
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
छानबिन समितिको प्रतिवेदनमा सहकारी ऐन २०७४ को दफा १२२ बमोजिमको कसुर लगायत मुलुकी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभ लिएको र कर छली गरेको लगायतका मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएकोले पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरा, १७ मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको रकम हिनामिना गर्ने र ठगीमा संलग्न भएको आरोपमा जिल्ला अदालत कास्कीले सञ्चालक, केही पत्रकार, वकिल र जनप्रतिनिधिसहित ३० जनालाई पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार हिजो पक्राउ पुर्जी लिएसँगैं ठगीमा संलग्नहरुको खोजी कार्य शुरु गरेको हो ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरु । यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालक समिति र लेखा समितिमा रहेका सबैलाई पक्राउ पुर्जी जारी गर्दै व्यापक खोजतलास गरिरहेको छ । फाईल तस्विर
सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरुका साथैं पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, ताण्डव न्यूज डटकमका प्रधान सम्पादक, नेकपा एमालेका जिल्ला सदस्य एवं वडा नं. २१ का इञ्चार्ज अर्जुन गिरी, प्रेस युनियन कास्की र सहकारीका उपाध्यक्ष एवं ताण्डव न्यूजका संवाददाता विजय लम्साल र सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । यसअघि बचतकर्ताको पैसा फिर्ता गर्न सहकारीले दिएको चेक नसाटिएपछि ‘चेक बाउन्स’को बैकिङ कसुरमा संस्थाका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारी पक्राउ परिसकेका छन् ।
बचतकर्ताहरुले रकम नपाएपछि दिइएको निवेदनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरु उपर छानबिन गर्दा यो गिरोहको संलग्नतामा सहकारीको २६ करोड भन्दा बढि रुपैयाँ हिनामिना गरेको तथ्य भेटिएको थियो । छानबिन समितिको प्रतिवेदनमा सहकारी ऐन २०७४ को दफा १२२ बमोजिमको कसुर लगायत मुलुकी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभ लिएको र कर छली गरेको लगायतका मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएकोले पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।