
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
‘पूर्वअध्यक्ष जीबी राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार, मुख्य ४ अभियुक्त विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्दै’
पोखरा, १२ पुस । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी आज बिहीबार काठमाडौंमा पक्राउ परेका छन् । अहिलेसम्म प्रहरीले आफैंले खोजेर पक्राउ गरेको एकमात्र पात्र यिनै उपाध्यक्ष दर्लामी मात्र हुन् । यसभन्दा अघि पक्राउ परेका सहकारी सञ्चालक समितिका कोषाध्यक्ष कुमार रम्तेललाई पीडित बचतकर्ताहरुले पोखरादेखि ललितपुर पुगेर खोजी गरेर आफैंले प्रहरीको जिम्मा लगाएका थिए ।
राजनीतिक दल र प्रहरीप्रशासनसम्मको संरक्षण प्राप्त गीतेन्द्र बाबु (जीवी) राईको गिरोहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेका थिए । सहकारीको रकम हिनामिना गर्ने कार्यमा टोलेगुन्डादेखि पूर्वउपप्रधान तथा गृहमन्त्रीसँगको संलग्नता देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईको संलग्नतामा सुर्यदर्शन सहकारीको १० करोड भन्दा बढि रकम गोरखा मिडिया नेटवर्कमार्फत् ग्यालेक्सी टेलिभिजनमा खर्च गरिएको छानबिनका क्रममा पुष्टि भएको हो । सहकारी ठगीमा राजनीतिक पहुँच भएका गुन्डादेखि अनेकन् पात्रहरुको संलग्नता भएपछि प्रहरी प्रशासनले आर्थिक प्रलोभन र दवावमा परेर आजसम्म कोही कसैंलाई पनि पक्राउ गरेको थिएन ।
नेकपा एमालेका नेता महेश बस्नेतले पोखरामा नै आएर यहाँका सिडिओ र प्रहरी प्रमुखलाई सहकारी ठगहरुसँग आमनेसामने राखेर आर्थिक प्रलोभन देखाउँदैं राजनीतिक शक्तिको आडमा पक्राउ नगर्न, मुद्दा कमजोर बनाउन र धरौंटीमा सहजै उन्मुक्ति दिलाउने नाममा आफैं सक्रिय भएर लागेका थिए । कुमार रम्तेललाई अदालतले धरौंटीमा रिहा गरिदियो भने बाँकी ठगीमा संलग्नहरुले अदालतमा देखिएर धरौंटीमा रिहा हुने योजना बनाए पनि पछिल्लो समय राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुले यो विषयलाई प्राथमिकताका साथ उठाई रहँदा प्रहरी प्रशासनदेखि अदालतसम्मलाई चर्को दवाव पुगेको महसुस बचतकर्ताहरुले गरेका छन् । आज विहीबार उच्च अदालत पोखरामा कोषाध्यक्ष रम्तेललाई धरौंटीमा छुटाउन हुन लागेको बहस रोकिएको छ । रम्तेलकी बैनीले माहोल अनुकुल नदेखेपछि पेशी सारेकी थिईन् ।

सहकारी ठगीका नाईके तथा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीवी राईसँग टेलिभिजनका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने ।
सहकारी ठगीमा संलग्न पात्रहरुसँग जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाको उठबस भएको देखेपछि बचतकर्ताहरुले प्रहरी प्रशासनको कार्यालय अगाडि धर्ना दिदैं विरोध जुलुश प्रदर्शन समेत गरेका थिए । सहकारी ठगीमा संलग्न टोले गुन्डा शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सँग कास्कीका सिडिओ घिमिरे र एसपी थापाले फिस्टेल लजमा बसेर सेटिङ मिलाएपछि सँगसँगैं फर्कदैं गरेको सिसिटिभी फुटेज पनि सार्वजनिक भएको थियो ।
सहकारीको अर्बौं रुपैयाँ हिनामिना गरेर धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, थानबहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठ फरार भएका छन् । उनीहरु विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ ।
जीबी राईसहित फरार भएका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्दैछ । पूर्वअध्यक्ष जीबी राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति र लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति