
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
च्योर्दोङ सुनको फूल पार्ने कुखुरी बन्न सक्छ। यो सत्य लिलारामहरूले मात्र बुझेर हुन्न, जिरी नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले कहिले बुझ्लान् ?
रञ्जन राजभण्डारी । काठमाडौंमा बसेर पर्यटनकर्ममा लागेको तीन दशक नाघिसक्यो। यो भागदौडको जिन्दगीमा धेरैथरि मान्छेसँग सङ्गत गर्न पाइयो। दिनदिनै नयाँनयाँ मान्छेसँग भेटघाट भइरहेको छ। भनिन्छ, दोबाटोमा भेटिएकाहरू दोबाटोमै छुटिन्छन्। तर, कतिपय मनकारी मान्छेहरूसँगको सहकार्य जीवनभर चलिरहन्छ। यस्तै एक मित्र हुन्, जिरीका पर्यटन अभियन्ता लिलाराम खड्का।
हिजो अर्थात् १० वर्ष अघि उनी जिरीमै बसेर पर्यटन र सामाजिक काम गर्थे। त्यतिबेला उनले हामीलाई जिरीको पर्यटनबारे बुझाउन बोलाएका थिए। उनले जिरी उपत्यका, ठुलो नागी र च्योर्दोङ क्षेत्रमा साइक्लिङको सम्भावना उजागर गर्ने कुरा गरिरहन्थे।
उनी बेलाबेलामा पर्यटनकर्मी र पत्रकारलाई आफ्नै खर्चमा जन्मथलो जिरी मात्र होइन, दोलखाका अन्य गन्तव्यहरू भीमेश्वर, कालिञ्चोक र सैलुङ घुमाइरहन्छन्। हामीलाई पनि निम्तो दिइरहन्छन्। तर, दश वर्षपछि फेरि उनीसँगै जिरी घुम्ने मौका मिल्यो। यसपालीको अभियान थियो, ‘जाऔं है च्योर्दोङ’। व्यानरमा आयोजकको नाम पर्यटन प्रर्वद्धन मञ्च नेपाल भनेर लेखिएको थियो तर, सबै खर्च उनै लिलाराम स्वयंले गरेका हुन्।

रञ्जन राजभण्डारी
यही मङ्सिर २४ देखि २७ गतेसम्म चार दिन हामीलाई च्योर्दोङ घुमाएर अभियान शुभारम्भ गरेका हुन्। काठमाडौंबाट मात्र हामी १६ जना जिरी पुगेका थियौं। त्यहाँबाट पनि केही साथीहरू थपिए। साथै डाँडामा क्याम्पिङ गर्नुपर्ने भएकाले सगरमाथा आरोही लालबहादुर जिरेलको समूहलाई क्याम्पिङ जिम्मेवारी दिइएको थियो। उनीसँग १५ जना सहयोगी थिए। यसरी हामीले मङ्सिर २५ गते एक रात च्योर्दोङ डाँडामा क्याम्पिङ गरेर वितायौं।
साँच्चै च्योर्दोङ (३,७०० मिटर) स्वर्गको टुक्रा नै रहेछ। डाँडाबाट हिमाल, सूर्योदय, सूर्यास्तको मनमोहक दृश्य देखिँदो रहेछ। च्योर्दोङ त हरेक दिन गौरीशंकर हिमालसँग आँखा जुधाउँदो रहेछ !
च्योर्दोङले मात्र होइन, डाँडामा पुग्ने सबै घुमन्तेहरूले गौरीशंकरसँग पिरती गाँस्न पाउँछन्। दुःखको कुरा, डाँडामा खाना र बासका लागि होटल, लज वा होमस्टे सुबिधा छैन। अहिलेका लागि क्याम्पिङको विकल्प देखिँदैन।
यति रमाइलो डाँडामा हामी (म, गोपाल श्रेष्ठ, सुदिप पौडेल र चन्दा खड्का)ले साइकल कुदायौं। डाँडामा कुदाउन रमाइलो भयो। तर, एउटा कुरा भनौं, माथि डाँडासम्म साइकल लैजान सजिलो छैन। च्योर्दोङको बेस क्याम्पसम्म सडक खुलाउन सके सजिलो हुन्थ्यो। डाँडाबाट डाउनहिल साइक्लिङ गर्न भने सकिन्छ। सिकारु होइन, अनुभवी साइक्लिस्टले साइकल कुदाउन सक्छन्। त्यसैले यहाँ साइक्लिङ पर्यटनको भविश्य छ।
हाम्रो अभियानका आयोजक पर्यटनकर्मी लिलारामले यहाँ डाउनहिल साइक्लिङ प्रतियोगिता गर्ने योजना बनाइसकेका छन्। त्यसो गर्न सकेमा धेरैको ध्यानाकर्षण हुनेछ।

पदयात्राका लागि च्योर्दोङ उपयुक्त छ। जिरीबजारबाट क्याङ्से, पेमादिङ हुँदै च्योर्दोङ पुग्न करिब ६ घण्टा लाग्छ। क्याङ्से पोखरीसम्म सडक ट्रयाक खुलेको छ। तर, जिरीबाट एकै दिनमा माथि पुग्नु राम्रो हुँदैन किनकी जिरीको उचाई १९०० मिटर छ भने क्याङ्सेको ३७०० मिटर। बीचमा एक रात बसेर माथि जाने वातावरण बनाउन सके च्योर्दोङमा आन्तरिक पर्यटकको भिड लाग्नेछ।

च्योर्दोङ सुनको फूल पार्ने कुखुरी बन्न सक्छ। यो सत्य लिलारामहरूले मात्र बुझेर हुन्न, जिरी नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले कहिले बुझ्लान् ? एउटा व्यक्तिले अभियान शुभारम्भ गरेर उनले राम्रो सन्देश दिएका छन्।
च्योर्दोङ घुमियो। मन रमायो। तर, धित मरेको छैन। दशकअघिको च्योर्दोङ सपना पुरा भयो। डाँडामै क्याम्प गरेर दुईचार रात विताउन पाए हुन्थ्यो भन्ने लागिरह्यो। च्योर्दोङबाट फर्केको धेरै दिन भएको छैन, फेरि जान मन लागिसक्यो।
(राजभण्डारी नेपाल साइक्लिङ संघका महासचिव हुन्।)



१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार