
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ९ मंसिर । पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले शनिबार पोखरामा आयोजना गरेको ‘टीकामाया-बलराम सारङ्गी साँझ’मा करिब ५ दशकदेखि लोकगायनमा समर्पित दम्पत्ती टीकामाया गायक र बलराम गायकलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।
उनीहरूलाई लोकगायिका हरिदेवी कोइरालाले नगद र सम्मानपत्र प्रदान गरेकी थिइन्। सम्मानित भएसँगै उनीहरूको मुहार खुसीले धपक्कै बलेको थियो। दर्शकले तालि बजाएर उनीहरूको अभिनन्दन गरेका थिए ।
समाजमा योगदान पु¥याएका भुइँमान्छेलाई सम्मान गर्ने अभियानस्वरुप यो दम्पत्तीलाई रोजिएको सारङ्गी साँझका संयोजक पत्रकार अमृत भादगाउँलेले बताए। ‘योगदानको जीवन बाँचेका तर पछिल्लो समय कसैले पनि नसम्झिएका प्रतिभाको मुहारमा खुसी ल्याउने प्रयास गरेका हौं’, उनले भने, ‘हामी सबै मिलेर यस्ता प्रतिभालाई उजागर गर्ने अभियान चलाऔं ।’
कार्यक्रममा साहित्यकार सूरज उपाध्याय, सामाजिक अभियन्ता प्रकाश गुरुङ र लोकगायिका कोइरालाले लोकसंस्कृतिका साधकहरूको सम्मानले समाजमा सत्कर्म गर्नेहरूको हौसला बढ्ने बताए ।
कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो । पहिलो चरणमा सम्मान अर्पण गरिएको थियो भने दोस्रो चरणमा गन्धर्व दम्पत्तिले सारङ्गीको धुनसँगै जिन्दगीका कथा सुनाएका थिए। पत्रकार दीपक परियारले सहजीकरण गरेको दोस्रो चरणमा उनीहरूले ‘अमिलीको रस, दोभानमा बिजुली दाइँसाहिँला नौडाँडामा बस’, ‘काँचो सुन्तला, नटिपे यो चाला टिपे कुन चाला’, ‘रेशम फिरिरी’ लगायत केही गीत गाएका थिए । दर्शक दीर्घामा कला, साहित्य, संस्कृति, शिक्षा र पर्यटन क्षेत्रका दर्शकहरूको सहभागिता थियो ।
को हुन् टीकामाया र बलराम ?
पोखराको कालिकानगरमा बसोबास गर्दै आएका लोकगायक दम्पत्ति टीकामाया र बलराम दुबैजना ५८ वर्षका भए। दुबैले करिब ५ दशकदेखि सारङ्गी रेट्दै आएका छन्। सारङ्गीको धुनसँगै उनीहरू लोकगीत, कर्खा र घटना गाउँदै गाउँघर डुल्छन् ।

करिब ५ दशकदेखि लोकगायनमा समर्पित दम्पत्ती टीकामाया गायक र बलराम गायक
भोजपुरमा जन्मिएकी टीकामाया विद्रोही नारी हुन्। महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने त्यतिबेलाको परम्परागत मान्यतालाई तोडेर उनले ५ वर्षकै उमेरमा सारङ्गी वादन सुरु गरेकी थिइन् । सारङ्गी बजाएर सार्बजनिक रुपमा हिँड्ने पहिलो महिला त उनी हुँदै हुन्, रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो गन्धर्व महिलाको इतिहास पनि टीकामायाले नै रचेकी छिन् । तीसको दशकमा टीकामायोका स्वरमा ‘अमिलीको रस’ बोलको गीत रेकर्ड भएको थियो ।
कालिकानगरका बलराम पनि सानैदेखि सारङ्गी बजाउँथे। उनको स्वरमा पनि तीन ओटा गीत रेकर्ड भएका छन्। आजका दिनमा पनि यो दम्पत्ति सारङ्गी बजाउँदै गाउँघर डुल्छ ।
दुबैजना १३ वर्षको उमेर हुँदा उनीहरूको पृथ्वीराजमार्गको जक्सन मुगलिनमा भेट भएको थियो । त्यहीँबाट प्रेम अँकुराएपछि उनीहरूले गीत गाउँदै पूर्वी नेपालको यात्रा गरेका थिए । छिमेकी मुलुकको खर्साङ रेडियोमा पनि केही बर्ष सारङ्गी बजाएका थिए ।
उक्त कार्यक्रममा टीकामाया दम्पत्तिका नातीहरु संयोग र संगमले पनि गीत गाएर सुनाएका थिए । यसरी रैथाने सङ्गीत मार्फत समाजमा सूचना, शिक्षा र मनोरञ्जनको संवाहक बनेका जोडीलाई सम्मान गरेर कन्सेप्ट नेपालले भुइँमान्छेको पक्षमा उदाहरणीय काम गरेको छ ।
स्मरणीय छ, कन्सेप्ट नेपालले बेलाबेलामा भुइँमान्छेको सम्मान गर्दै आएको छ। उसले वि.सं २०७५ सालमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल गायन कार्यक्रम गरेर उनलाई गायनमा पुनरागमन गराएको थियो। त्यस्तै वि.सं. २०८० मा पोखराका ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक’लाई ६० वर्षको उमेरमा पहिलो पटक काठमाडौं पु¥याएर ‘काठमाडौंमा भुइँमान्छेका कविता’ नामक एकल कविता वाचन कार्यक्रम गरेको थियो ।
उसले मुलुकका स्थापित कवि, लेखक र पत्रकारलाई विभिन्न ठाउँमा घुमाएर पर्यटन प्रवद्र्धनका काम पनि गर्दै आएको छ । यसै सिलसिलामा खप्तड, फोक्सुन्डो ताल र आँपस्वारा दलित सामुदायिक होमस्टेमा घुमाइसकेको छ । काव्ययात्रामा पनि कला, साहित्य, संस्कृति र सनातनी सिप संरक्षण गर्दै आएका स्थानीय भुइँमान्छेलाई नगदसहित सम्मान गर्ने गरेको छ । विभिन्न मनकारी व्यक्ति तथा संस्थाको सहयोगमा कार्यक्रम गरिन्छ ।

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन