
१नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
२‘सहकारी पीडित हुँ’ भन्दैं आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
८पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
गण्डकी, १६ पुस : पोखरेली गजलकारहरूले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि त्यो गजल नै हुने ठहर गरेका छन् । पोखरामा आयोजित गजलप्रेमीहरूको भेलाले नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको निष्कर्ष निकालेको हो ।
भेलाले जारी गरेको सातबुँदे घोषणापत्रमा गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेको अभियानले नवप्रवेशी गजलकारलाई दिग्भ्रमित पार्ने उल्लेख छ । भेलामा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले गजलमा आएको विवादले राम्रा गजलकामासमेत गजलप्रति वितृष्णा जगाएको बताउनुभयो । विशेष गरी बहरवादीहरूले स्वतन्त्र गजलप्रति गर्ने गालीगलौज र आक्षेपले नेपाली गजलको विकास नभइ विनाश गरिरहेको धारणा उहाँको थियो ।
गजलमै विशेषज्ञता हासिल गरेका विद्वानहरूलेसमेत निषेधात्मक सोच राख्नु नेपाली साहित्यकै दुःखद अवस्था भएको भन्दै सरुभक्तले नयाँ सिद्धान्तको प्रतिपादक हुने लोभमा स्थापित विधाप्रति घृणा गर्नु आपत्तिजनक भएको बताउनुभयो ।
कवि तीर्थ श्रेष्ठले साहित्यकारलाई कुनै वाद वा सुत्रको नियममा बाँध्ने प्रयास गर्न नहुने धारणा राख्नुभयो । वर्तमानमा नेपाली गजलका क्षेत्रमा स्वतन्त्र लयविधानकै गजललाई पाठक÷स्रोताले आत्मसात् गरेको बताउँदै उहाँले शास्त्रीय बहरमा लेखिएका रचनालाई मात्रै ‘गजल’ भन्ने सोच राख्न नहुने उहाँको भनाइ थियो । बहरमा रुचि हुनेले बहरमा लेख्दा पनि हुने र स्वतन्त्र लेखनमा रुचि हुनेले स्वतन्त्र लयविधानमा गजल लेख्न सकिने श्रेष्ठको धारणा थियो ।
भेलाका अध्यक्ष गजलकार लक्ष्मण थापा पोखरामा पनि बहरमा लेख्ने गजलकारहरू प्रशस्त भए पनि यहाँ कसैले कसैलाई आक्षेप नलगाएको धारणा राख्दै देशभरि नै आ–आफ्ना रुचिअनुसारका गजल लेख्न आह्वान गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले आवश्यक परे आगामी दिनमा पनि नेपाली गजलका बारेमा थप बहस गर्न यस्ता कार्यक्रमा आयोजना गर्न सकिने बताउनुभयो ।
गजलकार डा ईश्वरमणि अधिकारीले गतिशील संसारमा साहित्य पनि गतिशील हुने र समयअनुकूल विधागत वैशिष्ट्य पनि परिवर्तन हुनसक्ने बताउनुभयो । गजलकार दीपक समीपले आफूले पनि बहर र स्वतन्त्र लयविधान दुवैमा गजल लेख्ने गरेको अनुभव सुनाउनुभयो । आ–आफ्ना रुचि र क्षमताअनुसारका गजल लेख्ने सबैलाई उत्तिकै सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ