
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
च्योर्दोङ सुनको फूल पार्ने कुखुरी बन्न सक्छ। यो सत्य लिलारामहरूले मात्र बुझेर हुन्न, जिरी नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले कहिले बुझ्लान् ?
रञ्जन राजभण्डारी । काठमाडौंमा बसेर पर्यटनकर्ममा लागेको तीन दशक नाघिसक्यो। यो भागदौडको जिन्दगीमा धेरैथरि मान्छेसँग सङ्गत गर्न पाइयो। दिनदिनै नयाँनयाँ मान्छेसँग भेटघाट भइरहेको छ। भनिन्छ, दोबाटोमा भेटिएकाहरू दोबाटोमै छुटिन्छन्। तर, कतिपय मनकारी मान्छेहरूसँगको सहकार्य जीवनभर चलिरहन्छ। यस्तै एक मित्र हुन्, जिरीका पर्यटन अभियन्ता लिलाराम खड्का।
हिजो अर्थात् १० वर्ष अघि उनी जिरीमै बसेर पर्यटन र सामाजिक काम गर्थे। त्यतिबेला उनले हामीलाई जिरीको पर्यटनबारे बुझाउन बोलाएका थिए। उनले जिरी उपत्यका, ठुलो नागी र च्योर्दोङ क्षेत्रमा साइक्लिङको सम्भावना उजागर गर्ने कुरा गरिरहन्थे।
उनी बेलाबेलामा पर्यटनकर्मी र पत्रकारलाई आफ्नै खर्चमा जन्मथलो जिरी मात्र होइन, दोलखाका अन्य गन्तव्यहरू भीमेश्वर, कालिञ्चोक र सैलुङ घुमाइरहन्छन्। हामीलाई पनि निम्तो दिइरहन्छन्। तर, दश वर्षपछि फेरि उनीसँगै जिरी घुम्ने मौका मिल्यो। यसपालीको अभियान थियो, ‘जाऔं है च्योर्दोङ’। व्यानरमा आयोजकको नाम पर्यटन प्रर्वद्धन मञ्च नेपाल भनेर लेखिएको थियो तर, सबै खर्च उनै लिलाराम स्वयंले गरेका हुन्।

रञ्जन राजभण्डारी
यही मङ्सिर २४ देखि २७ गतेसम्म चार दिन हामीलाई च्योर्दोङ घुमाएर अभियान शुभारम्भ गरेका हुन्। काठमाडौंबाट मात्र हामी १६ जना जिरी पुगेका थियौं। त्यहाँबाट पनि केही साथीहरू थपिए। साथै डाँडामा क्याम्पिङ गर्नुपर्ने भएकाले सगरमाथा आरोही लालबहादुर जिरेलको समूहलाई क्याम्पिङ जिम्मेवारी दिइएको थियो। उनीसँग १५ जना सहयोगी थिए। यसरी हामीले मङ्सिर २५ गते एक रात च्योर्दोङ डाँडामा क्याम्पिङ गरेर वितायौं।
साँच्चै च्योर्दोङ (३,७०० मिटर) स्वर्गको टुक्रा नै रहेछ। डाँडाबाट हिमाल, सूर्योदय, सूर्यास्तको मनमोहक दृश्य देखिँदो रहेछ। च्योर्दोङ त हरेक दिन गौरीशंकर हिमालसँग आँखा जुधाउँदो रहेछ !
च्योर्दोङले मात्र होइन, डाँडामा पुग्ने सबै घुमन्तेहरूले गौरीशंकरसँग पिरती गाँस्न पाउँछन्। दुःखको कुरा, डाँडामा खाना र बासका लागि होटल, लज वा होमस्टे सुबिधा छैन। अहिलेका लागि क्याम्पिङको विकल्प देखिँदैन।
यति रमाइलो डाँडामा हामी (म, गोपाल श्रेष्ठ, सुदिप पौडेल र चन्दा खड्का)ले साइकल कुदायौं। डाँडामा कुदाउन रमाइलो भयो। तर, एउटा कुरा भनौं, माथि डाँडासम्म साइकल लैजान सजिलो छैन। च्योर्दोङको बेस क्याम्पसम्म सडक खुलाउन सके सजिलो हुन्थ्यो। डाँडाबाट डाउनहिल साइक्लिङ गर्न भने सकिन्छ। सिकारु होइन, अनुभवी साइक्लिस्टले साइकल कुदाउन सक्छन्। त्यसैले यहाँ साइक्लिङ पर्यटनको भविश्य छ।
हाम्रो अभियानका आयोजक पर्यटनकर्मी लिलारामले यहाँ डाउनहिल साइक्लिङ प्रतियोगिता गर्ने योजना बनाइसकेका छन्। त्यसो गर्न सकेमा धेरैको ध्यानाकर्षण हुनेछ।

पदयात्राका लागि च्योर्दोङ उपयुक्त छ। जिरीबजारबाट क्याङ्से, पेमादिङ हुँदै च्योर्दोङ पुग्न करिब ६ घण्टा लाग्छ। क्याङ्से पोखरीसम्म सडक ट्रयाक खुलेको छ। तर, जिरीबाट एकै दिनमा माथि पुग्नु राम्रो हुँदैन किनकी जिरीको उचाई १९०० मिटर छ भने क्याङ्सेको ३७०० मिटर। बीचमा एक रात बसेर माथि जाने वातावरण बनाउन सके च्योर्दोङमा आन्तरिक पर्यटकको भिड लाग्नेछ।

च्योर्दोङ सुनको फूल पार्ने कुखुरी बन्न सक्छ। यो सत्य लिलारामहरूले मात्र बुझेर हुन्न, जिरी नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले कहिले बुझ्लान् ? एउटा व्यक्तिले अभियान शुभारम्भ गरेर उनले राम्रो सन्देश दिएका छन्।
च्योर्दोङ घुमियो। मन रमायो। तर, धित मरेको छैन। दशकअघिको च्योर्दोङ सपना पुरा भयो। डाँडामै क्याम्प गरेर दुईचार रात विताउन पाए हुन्थ्यो भन्ने लागिरह्यो। च्योर्दोङबाट फर्केको धेरै दिन भएको छैन, फेरि जान मन लागिसक्यो।
(राजभण्डारी नेपाल साइक्लिङ संघका महासचिव हुन्।)



१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी