
१विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
२विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
५सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
६डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
७सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
८चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
९नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
१०आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २९ मंसिर । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी राजेन्द्र अधिकारीलाई मात्र ९ मतअन्तरले पराजित गर्दै आगामी ३ वर्षका लागि निर्वाचित भएका हुन् ।
कूल २२० मतमध्ये शुक्रबार भएको मतदानमा २०५ जनाले मतदान गरेको थिए । जसमा बरालको पक्षमा १०५ र अधिकारीको ९६ मत परेको हो ।
बराल प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनबाट साझा उम्मेद्वार थिए भने अधिकारी प्रेस सेन्टर र समाजवादी पत्रकारबाट चुनाव लडेका थिए ।
उपाध्यक्षमा माधवप्रसाद रेग्मी निर्वाचित भए । उनले ९० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ मत प्राप्त गरेका छन् । कमल पौडेल अथकले ३५ मत ल्याए ।
उपाध्यक्ष (महिला)मा कन्चन थापा निर्वाचित भइन् । थापाले १०९ मत ल्याउँदा विना कुमारी थापाको ८७ मत आयो ।
सचिवमा भुपाल गुरुङ निर्वाचित भए । उनले १०२ ल्याउँदा सन्देश श्रेष्ठले ९८ मत ल्याएका छन् ।
सहसचिव ९समावेशी० मा धनबहादुर गुरुङ निर्वाचित भए । उनले १२६ मत ल्याउँदा उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए ।
सहसचिवमा ११८ मत ल्याउँदै मधु अधिकारी निर्वाचित भए । श्रीभद्र पौडेलले ८० मत ल्याए ।
कोषाध्यक्षमा राजाराम पौडेल ११७ मतसहित विजयी भए । सुरेश अधिकारीले ८० मत ल्याए ।
सदस्य (महिला)मा कविता घर्तीमगर, सदस्य (दलित) मा सुरेश सुनार, निर्वाचित भए । सदस्य (आदिवासी जनजाति) मा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निर्विरोध भएका हुन् ।
९ खुल्ला सदस्यमा अर्जुन ‘सुशान्त’ गाहा, गौरव त्रिपाठी, राजु गिरी, बालकुमारी पौडेल, सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी र पुष्पराज दाहाल निर्वाचित भए ।
५ राष्ट्रिय परिषद् सदस्यमा आरजु विष्ट सल्यानी, दीननाथ बराल, कृष्णमणि बराल, भरत कोईराला र राजबहादुर गुरुङ निर्वाचित भए ।