
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
काठमाडौँ, १७ असार । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोग्नुपरेका सामाजिक, आर्थिक, राजनीतिक मुद्दामा राज्यको ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको सवाल विषयक’ अन्तरक्रियामा सहभागी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ताहरूले उनीहरूमाथि हुने हिंसा र सामाजिक विभेदविरुद्ध नीतिगत राज्यले व्यवस्था गर्न आग्रह गरेका थिए ।
आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनका लागि सरकारसमक्ष पेस गर्न गठित आयोगले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक वर्गलाई छुटाउन नमिल्ने बताउनुभयो ।
उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक वर्गभित्रको पनि विविधता र त्यस्तै समस्या, चुनौती र अवसर र आवश्यकताबारे विस्तृत जानकारी प्राप्त गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष पराजुलीले सहभागी वक्ता, विज्ञबाट प्राप्त सुझाव र सल्लाहका आधारमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका आवश्यकता र समस्यालाई सम्बोधन गर्न सरकारलाई सिफारिस गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नीलहिरा फाउन्डेसनका कार्यक्रम व्यवस्थापक भूमिका श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकभित्रका विविधतालाई बुझेर, अन्य नागरिकलाई सरह राज्यले दिने सबै सेवा, सुविधा, रोजगारसहित स्वतन्त्र भएर बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि महिला आयोगलाई सचेतनाका कार्यक्रममा सहयोग गर्न आग्रह गर्नुभयो ।
विगतमा यस वर्गको पहिचानलाई स्वीकार्न नमान्ने समाजमा आफ्नो अधिकारका लागि एकजुट हुन सन् २००१ मा नीलहिरा फाउन्डेसनको स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले आफ्नो लक्ष्यअनुसार काम गर्दै जाँदा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई हेर्ने दृष्टिमा परिवर्तन आएको बताउनुभयो ।
नेपाल जनगणना २०७८ का अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सङ्ख्या दुई हजार नौ सय २८ रहेको छ । उक्त जनगणनामा अन्यको स्थानमा यो समुदायलाई राखिएको छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि काम गर्ने संस्था मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले कार्यपत्र प्रस्तुत गर्दै यस वर्गले नागरिकता लिन लिङ्ग परिवर्तन गरेको प्रमाण पेस गर्नुपर्ने र प्रमाणका लागि चिकित्सकको अगाडि नाङ्गिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने माग गर्नुभयो ।
उहाँले यस वर्गमा धेरै विविधता रहेकाले समस्या पनि विविध नै भएको र विशेषगरी लिङ्ग परिवर्तन गर्दा र नगर्दा खानुपर्ने हार्मोनयुक्त औषधिले पार्ने प्रभावका कारण बढी स्वास्थ्य समस्या झेल्नुपर्ने बताउनुभयो ।
उहाँले यस समुदायलाई परिवार, समाजले नै नस्वीकार्ने कारणले विवाह, धर्मसन्तान पाल्न, सम्पत्ति हस्तान्तरण गर्ने र महिला र पुरुषलाई राज्यले दिने सामाजिक सुरक्षा भत्ताअन्तर्गत एकल हुँदा भत्ता नपाउने र ज्येष्ठ नागरिकले पनि नागरिकताको समस्याले भत्ता नपाउने समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । रासस
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई