
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, १९ असार । पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि चार दशकअघि नै जमिन छुट्याइएको थियो । विसं २०३२ मा बसपार्कका लागि दुई सय पाँच रोपनी जमिन छुट्याइए पनि हालसम्म बसपार्कको पूर्वाधार बन्न सकेको छैन । जग्गासमेत अतिक्रमणमा परेको छ । बर्सेनि बसपार्कको जमिन खुम्चिँदै गएको छ ।
पर्यटकीय सहर पोखरामा सुविधासम्पन्न बसपार्क नहुँदा सडकपेटीबाटै लामो तथा छोटो दूरीका बस गन्तव्यका लागि छुट्नुपर्ने बाध्यता छ भने बसपार्कका लागि तोकिएको क्षेत्रबाट समेत सवारी साधन छुटेका छैनन् ।
पृथ्वी होटल व्यवसायी समितिले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बसपार्कभित्रबाट बस सञ्चालन नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताएका छन् । सडकमै बस पार्किङ गर्दा सडक अस्तव्यस्त र कुरुप भएकाले बस समितिले बसपार्कबाट गाडी सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले सडकमा पार्किङ गरेर बस छुटाउँदा पृथ्वीचोक अस्तव्यस्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो दूरीका गाडीसमेत सडकबाटै छुटाउँदा पृथ्वीचोकबाट चाइना पुलसम्म अस्तव्यस्त भएको छ । पृथ्वीचोकलाई व्यवस्थित गर्न बस बसपार्कबाटै छुट्नुपर्दछ । यसमा सरोकारवालाको ध्यान पुगोस् ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बस सञ्चालकको लोभका कारण बसपार्कबाट बस नछुटेको बताउनुभयो । उहाँले सडकबाट गाडी छुटाउँदा ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सकस भएको बताउनुभयो ।
यात्रु तान्नका लागि बसहरू सडकमै पार्किङ गर्ने गरिएको उहाँको जिकिर छ । पाठकले भन्नुभयो, “यात्रु छोप्नका लागि सडकमै पार्किङ गर्ने गरिएको छ । बस बसपार्कभित्रै छिर्नुपर्दछ । बसपार्कभित्रका ग्यारेज हटाएर यसलाई अझै व्यवस्थित गर्नु आवश्यक छ ।”
यातायात व्यवसायी भानुभक्त बरालले बसपार्क सानो भएकाले बसपार्कबाट बस नछुटेको बताउनुभयो । उहाँले पोखरा बसको ‘क्यू’ बसपार्क केन्द्रित नभइकन भ्याली केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्क व्यवस्थित भयो भने बल्लमात्र बस बसपार्कबाट छुट्छन् ।”
पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कमा ग्राभेल हालेर व्यवस्थित गर्न सुरुआत गरिएको बताउनुभयो । उहाँले व्यवस्थित बसपार्क निर्माणका लागि महानगरमा सबैले दबाब दिनु आवश्यक भएको बताउनुभयो । महानगरले समेत आगामी वर्ष बसर्पाकका लागि बजेट विनियोजन नगरेकामा अध्यक्ष मर्सानीले दुःखेसो पोख्नुभयो ।
उहाँले भन्नुभयो, “वडाको बजेटले बसपार्क बनाउन सकिँदैन । महानगर, प्रदेश सरकार र सङ्घीय सरकारलाई दबाब दिनु आवश्यक छ, बसपार्कका लागि आन्दोलन गर्न परे पनि अब पछि हट्नु हुँदैन ।”
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण न्यूरेले विभिन्न कारणले पोखराको मुख्य बसपार्क व्यवस्थित हुन नसके पनि अब राज्यलाई दबाब दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले भएको बसपार्कलाई व्यवस्थित गरेर आगन्तुक पाहुनालाई सभ्य र सुरक्षित पोखराको महसुुस गराउनुपर्दछ ।”
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !