
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ । सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउदा समेत यात्रुको पुनः पोजेटिभ देखिएको चिन्ता व्यक्त गर्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो ।
निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले उडान प्रतिबन्ध लगाइरहेको छ । हङकङले पछिल्लो पटक निगमलाई तेस्रो पटक १४ दिनको लागि उडान प्रतिबन्ध गरेको छ । नेपालबाट पिसिआर गरेर गएका यात्रुको त्यहाँ पुनः परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएका कारण निगमको उडान प्रतिबन्ध भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो ।
निगमका अन्य उडान गन्तब्यमा भने यस्तो समस्या नरहेको पनि उहाँले उल्लेख गर्नुभयो । आवश्यक अनुसन्धानको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालाईलाई आग्रह गरिएको उहाँले बताउनुभयो । निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार हङकङले अन्य मुलुकको उडान पनि प्रतिबन्ध गरेको अवस्थामा नेपाल एयरलाईन्सलाई तेश्रो पटक १४ दिनकोलागि प्रतिबन्ध लगाएको छ । “मुख्य कारण चांही ः पिसिआर गरेर गएका यात्रुहरुको त्यहाँ पुनः परिक्षण गर्दा पोजेटिभ रिजल्ट आउनु थियो । सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट रिपोर्टको आधारमा यात्रा गराउँदासमेत पुनःपोजेटिभ देखिनुले चिन्तित बनाएको छ ।” महाप्रबन्धक पौडेलले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ ।
हङकङको नागरिक उड्डयनले एयर ईन्डियालाई चार पटक, भिस्तारा एयरलाई तेश्रो पटक, क्याथे ड्रागनलाई (मलेशियाबाट) ईमिरेट्स (दुबई) सिंगापुर एयरलाईन्स (२) पटक लगायत अन्य केही एयरलाईन्सलाई एक–एक पटक गरि उडान प्रतिबन्ध लगाईरहेको पनि उहाँले उल्लेख गर्नुभयो । नेपाल एयरलाइन्सको पछिल्लो उडान प्रतिबन्ध २५ नोभेम्बरसम्म कायम रहनेछ । पछिल्लोपटक दुबई र नारिताले निगमको उडानमा एक/दुई जना यात्रुमा कोरोना पोजेटिभ देखिएको भन्दै निगमलाई सचेत पत्र पठाएको थियो ।
निगमले उडान गर्ने गन्तब्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाबाट पिसीआर परीक्षण गरी ७२ घण्टा भित्रको रिपोर्टलाई मान्यता दिने गरेको छ । निगमले अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने