
१लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
३पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
४लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
७२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
८काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
११नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
दमौली । गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम कोरिडोरको शिलान्यास गरिएको छ । घिरिङको बैदीदेखि देवघाटसम्म जोडिने शालिग्राम कोरिडोरको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गर्नुभएको हो ।
बैदीलाई शून्य विन्दु मानेर सोही ठाउँबाट सडक निर्माणको शिलान्यास गरिएको छ । शालिग्राम कोरिडोरलाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेकाले कोरिडोर निर्माण सम्पन्न भएपश्चात् यस क्षेत्रकै विकासका ढोका खुल्ने मन्त्री गुरुङले बताउनुभयो । देवघाट र मुक्तिनाथलाई जोड्ने उद्देश्यले प्रदेश सरकारले शालिग्राम कोरिडोरलाई विकास गर्न लागेको उहाँको भनाइ छ ।
सो अवसरमा घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शालिग्राम कोरिडोरले घिरिङको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विसं २०७६ फागुन ११ गते सम्झौता भएको सो कोरिडोरको काम २०७९ फागुन ११ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।
रु २५ करोड आठ लाख ७३ हजार ५१३ लागत रहेको सो परियोजनाको ठेक्का धुलिखेलस्थित खड्का कृष्ण पिके जेभीले पाएको छ । सोकम्पनीले कोरिडोरमा कटिङ, कल्भर्ट निर्माण, कजवे, ग्याबिनलगायतका काम गर्नेछ । कोरिडोरको रु ३८ करोड ९६ लाख लागत अनुमान गरिएपनि रु १३ करोड कममा ठेक्का लागेको हो ।
यसैबीच सोही मार्गमा रहेको दुपर्दी खोलामा पनि पक्की पुल निर्माण शुरु भएको छ । मन्त्री गुरुङले पुलको पनि शिलान्यास गर्नुभयो । रु तीन करोड ८३ लाखको लागतमा पक्की पुल निर्माण हुन लागेको हो । विसं २०७७ वैशाख २२ गते सम्झौता भएको पुल २०७८ वैशाख २० गतेसम्म सम्पन्न गर्ने म्याद रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । सो पुल निर्माणको ठेक्का पराजुली कन्स्ट्रक्सन प्रालि लमजुङले पाएको छ । पुल २० मिटर लामो हुनेछ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव