
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
म्याग्दी, १२ असार । धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो । गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट पूरै दिन जङ्गल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरियामार्फत सामान ढुुवानी गर्नुपर्छ ।
यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्यभन्दा अघि नै सकिएको छ । ढिलासुस्तीका कारण म्याग्दीका ठूला विकास आयोजना थलिएको अवस्थामा गुर्जा खानेपानी आयोजनाको काम लक्ष्यअघि नै सम्पन्न भएको हो ।
धवलागिरि–१ का अध्यक्ष झक छन्त्यालले निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको प्रभावकारी सहजीकरण तथा समन्वय हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश गुर्जा खानेपानी आयोजनाले दिएको बताउनुभयो । “सुगम र सदरमुकाममा ठूला भनिएका ठेकेदारले जिम्मा लिएका आयोजना अलपत्र परेको अवस्थामा हाम्रोजस्तो विकट ठाउँको काम निर्धारित समयअगावै सकिएको छ”, उहाँले भन्नुभयो, “सरोकारवालामा इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने रहेछ ।”
कुल रु ५० लाख लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरि गाउँपालिका र बेनीको बिएन्डडी निर्माण सेवाबीच विसं २०७९ चैत १४ गते ठेक्का सम्झौता भएको थियो । रु ४४ लाख ७८ हजार एक सय १२ मा भएको सम्झौताको म्याद यही असार १५ गतेसम्म थियो ।
निर्माण कम्पनीका प्रतिनिधि गोर्खा छन्त्यालले यही असार १० गते नै सम्झौताअनुसारको सबै काम सम्पन्न गरेको जानकारी दिनुभयो । काम सुरु गरेको ४३ दिनमा सम्पन्न गरेको उहाँले बताउनुभयो । साउनाखोलाको मुहानमा इन्टेक, त्यहाँबाट गुर्जा गाउँसम्म ६३ एमएमको तीन हजार चार सय ८० मिटर मुख्य पाइप लाइन बिछ्याइएको छ ।
लुलाङबाट खच्चर र भरियालाई बोकाएर पाइप, सिमेन्ट, रडलगायतका निर्माण सामग्री ढुवानी गरिएको थियो । पच्चीस हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की पनि निर्माण भएको छ । इन्टेक, मुख्य पाइप लाइन र ट्याङ्कीको परीक्षण सफल भएको छ ।
गुर्जाका करिब दुई सय ५० घरधुरीलाई निजी धारामार्फत खानेपानी वितरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको हो । यो आयोजनाबाट गुर्जाको देउराली बस्तीबाहेकका सबै घरमा खानेपानी पुग्नेछ । शाखा लाइन र निजी धारा बनाएर आगामी वर्ष आयोजनालाई पूर्णता दिइने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । गत वर्ष सञ्चालित गुर्जाको स्वास्थ्य चौकीको भवन निर्माण गर्ने योजना पनि लक्ष्यअघि नै सम्पन्न भएको छ । रासस