
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
सुशीला रेग्मी, रामपुर (पाल्पा), २ वैशाख । पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आउनुभएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुनुहुन्छ । घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिनुभएको छ ।
उहाँको घरमा हाल मौरीगोलासहित चालिस घार छन् । आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहनुभएको छ । आजभन्दा साढे दुई दशकअघि देखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढाइरहनुभएको छ ।
“मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु”, उहाँले भन्नुभयो ।
गोलासहितको मौरीघार रु नौ हजार, खालीघार रु पाँच हजारमा बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको मह प्रतिकिलो रु एक हजार एक सयमा बिक्री हुने गरेको छ । एक वर्षमा करिब एक सय मौरीघार बिक्री भइरहेको छ । एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ । वार्षिक करिब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपाने बताउनुहुन्छ । एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उहाँको भनाइ छ । आफूले सक्दासम्म व्यवसायलाई निरन्तर चलाउने उहाँको अठोट छ । मौरीघार (खालीघार), गोलासहित र मह बिक्री गरेर उहाँले एक वर्षमा रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
उहाँ भन्नुुहुन्छ, “लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झै आहार व्यवस्थान गर्न नपर्ने भएपछि मौरीपालनबाट धेरै फाइदा लिन सकिन्छ, स्वास्थ्यका लागि पनि हितकारी हुने भएपछि यो व्यवसाय आनन्दको छ ।” उहाँले विसं २०५५ देखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएको छ । घरमा परम्परागत (मुढेघार) १५÷२० घारमा बाउबाजेले मौरीपालन गरेको देखेपछि व्यावसायिक रुपमा नै उहाँले आधुनिक घारबाट अगाडि बढ्नुभएको छ । उहाँले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रुपमा सुरु गर्नुभएको हो ।
स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट बिक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्न नपर्ने भएकाले यसबाट कृषकले व्यावसायिक रुपमा मौरीपालनबाट धेरै लाभ लिन सक्ने उहाँका छोरा हुमनाथ न्यौपाने बताउनुहुन्छ । “महका लागि अहिले विभिन्न ठाउँबाट माग आइरहेको छ, मह औषधिको रुपमा, पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ, स्थानीयस्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार मङ्सिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ । स्थानीय उत्पादन भएकाले यहाँ उत्पादित मह अष्ट्रेलिया, जापानमा कोसेलीको रुपमा पुगेको छ । रामपुर ६ कै ज्येष्ठ नागरिक टिकाराम पाठक पनि मौरीपालनमै रमाइरहनुभएको छ । मौरी उहाँका लागि बुढेसकालको साहारा जस्तै बनेको छ । उहाँका घरमा हाल १६ आधुनिक मौरीका घार छन् । उहाँले २०६६ देखि नियमित रुपमा मौरीपालन व्यावसाय गरिरहनुभएको छ । पाठकले घार बढाउँदै जानुभएको छ ।
“मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजन लगायतका प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यवसायीकरणमा समस्या हुन्छ”, उहाँले भन्नुभयो ।
कृषि ज्ञान केन्द्र पाल्पाले मौरीपालनलाई व्यवसायीकरण गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको कार्यालयका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । मौरी प्रवद्र्धनलाई विगतका वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यसवर्ष कृषकको क्षमता बृद्धिको लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ ।
“स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ”, उहाँले भन्नुभयो, “व्यवसाय गर्न ईच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताको आधारमा सहयोग गरिरहेको छ ।-रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ