
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरुका साथै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, नेकपा एमाले कास्कीका जिल्ला सदस्य, वडा नं. २१ का ईञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष, लेकसिटी कलेजमा ‘पत्रकारिता!’ पढाउने, ताण्डव न्यूज डटकमका प्रधान सम्पादक एवं सञ्चालक अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल, सहकारीका कानुनी सल्लाहकार एवम् नेकपा एमालेको भातृ संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष अधिवक्ता जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको थियो । उनीहरु अझै फरार छन् ।
पोखरा, ३० मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । स्याङ्जा, वालिङ नगरपालिका वडा नं. ११ घर भई हाल पोखरा–१७ बिरौंटामा बस्दै आएका ४३ बर्षीय बुद्धिसागर पौडेल र सहकारी सञ्चालक समितिका सदस्य नुवाकोट घर भई हाल पोखरा–८ बस्ने ३५ बर्षीय गोपाल खनाललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दुई दिन अघि गोपाललाई र हिजोमात्र बुद्धिसागरलाई पक्राउ गरेको हो । यस अघि प्रहरीले पोखरा वडा नं. २२ घर भई हाल लेकसाईडमा व्यवसाय गरी बस्दै आएका राजु बराललाई अदालतबाट पक्राउ पूर्जी जारी भए लगत्तै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन् ।
डीएसपी विकका अनुसार प्रहरीले मित्र मिलन सहकारी ठगी आरोपमा हालसम्म पाँचजनालाई पक्राउ गरेको छ । यस अघि सहकारी कैं बचतकर्ताको रकम फिर्ता गर्न दिइएको चेक नसाटिएपछि बैंकिङ कसुरमा सहकारीका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । पोखरा–९, नयाँबजारमा मुख्य कार्यालय रही प्रदेशका विभिन्न ठाउँमा शाखा सञ्चालन गरेको यस सहकारीले बचतकर्ताको २६ करोड ८३ लाख रुपैयाँ हिनामिना गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले वित्तीय विवरण सम्बन्धमा विश्लेषण गरी सो सम्बन्धि देखिएका कैफियतहरु उपर प्रस्तुत गरिएको रायसहितको प्रतिवेदनमा सो रकम हिनामिना भएको उल्लेख छ । सो प्रतिवेदनमा सहकारीका सञ्चालक समिति, लेखा समिति, ऋण समिति, पूर्वअध्यक्ष, जनप्रतिनिधि, पत्रकार, कानुन व्यवसायी, मिटरव्याजी र टोले गुन्डा लगायतका पात्रहरु मिलेर सहकारीको रकम हिनामिना र ठगी गरेको आरोप लगाइएको छ ।

मित्र मिलन सहकारी र सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेर फरार भएकाहरु अझै पक्राउ पर्न सकेका छैनन् । तस्विर ए.आई.
रकम हिनामिना गर्ने र ठगीमा संलग्न भएको आरोपमा जिल्ला अदालत कास्कीले सञ्चालक, केही पत्रकार, वकिल र जनप्रतिनिधिसहित ३० जनालाई पक्राउपूर्जी जारी गरेको थियो । मंसिर १६ गते अदालतबाट पक्राउपूर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी लिएसँगैं ठगीमा संलग्नहरुको खोजी कार्य सुरु गरेको थियो ।
सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरुका साथै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, नेकपा एमाले कास्कीका जिल्ला सदस्य, वडा नं. २१ का ईञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष, लेकसिटी कलेजमा ‘पत्रकारिता!’ पढाउने, ताण्डव न्यूज डटकमका प्रधान सम्पादक एवं सञ्चालक अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल, सहकारीका कानुनी सल्लाहकार एवम् नेकपा एमालेको भातृ संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष अधिवक्ता जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको थियो । उनीहरु अझै फरार छन् ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति
