा कुट्दै दलित संगठनका नेताहरु । कुटपिट भईरहँदा पीडित भनिएका अमन परियार पनि त्यहीं थिए ।
एकजना उपप्राध्यापकमाथि स्वतन्त्र विद्यार्थी युनियनका जिम्मेवार नेताहरुले गुन्डागर्दी शैलीमा क्याम्पस प्रमुखको कार्यकक्षमा नै कुटपिट गरेको सिसिटिभी फुटेज बाहिरिएसँगैं यो तथ्य पुष्टि भएको हो । व्यवस्थापन अनुसन्धान विभागका प्रमुख उपप्राध्यापक डा. देवीलाल शर्मामाथि वैशाख ३० गते मंगलबारका दिन पौने १२ बजेको समयमा स्ववियुका सचिव विराट दुवाडीको नेतृत्वमा गएको टोलीले पटक–पटक आक्रमण गरेका थिए ।
स्ववियु सचिव दुवाडी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु पृथ्वीनाराय क्याम्पस कमिटी पोखराका संयोजक समेत हुन् । पृथ्वीनारायण क्याम्पसमा एमाले निकट विद्यार्थी संगठनको स्ववियुमा नेतृत्व रहेको छ । अनेरास्ववियुले विवाद मिलाउने नाममा सुनियोजित रुपमा राजनीतिक प्रतिशोध साँध्दैं आक्रमणमा उत्रिएको थियो । अनेरास्ववियुका कार्यकर्ताबाट कुटिएका उपप्राध्यापक डा. शर्मा नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ पिएन क्याम्पसका ईकाई सभापति समेत हुन् ।
कुनै पनि विद्यार्थीलाई परेको मर्का र समस्याका विषयमा स्ववियुमा लिखित वा मौखिक जानकारी दिएपछि समस्या समाधानका लागि पहल गर्नुपर्ने नेताहरुले नै आफ्नो दलगत स्वार्थ पुरा गर्न खोज्दा जातिय विभेद र अपहेलनाको विषयमाथि नैं प्रश्न चिन्ह खडा भएको छ ।

स्ववियु सचिव विराट दुवाडी उपप्राध्यापक डा.देवीलाल शर्मालाई क्याम्पस प्रमुखको कार्यकक्षमा कुट्दै ।
विवादको जड:
पिएन क्याम्पसमा एमबिए तेस्रो वर्षमा अध्ययनरत अमन परियारले वैशाख २५ गतेदेखि २९ गतेसम्म भएको शैक्षिक भ्रमणका क्रममा उपप्राध्यापक डा.शर्माले जातीय विभेद गरेको आरोप लगाएका छन् । शौक्षिक भ्रमणमा गएका बेला सिन्धुलीमा बस बिग्रिएको समय उपप्राध्यापक शर्माले जातीय विभेदजन्य र अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गरेको उनको भनाई थियो ।
उपप्राध्यापक डा. शर्माले गल्ति गरेको भए प्रक्रियामा गएर स्ववियुका जिम्मेवार नेताले कारवाही गराउन सक्थे । तर एकाएक कुटपिटमा उत्रिएपछि आफूहरु जोगिन र घटनालाई साम्य पार्न स्ववियु लगायतले जातीय विभेदको विषयलाई मात्र केन्द्रित गर्दै कुटपिटको घटनालाई लुकाएर विज्ञप्ति जारी गरेका थिए ।
शैक्षिक भ्रमणका क्रममा विद्यार्थी अमन परियारलाई उपप्राध्यापक डा. शर्माले अपमानजनक शब्द प्रयोग गरेको आरोप लागेपछि सोही विषयमा क्याम्पस प्रमुखको कार्यकक्षमा छलफल चलिरहेको थियो । छलफलका क्रममा उपप्राध्यापक डा.शर्मालाई स्ववियु सचिव विराट दुवाडी, स्ववियु सदस्य सुशिल अधिकारी, अनेरास्ववियुका बिक्रम क्षेत्री र विद्यार्थी अमृत विक लगायतको टोलीले कुटपिट गरेका थिए ।
क्याम्पस प्रमुखको कार्यकक्षमा पुगेका उपप्राध्यापक डा. देवीलाल शर्मालाई घटनाका विषयमा केही पनि जानकारी नगराई सिधै त्यहीं बोलाएर झडपको स्थिति सिर्जनागरी धम्कीपूर्ण ढंगले जबरजस्ती गरिएको त्यहाँ उपस्थित एक प्राध्यापकले बताए । ती प्राध्यापकले भने–‘एमाले र काँग्रेसका केही मित्रहरु पनि डा.शर्मालाई विवादमा ल्याएर सिध्याउन चाहन्छन् । त्यसैले यहीं मौंकालाई हतियार बनाउन धेरै साथीहरु लागे ।’
जातिय विभेदको विषयमा केन्द्रित हुनुको साटो गुन्डागर्दी शैलीमा फरक विचार बोकेका उपप्राध्यापकमाथि गरिएको आक्रमणले विवाद सुल्झाउनुको साटो झन् बल्झाएको छ । उपप्राध्यापक डा. शर्माले गल्ति गरेको भए प्रक्रियामा गएर स्ववियुका जिम्मेवार नेताले कारवाही गराउन सक्थे । तर एकाएक कुटपिटमा उत्रिएपछि आफूहरु जोगिन र घटनालाई साम्य पार्न स्ववियु लगायतले जातीय विभेदको विषयलाई मात्र केन्द्रित गर्दै कुटपिटको घटनालाई लुकाएर विज्ञप्ति जारी गरेका थिए ।

उपप्राध्यापक डा.देवीलाल शर्मालाई कुट्दै स्ववियुका नेतादेखि दलित संगठनका नेताहरु ।
क्याम्पस प्रमुखको कार्यकक्षमा पुगेका उपप्राध्यापक डा. देवीलाल शर्मालाई घटनाका विषयमा केही पनि जानकारी नगराई सिधै त्यहीं बोलाएर झडपको स्थिति सिर्जनागरी धम्कीपूर्ण ढंगले जबरजस्ती गरिएको त्यहाँ उपस्थित एक प्राध्यापकले बताए । ती प्राध्यापकले भने–‘एमाले र काँग्रेसका केही मित्रहरु पनि डा.शर्मालाई विवादमा ल्याएर सिध्याउन चाहन्छन् । त्यसैले यहीं मौंकालाई हतियार बनाउन धेरै साथीहरु लागे । ‘
यस विषयमा प्रश्न गर्दा स्ववियुका सचिव दुवाडीले आफूले मिलाउन खोज्दा खोज्दैं माहोल चर्किएको, अलि अलि धकेलाधकेल सबै पक्षबाट भएको र बाहिर हात हालाहाल ग¥यो भनेर राजनीतिकरण गर्न खोजिएको आरोप लगाए ।
उपप्राध्यापक डा. शर्मामाथि आक्रमण गर्ने अर्का स्ववियु सदस्य सुशिल अधिकारीले भने–‘हामीले कुटपिट गरेका छैंनौं, त्यहीं नैं हो । धकेलाधुकुल भएको हो । हामी मिलाउन गएको हो ।’ त्यसैगरी, आक्रमणमा संलग्न अर्का विद्यार्थी अमृत विकले जेलमा जान परे पनि छाति थापेर जाने र समुदायका लागि आफू लडेको बताए ।
यस सम्बन्धमा थप जानकारी लिनका लागि उपप्राध्यापक डा.शर्मालाई सम्पर्क गर्न खोज्दा मोवाइल स्वीच अफ भएका कारण सम्पर्क हुन सकेन।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु