
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पर्वत, २० असार । अबिरल वर्षासँगै आएको पहिराले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ ।
पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो ।
असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिराले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिनुभयो । विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उहाँको भनाइ छ ।
“अबिरल वर्षासँगै विद्यालयमा माथिबाट पहिरो खस्यो, उक्त दिन बिदा भएका कारण मानवीय क्षति भएन”, उहाँले भन्नुभयो । विद्यालयमा पहिराले क्षति पुर्याएसँगै कक्षाकोठाको अभाव भएको उहाँको भनाइ छ ।
“अहिले तत्कालका लागि केही गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बर्खायाम भएकाले अझै क्षति हुने सम्भावना छ ।” उहाँले वर्षे बिदापछि कक्षा सञ्चालन हुने भएकाले वैकल्पिक कक्षाकोठाका लागि व्यवस्थापनमा समस्या हुने बताउनुभयो ।
विद्यालयले जग्गा अभावका कारण दुई ठाउँमा कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्मको आधारभूत तह सञ्चालन भइरहेको छ ।
शर्माका अनुसार एउटा तीनकोठे भवन २०७५ सालमा रु ३१ लाख ५० हजारमा निर्माण गरिएको हो भने अर्को भवन २०७६ सालमा रु १६ लाख २० हजारमा २०७६ सालमा निर्माण गरिएको थियो ।
ठेकेदारको लापरबाहीका कारण विद्यालयमा क्षति पुगेको स्थानीयको भनाइ छ । सडक निर्माणका क्रममा ठेकेदारले विद्यालयमाथि जथाभावी माटो फालेका कारण विद्यालयमा क्षति भएको स्थानीय अभिभावक राजेन्द्र क्षेत्रीको आरोप छ ।
“शुक्रबार बिहान १० बजे सडकमाथिबाट झरेको पहिराले नाली पुरियो । उक्त पानी नाली हुँदै ग्यावियनभित्र छिरेपछि पहिरो गएको होे”, प्रत्यक्षदर्शी क्षेत्रीले भन्नुभयो, “ठेकेदारका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति भयो ।”
सडक निर्माणका क्रममा ठेकेदारको लापरवाहीका कारण विद्यालयमा क्षति पुगेको अभिभावकहरुको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितवहादुर थापा मगरले सडक निर्माणका क्रममा प्राविधिक त्रुटी भएको आशंका व्यक्त गर्नुभयो ।
सडक निर्माणका क्रममा हामीले ठेकेदार र प्राविधिकलाई विद्यालयमाथि माटो राख्दा समस्या हुन्छ भनेर बारबार अनुरोध गरेको भएपनि सुनुवाई नभएको उहाँको भनाइ छ । “अविरल बर्षसँगै आएको एक दिनको पानीले लाखौको क्षति बनायो”, उहाँले भन्नुभयो, “तत्काललाई समस्या नभएपनि विद्यालय संचालनका क्रममा विद्यार्थी कहाँ राख्ने भन्ने चिन्ताले सताउन थालेको छ ।”
गत सोमवार फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले विद्यालयको स्थलगत निरिक्षण गर्नुभएको छ । विद्यालयमा भएको क्षतिको विषयमा प्रहरी मुचुल्का बनाएर विभिन्न सङ्घसंस्था हुँदै गृहमन्त्रालयमा पठाउने तिवारीले बताउनुभयो । विद्यालयको क्षति र समस्याका विषयमा तत्काल राहतका लागि पहल गर्नेसमेत तिवारीको भनाइ छ । विसं २०१३ सालमा स्थापना भएको विद्यालयमा हाल ४३८ जना विद्यार्थी छन् । रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !