
१मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
२प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
३लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
४बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
५चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
६रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
७पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
८नवनिर्वाचित सांसदहरूले लिए शपथ
९कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१०सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
११रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
१२सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
ध्रुवसागर शर्मा, गलेश्वर, १७ जेठ । धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ र पर्वतमा बसोबास गर्ने मगर समुदायको संस्कृतिसँग जोडेर सरकारले मगर संस्कृति पर्यापर्यटन कार्यक्रममार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका योजना सञ्चालन गर्ने भएको छ ।
सङ्घीय सरकारले म्याग्दी, बागलुङ र पर्वतमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्ने भएको हो । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमार्फत म्याग्दी, बागलुङ र पर्वतलाई समेटेर पर्यापर्यटन तथा मगर संस्कृति पर्यटन क्षेत्रका रुपमा विकास गर्न प्रोत्साहन गरिने जानकारी गराउनुभएको हो ।
म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेर अन्नपूर्ण–धौलागिरि पर्यावरणीय पदमार्ग सञ्चालन हुँदै आएको छ । सरकारको घोषणापछि अधिकांश मगर समुदायको बसोबास रहेको यो पदमार्गमा बागलुङलाई पनि समेट्ने र मगर संस्कृतिसँग पर्यटनलाई जोड्ने अपेक्षा गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकाका प्रायः सबै गाउँ मगर बाहुल्य हुन् । यहाँ पुग्ने पर्यटकले मगर जातिको मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, वेशभूषा, भाषाको समेत अध्यन गर्न पाउँछन् ।
अन्नपूर्ण, मालिका र धौलागिरि गाउँपालिकाका क्षेत्रमा लोभलाग्दा प्राकृतिक सम्पदा पर्यटकका लागि अर्को आकर्षण बन्नेछन् । धवलागिरि, अन्नपूर्ण, गुर्जा, नीलगिरि, पुठा लगायतका हिमाल म्याग्दीमा पर्छन् । गाउँमा घरबास शैलीका होटेल खुल्न थालेका छन् । यहाँका गाउँमा पुग्ने पर्यटकले स्थानीय कोदो, जौ, मकै, आलु आदिका परिकार खान पाउँछन् ।
गाउँ वरपरका जडीबुटी, हिमशृङ्खला, झरना, नदी, ताल र जैविक विविधताले पर्यटकलाई लोभ्याउने मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । म्याग्दीमा बोलिने मगर ढुट र खाम मगर भाषा अरूभन्दा मौलिक रहेकाले भाषा विज्ञानका विद्यार्थीका लागि थप अध्ययन गर्न सकिने केवी एकेडेमी दरवाङका शिक्षक हिराबहादुर सिउथानी मगरको भनाइ छ ।
जैविक विविधताका दृष्टिले म्याग्दीको मालिका, धवलागिरि र अन्नपूर्ण, बागलुङको ढोरपाटन र पर्वतको जलजला क्षेत्र निकै धनी ठाउँ हो । यहाँ वन लसुन, कटुकी, चुल्थे, रातो च्याउ, निर्मसी, विख्माजस्ता जडीबुटी आयआर्जनका स्रोत बनेका छन् । भेडा र घोडाका लागि यहाँका पाटनमा हुने बाक्लो तथा मसिनो बुकी घाँसले पर्यटकका लागि थप आकर्षण गराउँछ ।
यहाँको अर्को आकर्षण भनेको माओवादी द्वन्द्वकालमा प्रयोग भएको गुरिल्ला ट्रेलका बारेमा पनि पर्यटकले अध्ययन गर्न पाउनु हो । यहाँका जङ्गल र खर्कमा माओवादी द्वन्द्वकालमा छापामार बस्ने गरेका आश्रयस्थल पनि पर्यटकले देख्न सक्छन् ।
म्याग्दीको सदरमुकाम बेनी, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र डोल्पाको सदरमुकाम दुनै आक्रमणका घाइते छापामारलाई राखिएका गोठ, ओडार र जङ्गल अध्ययन गर्ने पर्यटकका लागि थप महत्वको विषय हुन सक्ने बताइन्छ । सदरमुकाम कब्जापश्चात् अपहरणमा परेका सरकारी अधिकारी, सेना र प्रहरीलाई सुरक्षित साथ बसाइएका घर अहिले पनि देख्न सकिन्छ ।
यस क्षेत्रलाई आदिम सांस्कृतिक थलोका रुपमा चिनिने स्थानीय बूढापाका बताउँछन् । यहाँको मुख्य भाषा मगर खाम हो । मगर खाम समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ । यस क्षेत्रमा पर्यटक रमाउने भनेकै हिमालको दृश्यावलोकन, जैविक विविधताको र मगर खाम भाषाको अध्ययन, पाटन, वनस्पति, जङ्गल, नदीनाला, तालतलैया तथा वन्यजन्तु हुन् ।
मगर खाम गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् । सामाजिक एकताबिना उनीहरु आफ्नो अस्तित्व स्वीकार्न नगर्ने संस्कार छ । मगर खामको गाउँमा समान संरचनामा घर निर्माण भएका हुन्छन् । गाउँमा खेतीपातीमा अर्मपर्मको सिद्धान्त र विकास निर्माणमा परम्परागत झाराप्रथा प्रचलित छ । यो नै मगर समुदायको सामाजिक विशेषता हो ।
धवलागिरि क्षेत्रका मगर समुदायले लामो भाका र स्वर निकालेर गाइने गीतको भावमा डुबेर भाङ्ग्रा, कछाड, टोपीको पहिरनमा मादल भिरेर नाचेको पुख्र्यौली नाचको दृश्य निकै रोचक हुन्छ । अझ मादलेसँगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषले पुख्र्यौली नाचमा रौनकता थपिन्छ । पुख्र्यौली नाचमा सोरठी भाकामा गीत गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ । यस्तै, रोचक पक्ष र विशेषता भएकाले पर्यटक यो नाच देख्दा मक्ख पर्ने गरेका पुख्र्यौली संरक्षण समिति काफलडाँडाका सचिव नरबहादुर पुर्जाले बताउनुभयो ।
पुख्र्याैली नाचका लागि १२ पुरुष र सोरठी गाउन पनि त्यत्तिकै सङ्ख्यामा महिलाको आवश्यकता पर्छ । त्यसका साथै थाली नाच, मारुनी नाच, ख्याली नाच, भूमे नाचले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । ‘रैथानेमा गर्व गरौँ’ भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बीउ संरक्षण गरी खेती विस्तारको नीति लिएको सरकारले पर्यापर्यटनलाई मगर संस्कृतिसँग जोडेर कार्यक्रम ल्याउने भएकामा यस क्षेत्रका मगर समुदाय खुसी भएका छन् । रासस
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने