
१लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
४२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
११रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१२सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
११मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, १२ असार । गण्डकी प्रदेशसभामा विनियोजन विधेयक–२०८० माथि छलफल सुरु भएको छ । यही असार ८ गते प्रदेशसभामा पेस भएको उक्त विधेयकको मन्त्रालयगत छलफल मङ्गलबारदेखि सुरु भएको हो ।
त्यसअघि आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले प्रदेशसभामा पेस गर्नुभएको ‘विनियोजन विधेयकमाथि छलफल गरियोस् भन्ने’ प्रस्ताव बहुमतबाट स्वीकृत भएको थियो ।
मङ्गलबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गरिएको हो ।
छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य सरस्वती गुरुङले दुवै मन्त्रालयको बजेट तथा कार्यक्रम सन्तोषजनक रहेको बताउनुभयो । उहाँले उर्जा मन्त्रालयले न्यूनतम रु १० लाखभन्दा माथिका योजना मात्र छनोट गर्नुलाई सकारात्मकरूपमा लिनुपर्ने उल्लेख गर्नुभयो । गुरुङले लिफ्टिङ प्रविधिको सिँचाइ र खानेपानी आयोजनामा सतप्रतिशत अनुदान दिने व्यवस्था नागरिकका लागि वरदान सावित हुने बताउनुभयो ।
उहाँले आगामी आव ०८०/०८१ मा थप ३० हजार खानेपानी धारा जडान र ‘उज्यालो गण्डकी प्रदेश’को प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । पर्यटनमा रूपान्तरणकारी योजना आउन नसकेको गुरुङको भनाइ थियो । घरबास, स्थानीय उत्पादनको बजारीकरणजस्ता कार्यक्रमले नागरिकलाई प्रत्यक्षरूपमा लाभ पुग्ने उहाँले बताउनुभयो ।
प्रदेशसभा सदस्य वेदबहादुर गुरुङले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बजेट टुक्रे योजनामा बाँडिएको टिप्पणी गर्नुभयो । उहाँले रु चार अर्बभन्दा बढीको पूँजीगत बजेट दुई हजार चार सय ४७ योजनामा वितरण गरिएको बताउनुभयो । “यस्तो वितरणमुखी बजेटले प्रतिफल दिँदैन, दिगो विकासको लक्ष्य पनि पूरा हुँदैन”, उहाँले भन्नुभयो ।
गुरुङले झण्डै एक हजार सात सय योजनामा रु १० लाख बजेट विनियोजन गरिएको भन्दै त्यसले कुनै परिणाम नदिने उल्लेख गर्नुभयो । कम बजेटका धेरै योजना हुँदा मन्त्रालयको प्रशासकीय खर्च र जनशक्तिलाई अनावश्यक भार थपिने उहाँको भनाइ थियो । वडा तहले हेर्ने योजना प्रदेशले छनोट गर्दा सङ्घीयताकै उपहास हुने गुरुङले बताउनुभयो ।
प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले प्राथमिकता र सिद्धान्तभन्दा बाहिर गएर बजेट आएको धारणा राख्नुभयो । उहाँले मन्त्रालयले ठूला र साना योजनाको सन्तुलन मिलाउन नसकेको बताउनुभयो । टुक्रे योजना धेरै आउँदा दोहोरोपना पनि देखिएको देवकोटाको भनाइ थियो । उहाँले नीति बनाउने सांसद विकास बजेटको बाँडफाँटमा लाग्दा यस्तो अवस्था आएको उल्लेख गर्नुभयो ।
विनियोजन विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य विमला गौचन, देवका पहाडी त्रिपाठी, हरिबहादुर भण्डारीलगायतले भाग लिनुभएको थियो । यही असार १ गते सार्वजनिक गरिएको आगामी आव ०८०÷०८१ को बजेटमाथिको छलफल सकिएपछि मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको हो ।
बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला मन्त्रालयको विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची छ । छलफलका क्रममा उठेका विषयमाथि सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो । विनियोजन विधेयकसँगै आर्थिक विधेयकमा छलफल भएपछि बजेट पासको प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश