
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
पोखरा, २५ कात्तिक । मित्रमिलन सहकारी ठगीमा संलग्न उपाध्यक्ष एवं ताण्डव न्यूजका पत्रकार विजय लम्साल पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीले आज सहकारी ठगीमा पत्रकार लम्साललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलाशले आज आइतबार भएको थुनछेक बहसका क्रममा सहकारीका उपाध्यक्ष लम्साललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । महिनौंदेखि फरार रहेका लम्साललाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अर्चलबोटस्थित ससुरालीघरबाट ४ दिन अघि पक्राउ गरेको थियो ।
सहकारी ठगीमा संलग्न उपाध्यक्ष लम्साल र ताण्डव न्यूजका सञ्चालक एवं सम्पादक अर्जुन गिरी मिलेर सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेका थिए । २०७५ असोज २६ गतेको पाँचौं विशेष साधारण सभाबाट लेखा समिति संयोजकको रुपमा जिम्मेवारी लिएदेखि २०७६ भदौं २० गते को छैटौं वार्षिक साधारण सभाबाट उपाध्यक्ष पदमा निर्वाचित भई हालसम्म सोही पदमा कार्यरत रहँदा लम्सालको गिरोहले सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको थियो ।
सहकारीका अध्यक्ष रमण पौडेल, उपाध्यक्ष लम्साल, लेखा समितिका सदस्य समेत रहेका अर्जुन गिरी र कानुनी सल्लाहकार जनकल्याण पराजुली मिलेर सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेका थिए । कानुन व्यवसायी समेत रहेका जनकल्याण पराजुलीले नयाँबजारमा रहेको कित्ता नं. २५ को पक्की घर अशोक थापासँगको मिटरब्याजी कारोबारबाट हडपेका थिए । सो घर खाली गराउन मात्र पत्रकार अर्जुन गिरीले सहकारीको ६० लाख रुपैयाँ रकम असुलेका थिए ।
यो गिरोहमा संलग्न मध्ये सहकारीका अध्यक्ष रमण पौडेल र अर्जुन गिरी यसअघि नै सहकारी ठगीमा कास्की कारागारमा थुनामा रहेका छन् भने कानुन व्यवसायी जनकल्याण पराजुली धरौंटी बुझाएर जिल्ला अदालत कास्कीबाट तारेखमा रिहा भएका छन् ।
एकातर्फ चर्को मिटरब्याज धन्दामा संलग्न जनकल्याणले सो घर हडप्न अशोक थापाको परिवारलाई मानसिक तनाव दिएका थिए । डन न्यूजलाई प्राप्त कल रेकर्डमा कानुन व्यवसायी जनकल्याणले थापाको परिवारका महिलासदस्यहरुमाथि प्रयोग गरेका शब्दहरु आपत्तिजनक, अश्लिल र सुन्न नसकिने खालका छन् । पीडितमाथि भएको यो ज्यादतीपूर्ण अडियो रेकर्ड र घटनाका सम्बन्धमा न्यायिक निकायहरुमा कल रेकर्डसहितका सूचनाहरु इमेल मार्फत् पठाईएको परिवारस्रोतले जानकारी दिएको छ ।
लम्सालले सहकारीको २ करोड ५० लाख रुपैयाँ झिकेर कानुनी सल्लाहकार पराजुलीकी श्रीमती कमलाको नाममा रहेको साढे दुईतलाको पक्की घर २०७७ फागुन १७ गते आफ्नो नाममा पास गरेका थिए । पछि त्यो घर सहकारीको एक रुपैयाँ पनि नतिरी उपाध्यक्ष लम्सालले आफ्ना व्यवसायिक साझेदार ताण्डव न्यूजका सञ्चालक एवं सम्पादक अर्जुन गिरीलाई पास गरिदिएका थिए ।
लम्सालले आफ्नो तथा श्रीमतीको नाममा सहकारीमा रहेको बचत खातामा रामप्रसाद कार्की, प्रल्हाद पौडेल र रमण पौडेलको खाताबाट १० लाख ८९ हजार ६ सय रुपैयाँ रकमान्तर गरी हिनामिना गरेको बित्तीय छानबिन र प्रहरी अनुसन्धानका क्रममा भेटिएको थियो ।

मित्रमिलन सहकारी र प्रेस युनियन कास्कीका उपाध्यक्ष एवम् ताण्डव न्यूज डटकमका वरिष्ठ संवाददाता विजय लम्साल । फाईल तस्विर
त्यसैगरी, उपाध्यक्ष लम्साल र पत्रकार अर्जुन गिरीको स्वामित्वमा रहेको क्याफे दि गार्डेनले लिएको कर्जा चुक्ता गर्न कृतिम खाता खडा गरी रकम चलखेल गरेका थिए । लम्सालले २०७७ चैत ५ गते ३६ लाख २५ हजार ५ सय १५ रुपैयाँ र विभिन्न मितिमा ४ लाख ६९ हजार ४ सय ५० प्रल्हाद पौडेल, रमण पौडेल र प्राइम बचत तथा ऋण सहकारी संस्था लि.को नाममा उक्त सहकारीमा भएको बैंक खातामा रकामान्तर गरी लिएको अनुसन्धानका क्रममा खुलेको थियो ।
त्यसैगरी, ऋणी चन्द्रबहादुर विकको नाममा २०७८ साउन २६ गते १७ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सोही मितिमा नै ऋणी चन्द्रबहादुर विकबाट स्याङ्जा जिल्ला साविकको टक्सार गाविस वडा नं. १ मा रहेको कित्ता नं. ४ को जग्गा आफ्नो नाममा राजिनामा पास गराई लम्सालले लिएका थिए ।
सो कर्जा हालसम्म भुक्तानी गर्न बाँकी रहेको र २०७८ चैत २९ गतेसम्म २६ लाख कर्जा लिदाँको बखतमा कर्जा प्रक्रिया पुरा नगरी दृष्टिबन्धक रोक्का गरेर मात्र उक्त रकम लिएको उल्लेखित कसुरको सम्बन्धमा वित्तीय विश्लेषक समक्ष लम्सालले आफ्नो कसुर स्वीकार गरेका थिए ।
मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको आर्थिक हिनामिना तथा ठगीमा संलग्न रहेको भन्दैं ३३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा यतिबेला मुद्दा चलिरहेको छ । सहकारी ठगीमा जनप्रतिनिधि, पत्रकार, वकिल, टोलेगुन्डादेखि मिटरव्याजीहरुको संलग्नता रहेको प्रहरी अनुसन्धान र वित्तीय छानबिन समितिको प्रतिवेदनमा देखिएको थियो ।
मित्र मिलन सहकारीमा ३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताहरुले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । प्रहरी कार्यालयले ३१ करोड विगो दावीसहित सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा थप कारवाही गर्न अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर यस मुद्दामा राजनीतिक दवावका कारण सरकारी वकिलको कार्यालयले शुरुमा २१ करोडको मात्र बिगो माग दावी गरेको थियो भने पछि बचतकर्ताको दवावमा थप बिगो माग दावी गरिएको हो ।
सहकारी ऐन, २०७४ (दफा १२२ र १२४) अन्तर्गत सहकारी ठगीमा गत पुस १२ गते सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दर्ता (मुद्दा नं. ०८०–सि१–०७०२) गराएको थियो । प्रहरी अनुसन्धान र सरकारी वकिलको कार्यालयको छानबिनबाट सहकारी ठगीमा ३३ जना विरुद्ध मुद्दा प्रक्रिया अघि बढाईएको थियो ।
सहकारीका उपाध्यक्ष लम्साललाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (ग), (घ), (ङ), (च), (ञ) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (क), (ग), (घ ५) बमोजिम अधिकतम सजायको मागदावी गरिएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी