
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
महेन्द्र भोटेको समूहले सहकारीबाट ठगेको रकमले पोखरा–१८ मा रहेको सेदी लक्जरी होटलदेखि, हिडन क्याम्प रिर्सोट, पोखरा अल्ट्रा लाईट, ट्रेजर लञ्च एण्ड बार, लोकल पत्रिका समाधान दैनिक हुँदैं पोखरादेखि विभिन्न शहरहरुमा जग्गा र भवन खरिद बिक्रीमा सो रकम लगानी गरेका थिए ।
पोखरा, १४ असोज । टोले गुन्डा शिव बहादुर गुरुङ उर्फ महेन्द्र भोटे विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेको छ । सहकारीको १६ अर्ब रुपैयाँ भन्दा बढि रकम ठगी गरेर फरार भएका गितेन्द (जीबी) राई गिरोहका सदस्य महेन्द्र भोटे विरुद्ध जिल्ला अदालत कास्कीबाट प्रहरीले पक्राउ पुर्जी लिएको हो । पक्राउ पूर्जी जारी भएसँगैं भोटे फरार भएका छन् ।
कास्कीको मादी गाउँपालिका वडा नं. १० घर भई हाल पोखरा बस्दैं आईरहेका ३९ वर्षीय महेन्द्र भोटेको समूहले सहकारीबाट ठगेको रकमले पोखरा–१८ मा रहेको सेदी लक्जरी होटलदेखि, हिडन क्याम्प रिर्सोट, पोखरा अल्ट्रा लाईट, ट्रेजर लञ्च एण्ड बार, लोकल पत्रिका समाधान दैनिक हुँदैं पोखरादेखि विभिन्न शहरहरुमा जग्गा र भवन खरिद बिक्रीमा सो रकम लगानी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कालिएको हो ।स्कीका अनुसार प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगैं महेन्द्र भोटे फरार भएका छन् । भोटेसँगैं जीबी राईलाई प्रहरीले हालसम्म पनि पक्राउ गर्न सकेको छैन । यो समूहले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी सञ्चालनमा ल्याएका थिए । यी सबै सहकारीमा बचतकर्ताले रकम फिर्ता पाएका छैनन् । यी सबै सहकारीमा बचतकर्ताको १६ अर्बभन्दा बढी बचत रकम यो समूहले हिनामिना गरेको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईसँग सहकारीको रकम लुटेर फरार भएका महेन्द्र भोटे ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका जीबी राईको समूहले समाधान दैनिकमा कार्यरत रामकृष्ण ज्ञवालीका नाममा जग्गादेखि पत्रिका हुँदैं पोखरा अल्ट्रालाईटसम्म लगानी गरेको छ । यस सम्बन्धमा महेन्द्र भोटे पक्राउ परेसँगैं यो समूहमा आवद्ध थप सदस्यहरुको नाम खुल्ने प्रहरी स्रोतले जानकारी दिएको छ । भोटे नेकपा एमाले निकटको भातृ संगठन युवा संघ नेपालका केन्द्रीय उपमहासचिव समेत हुन् ।
पाँच तारे सेदी लक्जरी होटलको आईपिओ बिक्रीका लागि विदेश पुगेका थिए भोटे
सहकारीको अर्बौं ठगी गर्ने शिबहादुर गुरुङ उर्फ महेन्द्र भोटेको व्यवसायिक साझेदारी पोखराका व्यवसायी विप्लव पौडेल नेतृत्वको बाराही ग्रुपसँग पनि छ । यहीं बाराही ग्रुपको नेतृत्व गर्दै महेन्द्र भोटेले केही महिना अघि पोखरा–१८ मा बनिरहेको पाँच तारे होटल सेदी लक्जरीको आईपिओ बिक्रीका हङकङ र मलेशिया गएका थिए ।

बाराही ग्रुपका व्यवसायिक साझेदारहरु महेन्द्र भोटे, समाधान दैनिकका रामकृष्ण ज्ञवाली सहितको टोली केही महिना अघि पोखरा–१८ मा बनिरहेको पाँच तारे होटल सेदी लक्जरीको आईपिओ बिक्रीका लागि हङकङ र मलेशिया गएर यसरी कार्यक्रम सञ्चालन गरेका थिए ।
जसका उनका व्यवसायिक साझेदार समाधान दैनिकका रामकृष्ण ज्ञवाली, लक्ष्मण तिमिल्सिना र दिपक तिमिल्सिना थिए । त्यसैगरी यो समूहले पोखरामा नेपालको सबैभन्दा ठुलो नाईट क्लब पनि निर्माण गरिरहेको छ । जीबी फरार भएसँगैं यसको निर्माण कार्य भने हाल रोकिएको छ । जीबी राई मार्फत् सहकारीको रकम लुटेका महेन्द्र भोटेले विप्लव पौडेल हुँदैं रामकृष्ण ज्ञवालीका नाममा पनि जग्गा, घडेरी र विभिन्न ठाउँहरुमा लगानी गरेका छन् ।

मापदण्ड विपरित, अवैध रुपमा निर्माण भईरहेको विवादित पाँच तारे होटल सेदी लक्जरीको आईपिओ बिक्रीका लागि हाल फरार महेन्द्र भोटेसहित हङकङ र मलेसिया पुगेको टिम र उनीहरुसँग नेपालका राजदुत पनि ।

सहकारीको अर्बौं ठगी गर्ने गिरोहका सदस्यहरु नैं पाँच तारे होटलका साझेदारी: हाउजिङ असफल भएपछि पाँच तारे होटलमा रुपान्तरण गरिएको सेदी लक्जरी होटलको आईपीओ निष्कासन गर्नका लागि एनएमबी क्यापिटल लिमिटेडबीच सम्झौंता भएपनि यो चरम विवादमा परेको छ । सहकारी ठगी गर्ने गिरोहको संलग्नतादेखि तस्करहरुको कालोधन यो समूहमा प्रयोग गरिएको भन्दैं व्यापक विरोध भईरहेको छ ।