
१रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
२स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
३विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
४बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
५स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
६पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
७ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१०रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
लमजुङ । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले भग्नावशेषयुक्त निशानगढी कालिका मन्दिरको स्थलगत निरीक्षण गर्नुभएको छ । बेँसीशहर नगरपालिका –११ चिती रामचोकस्थित मन्दिरको पुनःनिर्माण गरी ठडाउनका लागि सहयोग तथा पहल गर्न स्थानीयवासीले उहाँसँग माग गरेका छन् ।
निशान गढी कालिका धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष राजाराम सेढाईँले ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सो क्षेत्रको विकासमा पहल गर्न प्रदेशसभास सदस्य दवाडीसँग आग्रह गर्नुभयो । विसं २०७२ को भूकम्पले जीर्ण मन्दिरको पुनःनिर्माण गर्न कम्तीमा रु १५ लाख तथा गढी पूरै संरक्षणका लागि करीब रु दुई करोड रुपैयाँ लाग्ने जनाइएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य फूलबहादुर थापा, ईश्वर पाण्डे, वासुदेव सेढार्इँलगायतले पुनःनिर्माणका लागि सम्बन्धित निकायको ध्यान नपुगेको बताउनुभयो ।
नेकपा लमजुङका सचिव दवाडीले गढी तथा मन्दिर ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका रहेकाले यसको प्रचारप्रसारमा स्थानीय नै अग्रसर हुनुपर्ने तथा ठाँटी, बाटो र शिलालेखको खोजीसमेत गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीलाई सो क्षेत्रको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आग्रह गर्नुभयो ।
यहाँ विसं १५५० लमजुङ दरबारमा राजगद्दी सम्हालेका यशोब्रह्म शाह बेलाबेला निशानागढीमा आएर बस्ने गरेको र सैनिकले मन्दिरमा पूजा गर्ने गरेको स्थानीयवासी बताउँछन् । पुरातात्विक विभागको टोलीले गत वर्ष सो क्षेत्रको निरीक्षण गरेको थियो । टोलीले निशानगढीलाई काँडेतारले बेरेर राखेको छ । सो स्थानबाट विभिन्न स्थान तथा हिमाल देख्न सकिन्छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति