
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
४प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
५अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
६न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
७आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
८पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
९डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
१०लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
११पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
१२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
१०डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
११सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१२फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
काठमाडौं, १८ वैशाख । सुदूरपश्चिमका चर्चित कवि लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’ले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मुलधारमा प्रवेश गराएको टिप्पणी गरिएको छ। शनिबार प्रकाशक बुक्स हिमालयले गरेको अन्तरक्रिया कार्यक्रमका वत्ताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन यसले योगदान पु¥याउने विश्वास व्यक्त गरेका हुन्।
आञ्चलिक स्वादमा पस्किएको छाइलको कथा र प्रस्तुतीले पाठकलाई बाँधिराख्छ। पुस्तक पढ्न सुरु गरेपछि पुरा नपढी छोड्नै मन लाग्दैन।
‘कुनै पनि पुस्तकको प्रवेशद्वार भाषा हो। छाइलको भाषा नरम छ। मैले त दुई बसाईमै पढें’, साहित्यकार अभय श्रेष्ठले भने, ‘यसले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मुलधारमा प्रवेश गराएको छ। उपन्यास एकदमै स्वादिलो छ।’
यस उपन्यासमा सुदूरपश्चिमका एक युवाले गरेको संघर्षको कथा छ। यसमा मूलतः बाबु र छोराको सम्बन्ध देखाइएको छ। सुदूरको गरिबीको चित्रण छ। दलितको संघर्षको कथा छ। युवाको प्रेम पनि झल्काइएको छ।
‘छाइल सुदूरपश्चिमको चोखो कथा हो। युवाको जीवन संघर्षको कथा। यसमा हरेक पात्रको संघर्ष देखाइएको छ’, छाइल लोकापर्णसँगै आयोजित अन्तरक्रियामा साहित्यकार श्रेष्ठले भने, ‘छाइल पठनिय कृति हो। विशेषतः युवाहरूले यसलाई मन पराउने छन्। यो कृति लोकप्रिय बन्नेछ।’
मानवअधिकारकर्मी अन्सारीले त ‘छाइल’लाई उत्कृष्ट कृति भएको टिप्पणी गरिन्। ‘नेपाली साहित्यमा पूर्वी नेपालका कथाहरूले छोपेका बेलामा सुदूरपश्चिमको यति मिठो उपन्यास आउनु सुखद् उपलब्धि हो’, उनले भनिन्, ‘विगतमा म सुदूरपश्चिमका डोटी, डडेल्धुरा र कैलालीमा बसेको मान्छे हुँ। छाइलले त्यहाँको तस्बिर दुरुस्तै उतारेको छ। गरिबी भित्र मान्छे कसरी हुर्कन्छ र कसरी संघर्ष गर्छ भन्ने कुरा उपन्यासमा पढ्न पाइन्छ।’
कार्यक्रमको सुरुमै कवि सुमन थापा ‘संगम’ले छाइल अर्गानिक उपन्यास भएको टिप्पणी गरेकी थिइन्। ‘उपन्यासको विषयवस्तु र भाषाले तानिरहन्छ’, उनले भनिन्, ‘सुदूरपश्चिमको ऐना हो छाइल।’
डोट्याली शब्द ‘छाइल’को अर्थ हुन्छ ‘छायाँ’। कविका रुपमा स्थापित भट्ट आफ्नो पहिलो उपन्यासबाट हौसिएका छन्। ‘मैले भुइँमान्छेका कथा उजागर गर्ने प्रयास गरेको हुँ’, उनले भने, ‘पाठकहरूको सुझाबबाट आफूलाई निर्खादै अघि बढ्नेछु।’
कार्यक्रमका वक्ताहरूले उपन्यासकारका केही कमजोरी पनि औंल्याएका छन्। ‘यो उपन्यास बुबाको सेरोफेरोमा घुमेको छ’, मानवअधिकारकर्मी अन्सारीले भनिन्, ‘यसमा आमाको संघर्षको कुरा चित्रण गर्न कञ्जुस्याइँ गरिएको छ।’
उपन्यासमा महिलाका कारण प्रेम असफल भएको देखाइएकामा साहित्यकार श्रेष्ठ संतुष्ट हुन सकेनन्। ‘के महिला यति रहस्यमयी पात्र हुन् त ?’, उनले सोधे। साथै यस कृतिमा माओवादी द्वन्दको कुरा कोट्टयाए पनि गहिराइमा नपुगेको उनले टिप्पणी गरे।
पत्रकार एवं समीक्षक राजकुमार बानियाँले उपन्यास भित्रका केही सन्दर्भ वाचन समेत गरेर रोचक ढङ्गमा अन्तरक्रिया चलाएका थिए। कार्यक्रममा कवि, लेखक, पत्रकारका साथै शिक्षक, विद्यार्थी र पर्यटनकर्मीको राम्रो जमघट थियो।
प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले काठमाडौंसहित मुलुकका प्रमुख सहरमा पुस्तक पुगिसकेको बताए। आगामी दिनमा पनि यस्तै स्वादिला कृति पस्किँदै जाने प्रतिबद्धता जनाए। स्थानीय चुनावपछि काठमाडौं बाहिर धनगढी, नेपालगञ्ज, चितवन, विराटनगर, पोखरालगायत सहरमा किताब यात्रा गरिने शाक्यले जानकारी दिएका छन्।
बुक्स हिमालय लकडाउनका बेला स्थापित प्रकाशन गृह हो। यसले बालसाहित्यका केही कृति छापिसकेको छ भने ‘छाइल’ यसको पहिलो उपन्यास हो। छाइलको मूल्य चारसय ५० रुपैयाँ राखिएको छ ।
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल