
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
पोखरा, २३ माघ । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीको आरोपमा अनुसन्धानको माग गर्दै पीडित बचतकर्ताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति, कम्पनी र सहकारी विरुद्ध आज सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यसअघि पीडितहरुले बुझाएको ८० जना व्यक्ति र विभिन्न संघसंस्थाको जाहेरी तीन पुस्ते खुलाउन असमर्थ भएकै कारण दर्ता नगरेपछि छाँटकाँट गर्दै १८ जना विरुद्ध जाहेरी दिएका हुन् । तर प्रहरीले पीडितहरुले दिएको जाहेरी अनुसन्धान पश्चात् दर्ता गर्ने भएको छ । सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा करोडौं रुपैयाँ लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग थियो ।

पूर्वउपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन । दीपेश सुन तस्करीदेखि विभिन्न यस्ता अपराधिक क्रियाकलापमा संलग्न विवादित पात्र हुन् ।
पीडितहरुले दिएको जाहेरीमा लामिछानेसहित, पूर्वउपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन र सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन लगायतको नाम उल्लेख गरेका छन् ।
त्यसैगरी, सानो पाईला सहकारी विराटनगर, स्वर्णलक्ष्मी सहकारी काठमाडौं, सुप्रिम सहकारी बुटवल, साहारा सहकारी चितवन, समानता सहकारी नेपालगञ्ज, गोर्खा मिडिया प्रा.लि., नेचर हब प्रा.लि., नेचर नेष्ट कम्पनी, ग्यालेक्सी फोर के टेलिभिजन, गोर्खा ग्रुप इन्भेस्टमेन्ट, स्प्रिङ उड रियलस्टेट, वारिसान इन्फोमेसन टेक्नोलोजी, सोनी क्यापिटल, ग्रिजी स्पान रेष्टुरेण्ट काठमाडौं र गोर्खा आर्युर्वेद कम्पनी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक, सञ्चालक लगत्तै ऋण लैजाने विभिन्न व्यक्ति र संघसंस्थाहरुमाथि अनुसन्धान शुरु भएको बताए । एसपी थापाले भने–‘सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक, सञ्चालक हुँदैं यतिबेला सहकारीको ऋण लिने विभिन्न व्यक्ति र संस्थाहरुका विषयमा छानबिन गर्न पीडित बचतकर्ताहरुले निवेदन दिएका छन् । सोही अनुसार प्रक्रिया पनि अगाडि बढिसकेको छ ।’
‘हामीले कसैसँग पूर्वाग्रह नराखी सहकारीको रकम अपचलनमा संलग्न जो–जो देखिएका छन् उहाँहरूको भूमिकाबारे समेत अनुसन्धान होस् भनेर जाहेरी दिएका हौँ,’ सुदर्शन सहकारी पीडित समूहका संयोजक किरण श्रेष्ठ’–पहिला भएको अनुसन्धान निकै फितलो देखिएपछि हामीले पहिलादेखि नै पूरक अनुसन्धान गर्न माग राख्दै आएका थियौँ । उहाँहरूले हाम्रो पूरक जाहेरी स्वीकार गर्नुभयो । अब विस्तृत अनुसन्धान हुने आस लागेको छ ।’
सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १९ जना मिलेर ठगेका थिए । १९ जना मध्ये सहकारीका सदस्य शिवबहादुर गुरुङ महेन्द्र भोटेसहित उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । अझै १५ जना फरार छन् ।
जसमा संस्थापक अध्यक्ष जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढा मगर, पूर्वअध्यक्ष भूपेन्द्र राई, सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आईस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ फरार रहेका छन् ।
पोखरा महानगरपालिकाले छानबिन गरेर साउन ३ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले असोज १६ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले असोज १८ गते जिल्ला अदालतमा सहकारी ऐन २०७४ अन्तर्गत ठगी मुद्दा दर्ता गरेको थियो ।