
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
६रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
७गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
८कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
पर्वत १४ चैत । कुश्मा नगरपालिका–१२ बाटुलेचौर स्थित कालिका मन्दिरमा तीन दशकपछि चैतेदेशैँ मेला लागेको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको सो मन्दिर परिसरमा चैत्राष्टमीका अवसरमा मेला लागेको हो । चैतेदशैँ मेलालाई वडा कार्यालयले पुनःजागरण गर्दै यस वर्षदेखि पुनः सुरुआत गरेको हो । चैतेदशैँ अवधिभर मन्दिरमा पूजाआजा, बलि दिने, भजनकीर्तनलगायतका कार्यक्रम सुरु भएको वडाध्यक्ष झलक रिमालले जानकारी दिनुभयो ।
राजा दशरथले आफ्ना भाञ्जा श्रवणकुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिरको निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । भृगु ऋषिको तपस्या स्थलसमेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाको समेत संरक्षण नहुँदा चोरी भएका छन् ।
पछिल्लो समय मन्दिरको संरक्षण र संवद्र्धनमा व्यवस्थापन समितिले समेत सक्रियता देखाएको छ । करिब दुई सय वर्ष पुराना संरचना भएको भए पनि विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले निर्माण गर्नुभएपछि नियमित पूजा हुँदै आएको यो मन्दिरमा अहिले पनि नेपालका विभिन्न जिल्लाबाट पूजाआजा गर्न दर्शनार्थी पुग्ने गर्दछन् ।
आजभन्दा तीन दशकअघिसम्म चैतेदेशैँ र बडादशैँको अवसरमा ठूलो मेला लाग्दथ्यो । हप्ताँै दिनसम्म ठूलो हाटबजार समेत लाग्ने गरेको थियो । तर पछिल्लो समयमा लोप हुँदै गएको मेला मन्दिर परिसरको व्यवस्थापन, साजसज्जा, बरपिपलको वृक्षरोपण गरिएपछि पुनः सुरु गर्न थालिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेलले बताउनुभयो ।
विगत चार वर्षअघि तीनदिने मेला सञ्चालन हुँदा पनि हजारौँ दर्शकको सहभागिता रहेको थियो । यस वर्षदेखि हरेक चैत्राष्टमी र वडादशैँमा व्यवस्थित मेला सञ्चालन गरी यस क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धन गर्न थालिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
ठूलो महत्व बोकेको र हजारौँ दर्शनार्थी आउने मन्दिरको संरक्षणमा पर्याप्त बजेट विनियोजन नहुँदा काम गर्नसमेत समस्या हुने गरेको व्यवस्थापन समितिको भनाइ छ । प्राचीन मूर्तिहरू रहेको मन्दिरमा विसं २०३२ मा कालिकाको बहुमूल्य मूर्तिसमेत चोरी भएको र हालसम्म कहीँकतैबाट फेला पार्न नसकिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष राजेश पौडेलले बताउनुभयो । साथै मन्दिरबाट पुरातात्विक महत्वका हातहतियार, पुरान शङ्ख, घन्टीलगायतका सामान र मूर्तिसमेत हराएका छन् ।
पुरातत्व विभागले पुराना मठमन्दिर तथा पुरातात्विक संरचनाको संरक्षणमा करोडौँ रुपैयाँ खर्च गर्ने भए पनि कालिका मन्दिरमा भने कुनै चासो नदिएको मन्दिर संरक्षण समितिले जनाएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !