
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
८फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
नयाँदिल्ली, भारत, २४ असोज (रासस/एएनआई) । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उहाँको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
टाटालाई वृद्धावस्थासँगै देखिने कमजोर स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना गरिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार उहाँलाई उच्च रक्तचापको समस्या थियो ।
सन् १९३७ डिसेम्बर २८ मा मुम्बईमा जन्मिएका टाटा रतन टाटा ट्रस्ट र दोराबजी टाटा ट्रस्टका अध्यक्ष हुनुभएको थियो । उहाँ सन् १९९१ देखि सन् २०१२ मा सेवानिवृत्त हुनुअघिसम्म टाटा समूहको ‘होल्डिङ कम्पनी’ टाटा सन्सको अध्यक्ष हुनुभएको थियो।
सन् २००८ मा उहाँलाई देशको दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणबाट सम्मानित गरिएको थियो।
उहाँको निधनप्रति राष्ट्रपति द्रोपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, विभिन्न राज्यका मुख्यमन्त्रीलगायतले दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
राष्ट्रपति मुर्मूले भन्नुभएको छ, “रतन टाटाको दुःखद निधनमा भारतले एक आइकन गुमाएको छ उहाँले कर्पोरेट विकासलाई राष्ट्र निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोडेको छ । राष्ट्रपति मुर्मूले परोपकार र परोपकारमा टाटाको योगदानलाई ‘अमूल्य’ भन्दै प्रशंसा गर्नुभएको छ ।
उपराष्ट्रपति विपी धनखड़ले एक्समा एक पोष्ट गर्दै उदोगपति टाटाको सम्झना गर्नुभएको छ, “रतन टाटाको निधनले मलाई स्तब्ध पारेको छ । भारतीय उद्योगको क्षेत्रमा उहाँ एउटा अविस्मरणीय व्यक्तित्व हुनुहुन्थ्यो । टाटामा उहाँको नेतृत्व आत्मनिर्भर भारत निर्माणको लागि योगदान थियो र भारत र बाहिरका उद्यमीहरूको लागि उहाँ सधैं प्रेरणादायी उद्यमी हुनुहुन्थ्यो।”
त्यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले टाटाको निधनप्रति शोक व्यक्त गर्दै एक्समा लेख्नुभएको छ, “रतन टाटाजी एक दूरदर्शी व्यापारिक नेता, एक दयालु आत्मा र एक असाधारण मानव हुनुहुन्थ्यो ।”
प्रधानमन्त्री मोदीले आफ्नो पोष्टमा भन्नुभएको छ, “उहाँले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापारिक घरानालाई स्थिर नेतृत्व प्रदान गर्नुभयो । उहाँको योगदान ‘बोर्डरूम’ भन्दा धेरै टाढा गयो। उहाँले आफ्नो विनम्रता, दया र हाम्रो समाजलाई अझ राम्रो बनाउने अटूट प्रतिबद्धताका कारण धेरै मानिसहरू उहाँलाई मन पराउने गर्थे ।”
त्यसैगरी, भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले एक्समा जारी एक पोस्टमा भन्नुभएको छ, “रतन टाटा भिजन भएका व्यक्ति हुनुहुन्थ्यो । उहाँले व्यवसाय र परोपकार दुवैमा चिरस्थायी छाप छोड्नुभएको थियो । उनको परिवार र टाटा समुदायप्रति मेरो समवेदना छ।”
‘एक्स’मा एक पोस्ट लेख्दै काङ्ग्रेस अध्यक्ष खड़गेले टाटाको निधनमा भारतले एक ‘अमूल्य छोरा’ गुमाएको उल्लेख गर्नुभएको छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँ भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो ।
उद्योगपति टाटाको मृत्युको पुष्टि गर्दै रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “रतन टाटाको निधनले दुःखी छु। उहाँ भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो। हाम्रो अर्थव्यवस्था, व्यापार र उद्योगमा उहाँको महत्वपूर्ण योगदान थियो ।”
रक्षामन्त्री सिंहले लेख्नुभएको छ, “उहाँको परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना छ । उहाँको आत्माले शान्ति पाओस्।”
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ