
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
अपराधिक र गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका महेन्द्र भोटे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव र स्थानीय चुनावमा कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा पराजित पात्र हुन् । यिनैं भोटेलाई बचाउन नेता महेश बस्नेत, राजिव पहारीको टोली पोखरामा आएर फिस्टेल लजमा सिडिओ र एसपीसँग बसेर गोप्य वार्ता र सेटिङ पनि गरेका थिए ।
पोखरा, १८ पुस । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा कास्की जिल्ला अदालतले शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई आज बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश बसन्तजंग थापाको इजलासले थुनछेक बहस पछि गुरुङ र अर्याललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । गत भदौं २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका महेन्द्र भोटे र भविश्वर हिजो मंगलबार कानुन व्यवसायी रोहितराज बाँस्तोलाको सहयोगमा अदालतमा आत्मसमर्पण गरेका थिए ।

बाराही ग्रुपसँग आवद्ध शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ले पाँच तारे होटल सेदी लक्जरीमा लगानी भित्र्याउन मलेशिया र हङकङमा आयोजित कार्यक्रममा । सहकारीबाट लुटेको रकम यसरी लगानी गरिएको छ ।
महेन्द्र भोटे सहकारीको सञ्चालक समिति सदस्य तथा लेखा समितिमा धेरै वर्ष रहेर करोडौं रुपैयाँ आर्थिक अनियमितता गरेको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो । साथै महेन्द्र भोटेको नाममा पोखराको नालामुखमा रहेको सहकारीको कार्यालयको भवन समेत पास गरिएको भेटिएको छ । त्यसैगरी स्वर्णलक्ष्मी सहकारीलाई १५ करोड रुपैयाँ ऋण लिनका लागि मञ्जुरीनामा दिएको विषय पनि अदालतमा वहसका क्रममा कानुनी व्यवसायीहरुले उठाएका बचतकर्ताहरुले जानकारी दिएका छन् ।
सहकारीमा भविश्वरको ठूलो कारोबार नदेखिए पनि महेन्द्र भोटेको भने सहकारीको करोडौं रुपैयाँ हिनामिना गर्ने कार्यमा जीवी राईसँग बलियो साँठगाँठ देखिएको छ । महेन्द्र भोटे पक्राउ परेसँगैं अब भोटेको माध्यमबाट सहकारीको पैसा हिनामिना गर्ने अन्य ३/४ जनाको बारेमा पनि थप जानकारी आउने आशा कास्की प्रहरीले गरेको छ । महेन्द्र भोटेलाई सहकारीको रकम अपचलन गरेको मुद्दामा साढे आठ करोड विगो दावी गरिएको छ ।
जिल्ला अदातलमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालाई दिलाउन माग गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ऐनको दफा १२२ (घ), (ङ), (च), (छ), (ज) र (त) अनुसारको कसूरमा दफा १२४ (घ) र घ (६) अनुसार बिगो बमोजिम जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
सहकारीका तत्कालिन अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई, टोले गुन्डा महेन्द्र भोटे लगायत १९ जनाको समूहले सहकारीको १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको छानबिन प्रतिवेदन र प्रहरीको अनुसन्धानबाट खुलेको थियो । सहकारी ऐन अनुसार १ अर्ब रुपैयाँ भन्दा बढी ठग्नेलाई ८ वर्षदेखि १० वर्षको कैद सजायको व्यवस्था गरिएको छ ।
सहकारीको रकम पदाधिकारी तथा पूर्वसञ्चालकहरु मिलेर १८ हजार ७ सय जनाको बचतकर्ताको रकम हिनामिना गरेको अनुसन्धानबाट देखिएको थियो । जीबी राई र महेन्द्र भोटेको समूहले कृतिम शेयर सदस्य र खाता खोलेर सहकारीको रकम हिनामिना गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा राखिएको प्रहरीको अनुसन्धानमा देखिएको थियो ।

सहकारी ठगीमा संलग्न राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव महेन्द्र भोटेलाई कारागार लैजाँदैं प्रहरी ।
देशभरका विभिन्न सहकारीबाट यो समूहले झण्डैं १६ अर्ब रुपैयाँ हिनामिना गर्दै नेटवर्क बनाएर विभिन्न क्षेत्रमा लगानी गरेको थियो । अनुसन्धानका क्रममा जीबी राई समूहले पोखरामा पनि कागजातबिनै विभिन्न सहायक कम्पनीका नाममा पैसा अपचलन गरेको भेटिएको थियो । जीवी राईको अधिकांश व्यवसायमा महेन्द्र भोटे सहकारी कैं पैसामा साझेदारी रहँदैं आईरहेका थिए ।
अपराधिक र गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका महेन्द्र भोटे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव र स्थानीय चुनावमा कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा पराजित पात्र हुन् । यिनैं भोटेलाई बचाउन नेता महेश बस्नेत, राजिव पहारीको टोली पोखरामा आएर फिस्टेल लजमा सिडिओ र एसपीसँग बसेर गोप्य वार्ता र सेटिङ पनि गरेका थिए ।

बचतकर्ताहरुलाई विभिन्न वाहनामा धम्क्याउँदै आईरहेका अधिवक्ता रोहितराज बाँस्तोलाका विरुद्धमा पनि जिल्ला अदालत कास्कीमा उपस्थित भएका पीडित सहकारी बचतकर्ताहरुले नारा लगाएका थिए ।