
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०अफवाह नफैलाउन प्रहरीको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
पोखरा, १० वैशाख । विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब ७ करोड रुपैयाँ डुबाउने मुख्य अभियुक्तहरु मध्ये सचिव गंगाधर सुवेदीलाई यतिबेला सेटिङमा छुटाउने तयारी भईरहेको भन्दैं पीडित बचतकर्ताहरुले त्यसो नगर्न अदालतलाई आग्रह गरेका छन् । एकै प्रकृतिको सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीमा हुने फरक–फरक निर्णयका पछाडी कानुनी व्यवसायीमार्फत् अदालतसम्म गरिने आर्थिक चलखेल र राजनीतिक दवाव नैं मुख्य कारण भएको भन्दैं बचतकर्ताहरु सशंकित भएका हुन् ।
आइतबार हिजो आफैं अदालतमा उपस्थित भएका सचिव सुवेदीको बयान नसकिएपछि प्रहरी थुनामा राखिएको छ । सुवेदीको आज सोमबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा थुनछेक बहस हुँदैंछ । तर बाहिर लाखौं खर्च गरी कानुनी व्यवसायीमार्फत् अदालत र न्यायाधीशसम्म सेटिङ मिलाएर आफू सहजैं उम्किने र बचतकर्ताहरुले आफूलाई केही गर्न नसक्ने धम्की उनी र उनका आफन्तहरुले दिएको भन्दैं पीडित बचतकर्ताहरुले न्याय परिषद र सम्बन्धित निकायले राम्रोसँग यस्ता मुद्दाहरुको छानबिन गर्नुपर्ने माग राखेका छन् ।
सहकारी ठगी सम्बन्धि मुद्दामा कास्कीका विभिन्न सहकारीमा एकै प्रकृतिका मुद्दामा पनि न्यायाधिशहरुले फरक–फरक निर्णय र धरौंटी माग समेत असाध्यैं न्यून गरिरहेको अवस्थामा कास्कीसँगैं रहेको अन्य जिल्लाहरुमा भने यहाँको भन्दा ठ्याक्कैं फरक पीडित बचतकर्ताको पक्षमा न्यायाधीशहरुले निर्णय गरिरहेका छन् । प्रहरी प्रशासनदेखि न्यायालयसम्म लाखौं रुपैयाँ चलखेल गरी मुद्दा कमजोर पार्ने र पीडकलाई उन्मुक्ति दिईने घटना भने नौंलो र पुराना होइनन् ।
पोखरामा भएको सहकारी ठगी र बचतकर्ताको रकम हिनामिना गरिएको मध्ये अहिलेसम्म अदालतमा आएको मुद्दामा सबैभन्दा थोरै रकम विन्दवासिनी सहकारीको रहेको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ३१ जनालाई प्रतिवादी बनाउँदैं २०८० चैत १५ गते मुद्दा दर्ता गरेको थियो । सहकारी ऐन २०७४ को दफा १२२ र दफा १२४ अनुसार सहकारी ठगीमा मुद्दा चलाईएको थियो ।
यो सहकारीमा अध्यक्ष सुवर्णमान नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर सहकारीको रकम किर्ते कागजपत्र बनाएर, सहकारी ऐन र प्रचलित कानुन विपरित ठगी गरेका थिए । यस ठगीमा सचिव सुवेदीका आफ्नैं सानीआमाका छोरा भाइ नाता पर्ने उदिप सन्दिप पौडेल पनि संलग्न छन् । तर अदालतले यसअघि नैं उदिपसन्दिपलाई असाध्यैं न्यून धरौंटीमा छोडिसकेको छ ।
सहकारीका अध्यक्ष नकर्मी र सचिव सुवेदी मिलेर सहकारीको नाममा रहेको साढे ५ करोडको जग्गा व्यक्तिगत नाममा ल्याई सहकारीको रकम हिनामिना गरेका थिए । अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर कार्य समितिका अन्य पदाधिकारीहरु समेतको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेका थिए । साथै सहकारीको नाममा रहेको कि.नं. ८९३२ सिट नं. ०९०११६७१ को क्षेत्रफल ३.१.३.० मो जग्गा समेत किर्ते गरी बेचबिखन गरेका थिए । उनीहरुले यो ठगी काण्डमा सहकारीको झण्डै ५ करोड रुपैयाँ हिनामिना गरेका छन् । लम्की–चुहा नगरपालिका वडा नं. ६ कैलालीकी रेजिना विष्ट र पोखरा–१७, विरौटा बस्ने उदितसन्दीप पौडेललाई योजनावद्ध ढंगले अध्यक्ष नकर्मी र सचिव सुवेदीले जग्गा नामसारी गरिदिएका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति