
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
काठमाडौँ, १५ चैत । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ । नयाँ वर्षको उत्साह र सकारात्मक सन्देशसँगै ओशो तपोवनको सहकार्यमा महोत्सव हुन लागेको हो ।
महोत्सव बिहान ९ देखि रात्रि ९ बजेसम्म चल्नेछ । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने विविध प्रकारका प्रस्तुति राखिएको ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले जानकारी दिनुभयो । आफ्नो व्यस्त जीवनशैलीमा ध्यान, योग र सत्सङलाई अपनाउँदै खुसी जीवन जीउन सकिने कला महोत्सवबाट सिक्न सकिने उहाँको भनाइ छ । ध्यान, साधना, सङ्गीत, नृत्य, हास्य, स्वाद साहित्य र अध्ययनको महोत्सव हुने प्रवक्ता भण्डारीले बताउनुभयो ।
महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, हास्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायतको प्रस्तुति हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको मुख्य कार्यक्रम साँझ ५ बजे हुनेछ । साँझको कार्यक्रममा एकै साथ ५० हजारले ध्यान र उत्सव गर्ने तपोवनले जनाएको छ । ओशो तपोवनले गत वैशाख १ गते पनि टुँडिखेलमा ओशो ‘सेलेब्रेसन’ गरेको थियो । सो कार्यक्रममा १५ हजार बढीले एकसाथ ध्यान गरेका थिए ।
देशका विशिष्ट व्यक्तिको सहभागिता रहने भनिएको सो कार्यक्रममा बोधिसत्व स्वामी आनन्द अरुणबाट विशेष सत्सङ्ग हुने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रियस्तरका नृत्य र सङ्गीत प्रस्तुत हुनेछ । सो अवसरमा चर्चित साङ्गीतिक समूह कुटुम्बले विशेष प्रस्तुति दिने उहाँको भनाइ छ ।
महोत्सवका क्रममा ‘फुड फेस्टिभल’ पनि आयोजना हुनेछ । फुड फेस्टिभलको संयोजन अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त नेपाली सेफ सन्तोष साहले गर्ने बताइएको छ ।
महोत्सवका संयोजक भवन भट्टले शारीरिक तथा मानसिक तनाव, हतासा, विषादका कारण दिनानुनिद बिगँ्रदै गएको मानव स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनाका माध्यमबाट जोडी एक समृद्धि मनुष्य निर्माणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
महोत्सवमा उच्च सरकारी पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, विशिष्ट व्यक्ति, कलाकार, सञ्चारकर्मी, स्वदेशी तथा विदेशी ओशोप्रेमी सहभागी हुनेछन् । महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ । -रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !