
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
११आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१२इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
छानबिन समितिको प्रतिवेदनमा सहकारी ऐन २०७४ को दफा १२२ बमोजिमको कसुर लगायत मुलुकी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभ लिएको र कर छली गरेको लगायतका मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएकोले पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरा, १७ मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको रकम हिनामिना गर्ने र ठगीमा संलग्न भएको आरोपमा जिल्ला अदालत कास्कीले सञ्चालक, केही पत्रकार, वकिल र जनप्रतिनिधिसहित ३० जनालाई पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार हिजो पक्राउ पुर्जी लिएसँगैं ठगीमा संलग्नहरुको खोजी कार्य शुरु गरेको हो ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरु । यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालक समिति र लेखा समितिमा रहेका सबैलाई पक्राउ पुर्जी जारी गर्दै व्यापक खोजतलास गरिरहेको छ । फाईल तस्विर
सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरुका साथैं पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, ताण्डव न्यूज डटकमका प्रधान सम्पादक, नेकपा एमालेका जिल्ला सदस्य एवं वडा नं. २१ का इञ्चार्ज अर्जुन गिरी, प्रेस युनियन कास्की र सहकारीका उपाध्यक्ष एवं ताण्डव न्यूजका संवाददाता विजय लम्साल र सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । यसअघि बचतकर्ताको पैसा फिर्ता गर्न सहकारीले दिएको चेक नसाटिएपछि ‘चेक बाउन्स’को बैकिङ कसुरमा संस्थाका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारी पक्राउ परिसकेका छन् ।
बचतकर्ताहरुले रकम नपाएपछि दिइएको निवेदनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरु उपर छानबिन गर्दा यो गिरोहको संलग्नतामा सहकारीको २६ करोड भन्दा बढि रुपैयाँ हिनामिना गरेको तथ्य भेटिएको थियो । छानबिन समितिको प्रतिवेदनमा सहकारी ऐन २०७४ को दफा १२२ बमोजिमको कसुर लगायत मुलुकी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभ लिएको र कर छली गरेको लगायतका मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएकोले पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी