
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
तनहुँ । गाउँमा रहेका युवालाई गाउँमै रोजगार दिने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँ प्रमुखसँग रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । सीप भएका तर रोजगारी नभएका युवालाई लक्षित गरी गाउँपालिकाले ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रमको अवधारणा ल्याएको हो ।
युवालाई रोजगारी दिने उद्देश्यसहित जिल्लामै पहिलोपटक बन्दीपुरले सो कार्यक्रम शुरु गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “यस कार्यक्रममार्फत् विभिन्न योजनामा गाउँपालिकाभित्रका युवालाई रोजगारी दिन्छौ,” उहाँले भन्नुभयो, “सङ्घीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै स्थानीय सरकारको गाउँ प्रमुखसँग रोजगार कार्यक्रम सञ्चालन गर्न लागेका हो ।”
यस कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले यस कार्यक्रमका लागि योजना छनोटको काम भइरहेको जानकारी दिनुभयो । वडाले छनोट गरेका योजनालाई पनि उक्त कार्यक्रममा समावेश गरेर लैजाने उहाँले बताउनुभयो । “योजना छनोट गरी लागत अनुमान गर्ने काम भइरहेको छ, प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै यसलाई पनि सँगै अगाडि बढाउने तयारी छ,” उहाँले भन्नुभयो । तिहारपछि सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बन्दीपुर गाउँपालिकामा ३६० बेरोजगार सूचीकृत भएका छन् । वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् । सूचीकृत भएकाहरुलाई नै गाउँ प्रमुखसँग रोजगार कार्यक्रममार्फत् काम दिने तयारी छ ।
गाउँपालिकाले “पर्यटन, कृषि, सहकारी, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मूल आधार” लाई मुख्य नारा बनाएर कार्यक्रम तय गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले बाँझो भूमि खेतीका लागि अनुदान कार्यक्रम, उपाध्यक्षसँग महिला सीप विकास कार्यक्रम, अध्यक्षसँग बालबालिका कार्यक्रम, एक हल गोरु एक थान हलो वितरण कार्यक्रम, विपन्न गर्भवती महिला पोषण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । त्यस्तै आफ्नै स्थानीय तह आफ्नै लगानीअन्तर्गत अतिविपन्न परिवारका लागि विद्युतीय चुल्हो वितरण, एक लिटर दूध उत्पादनमा रु एक अनुदान कार्यक्रमलाई समेत प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने