१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरुका साथै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, नेकपा एमाले कास्कीका जिल्ला सदस्य, वडा नं. २१ का ईञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष, लेकसिटी कलेजमा ‘पत्रकारिता!’ पढाउने, ताण्डव न्यूज डटकमका प्रधान सम्पादक एवं सञ्चालक अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल, सहकारीका कानुनी सल्लाहकार एवम् नेकपा एमालेको भातृ संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष अधिवक्ता जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको थियो । उनीहरु अझै फरार छन् ।
पोखरा, ३० मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । स्याङ्जा, वालिङ नगरपालिका वडा नं. ११ घर भई हाल पोखरा–१७ बिरौंटामा बस्दै आएका ४३ बर्षीय बुद्धिसागर पौडेल र सहकारी सञ्चालक समितिका सदस्य नुवाकोट घर भई हाल पोखरा–८ बस्ने ३५ बर्षीय गोपाल खनाललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दुई दिन अघि गोपाललाई र हिजोमात्र बुद्धिसागरलाई पक्राउ गरेको हो । यस अघि प्रहरीले पोखरा वडा नं. २२ घर भई हाल लेकसाईडमा व्यवसाय गरी बस्दै आएका राजु बराललाई अदालतबाट पक्राउ पूर्जी जारी भए लगत्तै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन् ।
डीएसपी विकका अनुसार प्रहरीले मित्र मिलन सहकारी ठगी आरोपमा हालसम्म पाँचजनालाई पक्राउ गरेको छ । यस अघि सहकारी कैं बचतकर्ताको रकम फिर्ता गर्न दिइएको चेक नसाटिएपछि बैंकिङ कसुरमा सहकारीका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । पोखरा–९, नयाँबजारमा मुख्य कार्यालय रही प्रदेशका विभिन्न ठाउँमा शाखा सञ्चालन गरेको यस सहकारीले बचतकर्ताको २६ करोड ८३ लाख रुपैयाँ हिनामिना गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले वित्तीय विवरण सम्बन्धमा विश्लेषण गरी सो सम्बन्धि देखिएका कैफियतहरु उपर प्रस्तुत गरिएको रायसहितको प्रतिवेदनमा सो रकम हिनामिना भएको उल्लेख छ । सो प्रतिवेदनमा सहकारीका सञ्चालक समिति, लेखा समिति, ऋण समिति, पूर्वअध्यक्ष, जनप्रतिनिधि, पत्रकार, कानुन व्यवसायी, मिटरव्याजी र टोले गुन्डा लगायतका पात्रहरु मिलेर सहकारीको रकम हिनामिना र ठगी गरेको आरोप लगाइएको छ ।

मित्र मिलन सहकारी र सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेर फरार भएकाहरु अझै पक्राउ पर्न सकेका छैनन् । तस्विर ए.आई.
रकम हिनामिना गर्ने र ठगीमा संलग्न भएको आरोपमा जिल्ला अदालत कास्कीले सञ्चालक, केही पत्रकार, वकिल र जनप्रतिनिधिसहित ३० जनालाई पक्राउपूर्जी जारी गरेको थियो । मंसिर १६ गते अदालतबाट पक्राउपूर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी लिएसँगैं ठगीमा संलग्नहरुको खोजी कार्य सुरु गरेको थियो ।
सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरुका साथै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, नेकपा एमाले कास्कीका जिल्ला सदस्य, वडा नं. २१ का ईञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष, लेकसिटी कलेजमा ‘पत्रकारिता!’ पढाउने, ताण्डव न्यूज डटकमका प्रधान सम्पादक एवं सञ्चालक अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल, सहकारीका कानुनी सल्लाहकार एवम् नेकपा एमालेको भातृ संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष अधिवक्ता जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको थियो । उनीहरु अझै फरार छन् ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति