
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, २१ असोज । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष एवम् ग्यालेक्सी फोर के टेलिभिजन काठमाडौंका सञ्चालक कुमार रम्तेल ठगी मुद्दामा पुर्पक्षका लागि कास्की कारागार चलान भएका छन् । गितेन्द्रबाबु (जीबी) राई र टोले गुन्डा शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे समूहसँग मिलेर रम्तेलले देशभरका विभिन्न सहकारीबाट बचतकर्ताको १६ अर्ब रुपैयाँ हिनामिना गरेका थिए ।
जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले सूर्य दर्शन सहकारीका कोषाध्यक्ष रम्तेललाई थुनामा राख्न आदेश दिएको हो । मुलुकी फौजदारी कार्यविधि समिता ७४ को दफा ६७ बमोजिम कोषाध्यक्ष रम्तेललाई थुनामा पठाइएको जिल्ला अदालत कास्कीले जनाएको छ । जीबी राई र नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपमहासचिव टोले गुन्डा महेन्द्र भोटे लगायत १८ जना भने अझैं फरार छन् ।
कोषाध्यक्ष रम्तेलको रकम हिनामिनामा प्रमुख भूमिका देखिएपछि धरौंटीमा रिहा नगरी थप अनुन्धानका लागि कारागर पठाइएको अदालतले जनाएको छ । प्रतिवादी १९ जनालाई १ अर्ब १ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगो बमोजिम जरिवाना र ८ देखि १० बर्षसमम्म कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको थियो ।
मुद्दाको पक्षमा जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकाल, जाहेरीवालाको पक्षमा अधिवक्ता युवराज पराजुली, नारायणप्रसाद शर्मा र विष्णुप्रसाद अधिकारीले बहस गरेका थिए । उता, पक्राउ परेका रम्तेलका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा र अधिवक्ता ईश्वर चिलुवालले बहस गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले सहकारीका कोषाध्यक्ष रम्तेललाई पुर्पपक्षका लागि कारागार पठाइएको जानकारी दिए । एसपी थापाले भने–‘बाँकी फरार १८ जनालाई पक्राउ गर्न प्रहरी निरीक्षकको नेतृत्वमा विशेष टाक्सफोर्स नै खटाएको छु । काठमाडौं जिल्ला प्रहरी परिसर, उपत्यका अपराध महशाखा र नेपालभरका प्रहरी युनिटलाई पक्राउ गर्नका लागि सर्कुलर भएको छ ।’
‘जिल्ला अदालतले फेरि पक्राउ पूर्जी जारी गर्छ र कोही विदेश गएको अवस्था भए इन्टरपोललाई पनि पत्र लेख्छौं,’ एसपी थापाले भने, ‘थुनछेक बहसपछि थुनामा राख्न आदेश दिएको छ, छिट्टै फरार प्रतिवादीलाई पक्राउ गर्न अर्को अदालतले अर्को पूर्जी जारी गरेपछि इन्टरपोलको पनि सहयोग लिनेछौं ।’
सूर्यदर्शन सहकारीबाट मात्र जीबी राई र टोले गुन्डा महेन्द्र भोटेको समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरी बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख रुपैयाँ ठगेका थिए । सूर्यदर्शन सहकारीको रकम ठगी गरेर तत्कालिन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, शिव बहादुर गुरुङ (महेन्द्र भोटे), सञ्चालक भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ अझैंसम्म पनि फरार छन् ।

पीडित जनताहरु अदालतको गेटमाः सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराका पीडित बचतकर्ताहरु जिल्ला अदालत कास्कीको मुख्य गेटमा धर्ना दिदैं । कोषाध्यक्ष कुमार रम्तेलको थुनछेक बहसका क्रममा नछुटुन् भन्दैं पीडितहरु भेला भएका थिए ।
जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए । त्यसैगरी संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । त्यसैगरी महेन्द्र भोटेले ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !