
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
पोखरा, २१ कार्तिक । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखरा–९, नयाँबजारमा आजदेखि वित्तीय विशेषज्ञसहितको टोलीले शुरुदेखि अहिलेसम्मको सम्पूर्ण आर्थिक कारोबारहरुको छानबिन थालेको छ । गण्डकी प्रदेश मातहतको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले आजदेखि तेस्रो तथा अन्तिम चरणको अनुसन्धान थालेको हो ।
गत कार्तिक १२ गते बचतकर्ताहरुले सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिदैं आफ्नो वचत रकम फिर्ताको लागि कानुनी प्रक्रिया अगाडि बढाई दिन अनुरोध गरेका थिए । सहकारी पीडितहरुको उजुरी बुझ्दैं निमित्त रजिष्ट्रार ईश्वरी ढकालले तत्कालै जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेख्दैं आवश्यक छानबिन तथा कारवाहीको प्रकृया अगाडि बढाउन अनुरोध गरेकी थिईन् ।
रजिष्ट्रार कार्यालयका प्रवक्ता समेत रहेकी शाखा अधिकृत ढकालले भनिन्–‘आज सञ्चालक समितिलाई पनि बोलाएका छौं । सञ्चालक समितिले गल्ति कसको हो पत्ता लगाउने कार्यमा विशेषज्ञ राखेर अनुसन्धान गर्न सहमत भएका छन् । अब पुरै सुरुदेखि अहिलेसम्मको अडिट सिए ग्रुपमार्फत् हामी गराउँदैछौं ।’
अधिकृत ढकालले बचतकर्ताहरुले उजुरी दिए लगत्तै सहकारीको प्रारम्भिक अनुसन्धान पुरा गरिएको बताईन् । उनले भनिन्–‘प्रारम्भिक अनुसन्धान गर्यौं । दुई दिनसम्म यहीं कार्यालयमा आएर थप अनुसन्धान पनि गरिएको थियो । यो वित्तीय विश्लेषण सहितको हो । यो भईसकेपछि इन टोटलमा हुन्छ । दोषी देखिएकाहरुलाई कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउँछौं ।’

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति
सहकारी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी चोलाकान्त वाग्लेले भने–‘सहकारीमा कतिमा समस्या जटिल छन् । पहिला केही पनि होइन भन्नेहरु यतिबेला रियलाईजेसन गरेका अवस्था पनि छन् । १/२ वटा केस देख्दा खेरी अलिकति गर्नैपर्ने खालको रहिछ भन्ने बुझाई पनि भएको छ ।’
सूचना अधिकारी वाग्लेले यतिबेला मित्र मिलन सहकारीमा सञ्चालकहरुका विषयमा जे कुरा आए पर्दा अगाडि, पर्दा पछाडि भएका मानिसहरुले हामी होइनौं भनेकाहरुले पनि रियलाईजेसन गरेको अवस्था रहेको बताए । उनले भने–‘अहिले हामीले गर्नुपर्ने भो । बरु पछि हामीले को कोसँग के के गरेर मिलाउने हो मिलाउँला, तर अहिले सहकारीको व्यवस्थापन गर्छौं भनेर भनेको अवस्था हो । अहिले हामीलाई त्यहीं भनेका छन् ।’
यो सहकारीमा मूख्य समस्या सञ्चालकहरुको रहेको भएपनि बचतकर्ता र शेयरधनीहरुलाई लाभांस वितरणमा के कस्तो गरिएको छ भन्ने विषयको पनि अनुसन्धान हुने सूचना अधिकारी वाग्लेले जानकारी दिए । उनले भने–‘मित्र मिलन सहकारीको सुरुदेखि कैं वित्तीय विश्लेषण गर्ने हो । यहाँ दैनिक सदस्यसँग कारोबार भए नभएको, बचतकर्ता र शेयर होल्डरले नचाहिने लाभांश खाए नखाएको र त्यहीं लाभांश बचत राखेर फेरि त्यहीं बचत फिर्ता मागेको लगायत ती सबै कुराको डिटेल्ली हेर्ने कुरा छ ।’
बचतकर्ताको उजुरी लगत्तैं सहकारी रजिष्ट्रारको कार्यालयले सञ्चालकहरुको सम्पत्ति रोक्का राख्ने प्रक्रिया अन्तर्गत विवरण संकलनको काम सुरु भईसकेको सूचना अधिकारी वाग्लेले जानकारी दिए । उनले भने–‘सञ्चालकहरुको सम्पत्ति रोक्काका लागि सम्पूर्ण विवरण संकलन गर्ने कार्य सुरु भईसकेको छ । साथै विदेश नभागुन् भनेर सम्बन्धित ठाउँमा रोक्ने काम पनि गरिएको छ । सञ्चालकहरुले गरेका कतिपय कुराहरु क्राईम नैं हुन् । कानुनले त्यसको उपचार खोज्नुपर्छ भन्ने हो ।’
मित्र मिलन सहकारीले गण्डकी प्रदेशमा ३ वटा शाखा सञ्चालनमा ल्याएको थियो । जसमा शेयर सदस्य १२ सय भन्दा बढि र बचतकर्ताहरु २३ सय भन्दा धेरै रहेको सहकारीका कर्मचारीले बताएका छन् । यो सहकारीमा सञ्चालकहरुले नै सहकारी ऐन विपरित बिना धितो रकम अपचलन गर्नुका साथै मिटरव्याजी कारोबारमा संलग्न हुँदा बचतकर्ताहरुको रकम संकटमा परेको सहकारीका कर्मचारीहरु नै स्वीकार्छन् ।

मित्र मिलन सहकारीबाट सर्वसाधारण बचतकर्ताले रकम फिर्ता नपाएपछि कारवाहीको माग गर्दै सहकारी रजिष्ट्रारको कार्यालयमा निमित्त रजिष्ट्रार ईश्वरी ढकाल सामू आफ्नो गुनासो राख्दैं पीडित बचतकर्ताहरु । तस्विर: डन न्यूज