News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

वडा दर्पण लोकार्पण, कामहरुको लिखित दस्तावेज

पोखरा । पोखरा महानगरपालिका वडा नं.५ मा भए गरेका विकास, निर्माण र विभिन्न गतिविधिहरुलाई समेटेर वडा दर्पण अंक २ प्रकाशन गरिएको छ । यस दर्पणको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वडा बाल मञ्चका अध्यक्ष दिपिका भट्टराईले गरेकी छिन् ।

लोकार्पण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले विकास निर्माणसँग सम्बन्धित लेखहरु, वडाका तथ्य तथ्यांकहरु सहितको यो पुस्तक वडाबासीले हेर्नै पर्ने पुस्तक भएको चर्चा गरिन् ।

पोखरा महानगरपालिकाका प्रवक्ता एवम् वडा नं.५ का वडाध्यक्ष धनबहादुर नेपालीले वडामा भए गरेका कामहरुको लिखित दस्तावेजको रुपमा वडा दर्पण पुस्तक रहेको र यसको प्रकाशनलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा समालोचक श्रीकान्त खतिवडाले प्रकाशनको काम सामान्य नभएको, नागरिकको सूचना पाउने अधिकारलाई प्रकाशनले समेटेको र आगामी दिनमा वडा दर्पण प्रकाशन निरन्तर रहने विश्वास व्यक्त गरे ।

विभिन्न २२ वटा लेखहरु, विवरणहरु रहेको सो पुस्तकमा आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६, २०७६/०७७ मा सम्पन्न विकास योजनाहरुको विवरण समेत प्रकाशन गरिएको छ । वडा सदस्य उज्वल खत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत पुष्पराज बराल र सञ्चालन अञ्जु केसीले गरेकी थिईन् ।