
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
गलकोट, ९ असार । बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र जन्मने छोरीको बैंक खाता खोलेर तत्कालै रु पाँच हजार जम्मा गरिदिने नीति लिएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले छोरीको जन्म भएपश्चात् छोरीको नाममा नगरपालिकाले रु पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा सम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी नगरको छोरी कार्यक्रम अगाडि बढाइने नीति तथा कार्यक्रम ल्याउनुभएको छ ।
नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीयरुपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
“अबदेखि नगरपालिकाभित्र जन्मने सबै छोरीहरु नगरका छोरी कार्यक्रममा समावेश हुनेछन्, उनीहरुको बैंक खाता खोलेर रु पाँच हजार नगरले नै जम्मा गर्नेछ, अभिभावकले समेत उक्त खातामा इच्छाइएको रकम जम्मा गर्न सक्नेछन्”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नगरको छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुनेछ, छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरितसमेत हुनेछन् ।”
हाम्रो समाजमा छोरी जन्मिएपश्चात् आमा र नवजात शिशुलाई गरिने दुव्र्यवहार, गर्भावस्थामा भ्रुणको जाँच, भु्रणहत्या र छोरीप्रतिको गलत दृिष्टकोणलाई चिदै नारी सम्मानका लागि नगरको छोरी कार्यक्रम ल्याइएको नगरपालिकाको भनाइ छ ।
नगरप्रमुख श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुन्दर, समृद्ध, सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरिएको छ । नगरपालिकाले कुकुर नियन्त्रण र नियामन गर्न ‘डग होस्टेल’ कार्यक्रमसमेत ल्याइएको छ । नीति तथा कार्यक्रममा आर्थिक विकासतर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी, निःशुल्क कृषि परामर्श सेवा, गरौँ कृषि उत्पादन हातमा, प्रकोप परे बिमा छ साथमालगायतको नीति अवलम्बन गरिएको छ ।
यस्तै जग्गा धनी र कृषकलाई जोडौ जमिन बाँझो नछोडौँ भन्दै बाँझो जग्गा सदुपयोग गर्ने नगरको नीति रहेको छ । यस्तै पर्यटनतर्फ कृष्णगण्डकी सभ्यता पर्यटन विकास गुरुयोजना अगाडि बढाइने, बागलुङ घुम्न जाऔँ अभियान चलाइने, आफू जन्मेको माटो, आफू हिँडेको बाटो कार्यक्रममार्फत युवालाई स्वदेश फर्काउने, शैक्षिक गुणस्तर वृद्धिका लागि अविभावकसँग नगर प्रमुख कार्यक्रम सुरु गरिने नीति लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
यसैगरी पढ्दै कमाउँदै, कमाउँदै सिक्दै अभियान ल्याउने, विषय विज्ञ शिक्षकलाई घुम्ती शिक्षकको रुपमा परिचालन गर्ने, स्वास्थ्यप्रतिको सचेतना, सुत्केरी महिलालाई पोषणयुक्त खाना, ‘बागलुङ नगरी स्वास्थ्य संस्थामा डेलिभरी’ भन्ने नारालाई कार्यान्वयनमा लैजाने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
ज्येष्ठ नागरिक, असहाय र आर्थिक विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, एक वडा एक खेल मैदान निर्माण गर्ने, खेल प्रशिक्षक र खेलाडीलाई प्रोत्साहन गर्ने, दिगो सडक निर्माणमा ध्यान दिने, एक वडा एक नमूना पूर्वाधार अगाडि बढाउने नगरको नीति रहेको छ । नगरपालिकाले श्रम बैंक निर्माण गर्ने, तामाखानीको अध्ययन गर्ने, मेयर मेरो साथी कार्यक्रम सञ्चालन गर्नेलगायतको नीति लिएको हो । रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप