
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
कानुनी सल्लाहकार जनकल्याण पराजुलीको श्रीमतीको नाममा ल्याइएको घर सहकारीका उपाध्यक्ष र ताण्डव न्यूजका कर्मचारी विजय लम्सालको नाममा पास भईसकेपछि घर खाली गर्न गुण्डाहरु प्रयोग गर्ने भन्दैं अर्जुन गिरीका नाममा ४० लाख रुपैयाँ दिइएको सहकारीका अध्यक्ष रमण पौडेलले लेखेको पत्रमा उल्लेख छ ।
पोखरा, ५ कार्तिक । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले जम्मा गरेको करोडौं रुपैयाँ पोखराका केही पत्रकारहरु मिलेर बेहिसाब खर्च गरेको प्रमाण डन न्यूजलाई प्राप्त भएको छ । पोखराबाट प्रकाशित ताण्डव न्यूज डटकमका लागि सहकारीको झण्डैं १ करोड रुपैयाँ हिनामिना गरिएको तथ्य सप्रमाण भेटिएको हो ।
सहकारी ऐन विपरित बिना धितो ताण्डव न्यूज डटकमलाई सहकारीबाट ऋण प्रवाह गरिएको देखिएको छ । धितो नै नराखी ताण्डव न्यूजलाई ऋण प्रवाह गर्नुपर्ने के कारण थियो वा सहकारीको कुन नीति र नियममा रहेर ऋण प्रवाह गरियो भन्ने नै तथ्य नै पुष्टि गर्ने आधार सञ्चालकहरुसँग छैन । जसले गर्दा सञ्चालकहरु बीच पनि फाटो देखिएको छ । सरासर व्यक्तिगत फाईदाका लागि सहकारीको पैसा ताण्डव न्यूज र सहकारीका सञ्चालकहरु मिलेर बेहिसाब हिनामिना गरेका छन् । उनीहरुले सर्वसाधारण बचतकर्ताबाट संकलन गरिएको पैसाको न त व्याज, न त साँवा नै तिरेका छन् । यस्तै हर्कतहरुले गर्दा बचतकर्ताहरुको रकम डुब्ने अवस्थामा पुगिसकेको छ ।
२०७९ पुस १५ र १७ गते सहकारीका सञ्चालक रमण पौडेल लगायतको टोलीले केही पत्रहरु लेखि फरार भएको समयमा ताण्डव न्यूजका नाममा रहेको ऋण कम्प्युटरको सफट्वेयरबाट अर्कै शिर्षकमा मिलाइएको तर १ रुपैयाँ पनि भौंचर भरेर रकम नतिरिएको सहकारीका कर्मचारीहरु नै खुलेआम स्वीकार्छन् । सहकारीका मुख्य जिम्मेवारीमा रहेका अध्यक्ष र उपाध्यक्ष नैं ताण्डव न्यूजका अध्यक्ष र सञ्चालकमा थिए । त्यसैगरी ताण्डव न्यूजका प्रधान सम्पादकले पनि करोडौं ऋण लिएर कागजपत्रमा मात्र मिलाउने काम गरेपछि केही कर्मचारीले आफू फस्ने डरले जागिरै समेत छाडेको अवस्था सहकारीमा देखिएको छ ।

ताण्डव न्यूजका सञ्चालक एवं प्रधान सम्पादक अर्जुन गिरी । जसले मित्र मिलन सहकारीको लाखौं रुपैयाँ वेहिसाब ताण्डव न्यूजमा खर्चिए ।
सहकारीका एक कर्मचारीले भने–‘ सहकारीका करोडौं रुपैयाँ ताण्डव न्यूजका लागि खर्च गरिएको छ । सहकारी र ताण्डव न्यूजका अध्यक्ष समेत रहेका रमण पौडेल र ताण्डव न्यूजका सञ्चालक एवं प्रधान सम्पादक समेत रहेका गिरीले वेहिसाब सहकारीको पैसा खर्च गरेका हुन् ।’ संस्थाको नाममा लिइएको ऋणमा धनजमानीमा सहकारीका उपाध्यक्ष एवं ताण्डव न्यूजका वरिष्ठ संवाददाता विजय लम्साल, प्रधान सम्पादक अर्जुन गिरी र कार्यकारी सम्पादक सन्तोष सुवेदी बसेका थिए ।
डन न्यूजले प्राप्त गरेको प्रमाणका आधारमा ताण्डव न्यूजले अर्जुन गिरीका नाममा २०७५ जेठ ११ गते १५ लाख रुपैयाँ लगेको देखिएको छ । त्यसैगरी २०७५ माघ ११ गते २५ लाख रुपैयाँ ताण्डवका अध्यक्ष रमण पौडेलको नाममा लगिएको छ । सो रकम तलब र प्रेसको खर्च वापत लगिएको भनिए पनि सबै खर्च सहकारीबाट गरिएको छ ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–९, नयाँबजारमा एउटै भवनमा खोलिएको ताण्डव न्यूज डटकमको कार्यालय । जसको घरभाडादेखि सम्पूर्ण खर्चहरु सहकारीले नै व्यहोरेको थियो ।
त्यसैगरी ताण्डव नाईट लगायत काठमाडौंहरुमा गरिएका सम्पूर्ण कार्यक्रमहरुको खर्च पनि सहकारीको रकमबाट नैं गरिएको देखिन्छ । क्रमशः २५ र ४० लाख रुपैयाँ पनि ताण्डव न्यूजका नाममा अध्यक्ष पौडेल र गिरीले रकम लगेको सहकारीका कर्मचारीले जानकारी दिए । ताण्डव न्यूजको खाता नम्बर ००११९०००१८० मा र संस्थाका अध्यक्ष पौडेल र गिरीले रकम चलाएको हेर्ने हो भने झण्डै १ करोड रुपैयाँको हिनामिना ताण्डव न्यूजका नाममा भएको देखिन्छ ।
यस विषयमा प्रश्न गर्दा ताण्डव न्यूजका सञ्चालक, प्रधानसम्पादक तथा सहकारीका ऋणी अर्जुन गिरीले सबै रकम चुक्ता भईसकेको बताए । तर सहकारीका कर्मचारीहरुका अनुसार १ दिन पनि १ रुपैयाँ ताण्डव न्यूजको नामबाट सहकारीको खातामा आएको छैन । साथैं कानुनी सल्लाहकार जनकल्याण पराजुलीको नाममा ल्याइएको घर विजय लम्सालको नाममा पास भईसकेपछि घर खाली गर्न गुण्डाहरु प्रयोग गर्ने भन्दैं अर्जुन गिरीका नाममा ४० लाख रुपैयाँ दिइएको सहकारी तथा ताण्डव न्यूजका अध्यक्ष पौडेलले लेखेको पत्रमा उल्लेख छ ।
ताण्डव न्यूजमा लगानी भएको झण्डै १ करोड रुपैयाँको हिसाब कसरी मिलाईयो भन्ने विषयको खोजी गर्दै जाँदा ताण्डव न्यूजका तत्कालिन अध्यक्ष रमण पौडेल लगायतले कम्प्युटर सफ्टवेयरमा मात्र हिसाब–किताब मिलाउन फाईल सारिएको देखिएको छ । न त सहकारीका आजसम्म ताण्डव न्यूजका तर्फबाट जम्मा भएको रकमको भौंचर छ, न त ताण्डव न्यूज सञ्चालकहरुसँग नैं ।

डन न्यूजसँग ताण्डव न्यूजका नाममा लगिएका सम्पूर्ण खर्चहरुको विवरण र अन्य प्रमाणहरु पनि उपलब्ध छ । जुन प्रमाणको रुपमा बुझाउनु पर्ने ठाउँमा उपलब्ध गराउन हामी तयार छौं । यो सहकारीलाई तत्कालै छापा हानी राज्यले नियन्त्रणमा नलिने हो भने धेरै प्रमाणहरु नष्ट हुने र जनताको करोडौं बचत हिनामिना हुने निश्चित छ ।-सम्पादक
त्यसो त ताण्डव न्यूजका सञ्चालक एवं प्रधान सम्पादक गिरीले सहकारीबाट २०७८ फागुन १३ गते लगेको १५ लाख रुपैयाँ ऋण पनि तिरेका छैनन् । गिरीले सहकारीबाट लगेको पैसाको न त व्याँज नै तिरे, न त किस्ता नैं तिरे, न त साँवा नैं । सहकारीको हिसाब चौपट भएर सञ्चालकहरु भाग्ने क्रममा कम्प्युटरको सफट्वेयरमा हिसाब गडबड बनाइएको स्रोतको दावी छ ।

घर खाली गर्ने नाममा गुन्डालाई दिन ४० लाख रुपैयाँ ताण्डव न्यूजका प्रधानसम्पादक अर्जुन गिरीले लिएर गएको भनी सहकारीका अध्यक्ष रमण पौडेलले भारत भाग्नु अघि लेखेर छाडेको पत्र ।
पत्रकार गिरी र लम्सालले सहकारी डुब्ने अवस्थामा पुगेपछि आफूले ऋण लिएका सम्पूर्ण कागजपत्रहरु नष्ट गर्ने कोसिस गरेका थिए । डन न्यूजमा सहकारीको नाममा उपाध्यक्ष लम्सालले धितो राखेर २ करोड ५० लाख रुपैयाँ ऋण लिएको घर किनेको भनिएका अर्जुन गिरीले समाचारको खण्डन गर्न सहकारीको लेटर प्याड र छाप खोज्दैं सहकारीमा दुईजना पुगेपछि सहकारीका एक कर्मचारीले तत्कालै जिल्ला प्रहरी कार्यालय कास्कीमा खबर गरेर प्रहरी पुगेको थियो ।
सहकारीका अध्यक्ष पौडेलसहितको टिम भाग्नु भन्दा अघि फाईल नष्ट गर्न गिरी र लम्साल आउने सुईको केही कर्मचारीहरुले पाएसँगैं त्यसको फोटोकपि र सक्कल अन्यत्र ठाउँमा लुकाएर राखेका थिए । यतिबेला सहकारीका अध्यक्ष पौडेल र प्रमुख कर्मचारी किरण अधिकारी पक्राउ परेसँगैं आज विहानदेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकार गिरी र सहकारीका उपाध्यक्ष लम्साल सफट्वेयरको पासवर्ड लिन र आफ्ना प्रमाणहरु नष्ट गर्ने उद्देश्यले अध्यक्ष पौडेललाई दवाव दिईरहेको उनका निकटस्थ स्रोतले जानकारी दिएको छ ।
ताण्डव न्यूजका नाममा लिइएको ऋणको पत्र, सञ्चालक अर्जुन गिरीका नाममा लिइएको ऋण र अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी सहकारी छोडेर भारत भाग्ने क्रममा लेखेर छाडेका सम्पूर्ण सहकारीका भित्री हिसाब–किताबको सम्पूर्ण कागजपत्रहरु डन न्यूजसँग सप्रमाण सुरक्षित रहेको छ । जुन आवश्यक पर्दा सम्बन्धित निकायमा देखाउन र बुझाउन हामी तयार छौं ।–सम्पादक
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति