
१प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
३‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
४कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
५हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
हरिप्रसाद वास्तोला, पोखरा, १५ असार । गण्डकी प्रदेशको राजधानी पोखरा र यसैसँग जोडिएको छ, लामाखेत र लामडाँडा । पोखरा महानगरभित्र पर्ने भए पनि यो ठाउँ आधारभूत सेवा सुविधाका दृष्टिले भने निकै विकट छ भन्दा फरक पर्दैन ।
कमजोर सडक संरचना र पहुँचमा जटिलताका कारण स्थानीयले महानगरबाट पाउने सामान्य सुविधा लिन कष्ट पाउने गरेका छन् । यहाँका स्थानीयलाई आफ्नै वडा कार्यालय पुग्न पनि साहस जुटाउनुपर्ने अवस्था छ । कारण, १३ किलोमिटर टाढाको वडा कार्यालयमा पुग्नै कम्तीमा २ घण्टा पैदल र कम्तीमा दुई पटक सार्वजनिक बस चढ्नुपर्छ ।
यहाँबाट वडा कार्यालयसम्म पुग्न ट्याक्सी सुविधा त छ तर त्यहाँसम्म जान र फर्कन मात्रै कम्तीमा रु ६ हजार खर्च हुन्छ । आर्थिक अवस्था कमजोर हुनेका लागि वडा कार्यालयमा निःशुल्क हुने कामका लागि पनि निकै महङ्गो पर्ने गरेको छ ।
जसबाट आर्थिक अवस्था कमजोर भएका अरुण र डिलमाया गुरुङ जस्तालाई वडा कार्यालयमा पुगेर सेवा लिन पनि बजेट जोहो गर्नुपर्ने अवस्था छ । यो दम्पतीका पाँच छोरी र एक छोरा गरी छ सन्तान छन् । जसमध्ये एक छोरीबाहेक सबै न्यून दृष्टियुक्त छन् ।
सरकारले यस्ता व्यक्तिलाई भत्ता दिन्छ भन्ने उहाँहरुलाई थाहा छ । तर त्यसका लागि सरकारी कार्यालयमा जन्म दर्ता गराउनुपर्छ । त्यसका लागि वडा कार्यालय पुग्नुपर्छ ।
आर्थिक अवस्था कमजोर भए पनि सरकारले दिने भत्ताका लागि उहाँले छिमेकी वडा नं १३ का चन्द्रबहादुर गुरुङको आर्थिक सहयोगमा जन्मदर्ता गराउन वडा कार्यालय पुग्दा ट्याक्सी भाडामा मात्रै रु छ हजार खर्च भयो । त्यति मात्रै होइन, दुई दिनको समय पनि बित्यो ।
“राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्तालगायत अन्य सेवा सुविधा र पठनपाठनलाई निरन्तरता दिनका लागि आवश्यक जन्मदर्ताको प्रमाणपत्र लिन आप्mनो निजी खर्चमा सहयोग गरेको हुँ”, चन्द्रबहादुर गुरुङले भन्नुभयो । बुबा अरुणको आँखामा भएको कमजोरीका कारण सन्तान पनि न्यून दृष्टियुक्त जन्मिएको उहाँको भनाइ छ ।
मुलुकमा गणतन्त्र र सङ्घीयता कार्यान्वयनमा आएपछि काठमाडौँको सिंहदरबार गाउँमा आउँछ भने पनि पोखरा महानगरका यहाँका स्थानीयले भने महसुस गर्न नसकेको गुरुङको भनाइ छ ।
यहाँबाट वडा कार्यालय पुग्न लामाखेत, वयरघारी, कसेरी, ढाव हँुदै डेढ घण्टाको पैदल यात्राबाट काहुखोला पुग्नुपर्छ । त्यहाँबाट बस चढेर महेन्द्रपुल र अर्को बसबाट बगर हुँदै कालीखोलाको झोलुङ्गे पुल पार गर्दै आधा घण्टाको पैदलयात्रा तय गरेपछि बल्ल भलाम खोरस्थित वडा कार्यालयमा पुगिने स्थानीय प्रतीक्षा गुरुङले रासससँग दुःखेसो सुनाउनुभयो ।
उहाँका अनुसार आफ्न वडा कार्यालयमा केही काम परे महानगरका अन्य छवटा वडा छिचोल्दै पुग्नुपर्छ । यहाँबट फूलबारी ब्यारेक हुँदै जानका लागि पक्की बाटो निर्माण भए पनि सार्वजनिक यातायातको सुविधा नभएकाले महङ्गो शुल्क तिरेर ट्याक्सी रिजर्भ गर्नुको विकल्प छैन ।
यहाँका माछाखेत, लामडाँडा, डाँडागाउँ, देउराली, मोहोरीया आँटीघर मौजा हुँदै भलाम ¥यालेचौर सडकको ट्र्याक खुलेको छ तर स्तरोन्नति नहुँदा स्थानीय बासिन्दाले दुःख झेल्न बाध्य भएको लामडाँडाका भीम गुरुङको भनाइ छ ।
उहाँका अनुसार हाल प्रतिनिधिसभा सदस्य विद्या भट्टराईमार्पmत स्थानीय पूर्वाधार विकास कार्यक्रमको रु ३८ लाख, निवर्तमान प्रदेश सभासदस्य मीना गुरुङ सांसद विकास कोषबाट रु २५ लाख र वडास्तरीय रु २० लाखको लागतमा नालासहितको ढलान बाटो निर्माण भइरहेको छ भने महानगरको आर्थिक सहयोग दुई वर्षअघि स्यानीखोलामा मोटरेबल पुल निर्माण भइसकेको छ । तर सार्वजनिक यातायात भने चल्न सकेको छैन ।
वयरघारीस्थित विजयपुर खोलामा पक्की पुल निर्माणसँगै उक्त लगभग १३ किलोमिटरको यो बाटो निर्माण सम्पन्न गर्दै यातायाताका साधन सञ्चालन गर्ने हो भने सेवाग्राहीलाई एक घण्टामा वडा कार्यालय पुग्न सकिने स्थानीयवासी बताउँछन् ।
पोखराको पूर्वी भेगस्थित मादीगाउँपालिका-५ र पश्चिममा पोखरा-१३ माछाखेतको बीच भागमा पर्ने लामाखेत र उक्त क्षेत्रभन्दा माथिल्लो भागमा पर्ने लामडाँडाका बासिन्दालाई यातायातको सुविधा पुर्याउन तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा पोखरा-२० का वडाअध्यक्ष गङ्गाबहादुर केसीले बताउनुभयो ।
यातायातको सुविधा नपुगेसम्म त्यस्ता विकट स्थानमा हप्ताको दुई दिन घुम्ती शिविरमार्पmत वडा कार्यालयबाट पाउने सेवासुविधा उपलब्ध गराउनुपर्नेमा स्थानीय बासिन्दाको सामूहिक माग गर्दै आएका छन् । रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !