
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरी, अधिवक्ता जनकल्याण पराजुली र राष्ट्रिय सहकारी बैंकका पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेसहित २७ जना अझै फरार
पोखरा, १७ पुस । मित्रमिलन बचत तथा ऋण सहकारी ठगीको आरोपमा पक्राउ परेका सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीसहित ६ जना अभियुक्त आज मंगलबार पुर्पक्षका लागि कास्की कारागार चलान भएका छन् ।
अदालतमा आज भएको थुनछेक बहसका क्रममा न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । जसमध्ये दुईजना सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारी यस अघि नैं बैकिङ कसुरको मुद्दामा पुर्पक्षका लागि कारागारमा नै थिए ।

जिल्ला अदालत कास्कीको प्राङ्गणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली, सहकारीका संचालक समिति सदस्य गोपाल खनाल, सहकारीका शेयर सदस्य बुद्धिसागर पौडेल र सहकारीका सल्लाहकार राजु बराल ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कारागार चलान हुनेहरुमा स्याङजा वालिङ नगरपालिका– ११ धनपुरे स्थायी घर भई पर्वतको कुश्मा नगरपालिका–५ बस्ने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं पूर्वरजिष्ट्रार ५२ वर्षीय उदयबहादुर पराजुली, स्याङ्जा आँधीखोला गाउँपालिका–४ घर भई पोखरा–७ रत्नचोक बस्ने सहकारीका अध्यक्ष ३२ वर्षीय रमन पौडेल, नुवाकोट तारकेश्वर गाउँपालिका– १ स्थायी घर भई हाल पोखरा– ८ रामघाट बस्ने सहकारीका संचालक समिति सदस्य ३५ वर्षीय गोपाल खनाल, पोखरा– १७ विरौटा बस्ने सहकारीका शेयर सदस्य ४२ वर्षीय बुद्धिसागर पौडेल, पोखरा– ६ खहरे बस्ने सहकारीका सल्लाहकार ३९ वर्षीय राजु बराल र पोखरा– २३ खोरपाखा स्थायी घर भई पोखरा– ११ फुलवारी बस्ने सहकारीका कार्यकारी अधिकृत २८ वर्षीय किरण अधिकारी छन् ।
प्रमुख प्रशासकीय अधिकृत पराजुलीमाथि तत्कालीन सहकारी रजिष्टार हुँदा सहकारीको कार्यक्षेत्र विस्तारको अनुमति दिने क्रममा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदनसहित ८ पुसमा जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान रिपोर्ट पेश गरेको थियो । प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गरेको छ ।

मित्र मिलन सहकारी ठगीमा कारागार चलान भएका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली र पोखरा–६, बैदामका राजु बराल ।
त्यसअघि ६ पुससम्ममा सात सय १४ बचतकर्ताले प्रहरीमा आफू ठगिएको भन्दै जाहेरी दिएका थिए । सहकारीमा रकम हिनामिना गरेको आरोप लागेका ३३ मध्ये अदालतबाट अनुमति लिएर १६ मंसिरमा प्रहरीले ३० जना र पछि तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये ६ पक्राउ मात्र परेका छन् । बाँकी अन्य २७ जना भने फरार रहेका छन् ।
सहकारी ठगीमा ३३ जनालाई पक्राउ पुर्जी जारी, हालसम्म ६ जना पक्राउ, २७ जना अझैं फरार
मित्रमिलन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष विजय लम्साल, सचिव कुशल पौडेल, सदस्यहरु संगिता रेग्मी सुवेदी, रनिता थापा, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, लेखा समितिका सदस्यहरु प्रतिक लामिछाने र जनकराज पौडेल, पूर्वउपाध्यक्ष जिवनाथ पराजुली, कर्जा/बजार व्यवस्थापन प्रमुख सुजन आचार्य, केसरी सेवा केन्द्र प्रमुख भुवन पौडेल, गैह्रसदस्य लालबहादुर घर्ती, गैह्रसदस्य सञ्जय पौडेल, मूल्यांकनकर्ता (भ्यालुलेटर) अभिषेक भन्ने खुमानन्द काफ्ले, पूर्वलेखा समितिका सदस्य/प्रेस सल्लाहकार अर्जुन गिरी, सेयर सदस्य वडा नं. २१ क वडाध्यक्ष दीपकप्रसाद सुवेदी, सहकारीका बचतकर्ता विष्णुप्रसाद भण्डारी, एकराज पराजुली (पोखरा महानगरपालिका वडा नं. २३), संस्थापक सचिव/पूर्वअध्यक्ष भरत भट्टराई, गैह्र शेयर सदस्य सुवास अधिकारी, गैह्र शेयर सदस्य बामदेव सुवेदी, कानुनी सल्लाहकार जनकल्याण पराजुली, पूर्वअध्यक्ष कृष्णबहादुर राउत, शेयर सदस्य हरेराम भण्डारी, शेयर सदस्य कुमार मगर, गैह्र शेयर सदस्य सुरेशकुमार श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका पूर्वकर्मचारी सन्तोष घिमिरे हालसम्म पनि फरार रहेका छन् ।