
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
महेन्द्र भोटेको समूहले सहकारीबाट ठगेको रकमले पोखरा–१८ मा रहेको सेदी लक्जरी होटलदेखि, हिडन क्याम्प रिर्सोट, पोखरा अल्ट्रा लाईट, ट्रेजर लञ्च एण्ड बार, लोकल पत्रिका समाधान दैनिक हुँदैं पोखरादेखि विभिन्न शहरहरुमा जग्गा र भवन खरिद बिक्रीमा सो रकम लगानी गरेका थिए ।
पोखरा, १४ असोज । टोले गुन्डा शिव बहादुर गुरुङ उर्फ महेन्द्र भोटे विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेको छ । सहकारीको १६ अर्ब रुपैयाँ भन्दा बढि रकम ठगी गरेर फरार भएका गितेन्द (जीबी) राई गिरोहका सदस्य महेन्द्र भोटे विरुद्ध जिल्ला अदालत कास्कीबाट प्रहरीले पक्राउ पुर्जी लिएको हो । पक्राउ पूर्जी जारी भएसँगैं भोटे फरार भएका छन् ।
कास्कीको मादी गाउँपालिका वडा नं. १० घर भई हाल पोखरा बस्दैं आईरहेका ३९ वर्षीय महेन्द्र भोटेको समूहले सहकारीबाट ठगेको रकमले पोखरा–१८ मा रहेको सेदी लक्जरी होटलदेखि, हिडन क्याम्प रिर्सोट, पोखरा अल्ट्रा लाईट, ट्रेजर लञ्च एण्ड बार, लोकल पत्रिका समाधान दैनिक हुँदैं पोखरादेखि विभिन्न शहरहरुमा जग्गा र भवन खरिद बिक्रीमा सो रकम लगानी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कालिएको हो ।स्कीका अनुसार प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगैं महेन्द्र भोटे फरार भएका छन् । भोटेसँगैं जीबी राईलाई प्रहरीले हालसम्म पनि पक्राउ गर्न सकेको छैन । यो समूहले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी सञ्चालनमा ल्याएका थिए । यी सबै सहकारीमा बचतकर्ताले रकम फिर्ता पाएका छैनन् । यी सबै सहकारीमा बचतकर्ताको १६ अर्बभन्दा बढी बचत रकम यो समूहले हिनामिना गरेको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईसँग सहकारीको रकम लुटेर फरार भएका महेन्द्र भोटे ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका जीबी राईको समूहले समाधान दैनिकमा कार्यरत रामकृष्ण ज्ञवालीका नाममा जग्गादेखि पत्रिका हुँदैं पोखरा अल्ट्रालाईटसम्म लगानी गरेको छ । यस सम्बन्धमा महेन्द्र भोटे पक्राउ परेसँगैं यो समूहमा आवद्ध थप सदस्यहरुको नाम खुल्ने प्रहरी स्रोतले जानकारी दिएको छ । भोटे नेकपा एमाले निकटको भातृ संगठन युवा संघ नेपालका केन्द्रीय उपमहासचिव समेत हुन् ।
पाँच तारे सेदी लक्जरी होटलको आईपिओ बिक्रीका लागि विदेश पुगेका थिए भोटे
सहकारीको अर्बौं ठगी गर्ने शिबहादुर गुरुङ उर्फ महेन्द्र भोटेको व्यवसायिक साझेदारी पोखराका व्यवसायी विप्लव पौडेल नेतृत्वको बाराही ग्रुपसँग पनि छ । यहीं बाराही ग्रुपको नेतृत्व गर्दै महेन्द्र भोटेले केही महिना अघि पोखरा–१८ मा बनिरहेको पाँच तारे होटल सेदी लक्जरीको आईपिओ बिक्रीका हङकङ र मलेशिया गएका थिए ।

बाराही ग्रुपका व्यवसायिक साझेदारहरु महेन्द्र भोटे, समाधान दैनिकका रामकृष्ण ज्ञवाली सहितको टोली केही महिना अघि पोखरा–१८ मा बनिरहेको पाँच तारे होटल सेदी लक्जरीको आईपिओ बिक्रीका लागि हङकङ र मलेशिया गएर यसरी कार्यक्रम सञ्चालन गरेका थिए ।
जसका उनका व्यवसायिक साझेदार समाधान दैनिकका रामकृष्ण ज्ञवाली, लक्ष्मण तिमिल्सिना र दिपक तिमिल्सिना थिए । त्यसैगरी यो समूहले पोखरामा नेपालको सबैभन्दा ठुलो नाईट क्लब पनि निर्माण गरिरहेको छ । जीबी फरार भएसँगैं यसको निर्माण कार्य भने हाल रोकिएको छ । जीबी राई मार्फत् सहकारीको रकम लुटेका महेन्द्र भोटेले विप्लव पौडेल हुँदैं रामकृष्ण ज्ञवालीका नाममा पनि जग्गा, घडेरी र विभिन्न ठाउँहरुमा लगानी गरेका छन् ।

मापदण्ड विपरित, अवैध रुपमा निर्माण भईरहेको विवादित पाँच तारे होटल सेदी लक्जरीको आईपिओ बिक्रीका लागि हाल फरार महेन्द्र भोटेसहित हङकङ र मलेसिया पुगेको टिम र उनीहरुसँग नेपालका राजदुत पनि ।

सहकारीको अर्बौं ठगी गर्ने गिरोहका सदस्यहरु नैं पाँच तारे होटलका साझेदारी: हाउजिङ असफल भएपछि पाँच तारे होटलमा रुपान्तरण गरिएको सेदी लक्जरी होटलको आईपीओ निष्कासन गर्नका लागि एनएमबी क्यापिटल लिमिटेडबीच सम्झौंता भएपनि यो चरम विवादमा परेको छ । सहकारी ठगी गर्ने गिरोहको संलग्नतादेखि तस्करहरुको कालोधन यो समूहमा प्रयोग गरिएको भन्दैं व्यापक विरोध भईरहेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी