
१मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८डुलुवाको अध्यक्षमा योगेश भट्टराई
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौं, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने कार्यमा भएको अनियमिततासम्बन्धी उजुरीको अनुसन्धानपछि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौं तह) शंकर थापा र तत्कालीन कम्प्युटर अपरेटर जगत ढकालको मिलेमतोमा जिल्ला बागलुङको गलकोट नगरपालिका–२ का हिम बहादुर बस्नेत थापालाई कुनै पनि वर्गको सवारी चालक अनुमतिपत्र जारी नै नभएको अवस्थामा झुट्टा अभिलेख तयार पारिएको थियो।
अनुसन्धानबाट पुष्टि भएअनुसार, उनीहरूले सरकारी अभिलेखमा हेरफेर गरी हिम बहादुर बस्नेत थापाको नाममा ब् र द्य वर्गको सवारी चालक अनुमतिपत्र नम्बर ०१–०७–०१०३५२८० जारी गरेको देखाइएको छ। उक्त लाइसेन्सको जारी मिति २०५८/१२/२७ र म्याद सकिने मिति २०७८/१२/२२ उल्लेख गरिएको थियो। यसरी झुट्टा विवरण प्रविष्ट गरी २० वर्षसम्म बहाल रहने गरी गलत लिखत तयार पारिएको र मिति २०७८/१२/१५ मा प्रतिलिपि समेत दिइएको आयोगले जनाएको छ।
आयोगले शंकर थापा र जगत ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुरमा सजायको माग गरेको छ भने हिम बहादुर बस्नेत थापालाई सोही कसुरको मतियार भई दफा २२ बमोजिम मुख्य कसुरदार सरह सजाय हुनुपर्ने मागदाबी लिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन्। यो घटनाले यातायात कार्यालयमा लाइसेन्स वितरण प्रक्रियामा रहेको कमजोरी र अनियमितताप्रति ध्यानाकर्षण गरेको छ। विशेष अदालतले अब यस मुद्दाको सुनुवाइ गर्नेछ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन